होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, चैत्र २४, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ससुरालीमा पिटेको भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या
समाचार

ससुरालीमा पिटेको भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या

  • नागरिक रैबार
ससुरालीमा पिटेको भन्दै ‘सुसाइड नोट’ लेखेर आत्महत्या

काठमाडौं : एक युवकले आफूमाथि ससुरालीमा कुटपिट भएको भन्दै आत्महत्या गरेका छन्। धनुषाको मिथिला नगरपालिका–२ का २६ वर्षीय रामचन्द्र महतोले सोमबार राति ससुराली घरमै आत्महत्या गरेको प्रहरीले जनाएको छ। महतोले मिथिला नगरपालिका वडा नम्बर ५ श्रीपुरस्थित ससुराली घरमा झुण्डेर आत्महत्या गरेका हुन्।

महतोको खल्तीमा सुसाइड नोट फेला परेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। उनले सुसाइड नोटमा लेखेका छन्, ‘म रामचन्द्र महतो, म आफ्नो पूरै होस् हवासमा लेख्दै छु कि मेरो यदि कुनै कारणवश मृत्यु भयो भने त्यसको सम्पूर्ण जिम्मा मेरो ससुरालीका सम्पूर्ण सदस्यहरूको हुने छ। किनकि मलाई उनीहरूले मिति २०७८।७।२९ गतेका दिन बेलुकातिर सबै जना मिली कुटेको छ र टर्चर गरेकोले मलाई यसले धेरै मन दुख्ने गाली गरेकोले म आत्महत्या गर्न गइरहेको छु।’

उनको शव पोस्टमार्टमका प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी बस्नेतले बताए।  ५ वर्षअघि विवाह गरेका उनी नजिकै भएको ससुरालीमै बस्ने गरेका थिए। दिनेशश खबरबाट साभार

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै