होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी । नेकपा एमाले अछामको अध्यक्षमा संस्थापन पक्षका उम्मेदवार चन्द्र बोहरा विजयी भएका छन् ।नेता भीम रावल पक्षका उम्मेदवार प्रकाशबहादुर शाहलाई पराजित गर्दै बोहरा विजयी भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिकाअनुसार बोहराले ४३१ मत पाए भने शाहले ३०७ मत पाएका छन् । उपाध्यक्षमा भने रावल पक्षका बलबहादुर कुँवर विजयी भएका छन् । उनले […]
काठमाडौं । धादिङको रुबी भ्यालीमा बाटो खन्ने क्रममा पहिरोमा पुरिएर बेपत्ता भएकाहरुको खोजीका लागि सशस्त्र प्रहरीको टोली हेलिकप्टरबाट घटनास्थल प्रस्थान गरेको छ । धादिङबाट सशस्त्र प्रहरीका इन्सपेक्टर, नेपाल प्रहरीका इन्सपेक्टर र गाउँपालिकाका अध्यक्षसहितको टोली आज बिहान साढे ११ बजे रुबीभ्याली प्रस्थान गरेको हो । रुबीभ्याली गाउँपालिका वडा नम्बर १ मा बाटो खन्ने क्रममा आज बिहान […]
नागरिक रैबार/बाजुरा २९ पुस। जिल्लाको बडीमालिका नगरपालिकाले दशौं नगरसभाले गरेका निणर्यहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको छ । विहिबार सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गरेर नगरपालिकाको दशौं नगरसभाबाट पारित भएका निणर्यहरु सार्वजनिक गरेको हो । बडीमालिका नगरपालिकाका नगरप्रमुख पदम बडुवालको अध्यक्षतामा संचालन गरिएकाे कार्यक्रममा उपप्रमख कविता विष्ट, निमित्त प्रमुख प्रशासकीय अधिकृत रंगमल विक, बडीमालिका ८ का […]
काठमाडौँ — पहिलो पटक २०५२ मा प्रधानमन्त्री हुँदा ५२ सदस्यीय जम्बो मन्त्रिपरिषद् बनाएर आलोचित भएका शेरबहादुर देउवाले २०७४ मा चौथो पटक प्रधानमन्त्री हुँदा आफ्नै रेकर्ड ब्रेक गर्दै ५४ सदस्यीय मन्त्रिपरिषद् बनाए । पाँचौं कार्यकालमा भने उनले समयमै मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोदेखि सरकारका कामकारबाही गतिशील बनाउन नसकेकोसम्मका आरोप खेपिरहेका छन् । देउवाले आफ्नो पुरानो छवि बदल्ने सुन्दर मौका […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टीका तर्फबाट निर्वाचित भएर अर्को दलमा सामेल भएका स्थानीय तहका जनप्रतिनिधिलाई गरिएको कारवाही सदर गरि पाउनका लागि सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुँदैछ । नेकपा माओवादी केन्द्रका तर्फबाट निर्वाचित भइ पछिल्लो समय अन्य दलमा सामेल भएको भन्दै माओवादी केन्द्रले स्थानीय तहका केही जनप्रतिनिधिलाई […]
काठमाडौं । धादिङको रुबीभ्यालीमा डोजरसहित तीन जना बेपत्ता भएका छन् । रुबीभ्याली गाउँपालिका–१ मा बाटो खन्ने क्रममा आज बिहान पहिरो खस्दा डोजरसहित तीन जना बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले आज बिहान साढे आठ बजे प्रहरीलाई पहिरोमा तीन जना पुरिएको खबर आएको र उद्धारको लागि टोली परिचालन गरिएको जानकारी दिए […]
नागरिक रैबार बाजुरा २८ पुस नेकपा एमाले परित्याग गरेर समाजवादी पार्टीमा प्रवेश गरेका हिमाली गाउँपालिकाका अर्जुन बुढ्थापासहितका २६ जना नेता कार्यकर्ता पुनः एमालेमै फर्किएका छन् । हिजाे पुस २७ गते एमाले पार्टी परित्याग गरि समाजवादी पार्टीमा प्रवेश गरेका एमाले हिमालीका २६ जना नेता कार्यकर्ताहरूले पार्टी प्रवेश गरेकाे २४ घण्टापछि एमालेमै रहेकाे विज्ञप्तिमार्फत बताएका छन् । […]
नागरिक रैबार बाजुरा २८ पुस बडीमालिका नगरपालिकाको दशौं नगर सभा सम्पन्न भएको छ । नगरपालिकाको १० औं नगरसभाबाट १० वटा विधयेक पारित गर्दै नगर सभा सम्पन्न गरेको हो । सभामा पेश भएका विधयेकहरु स्थानीय स्वास्थ्य सेवा विधयेक, स्थानीय तथ्याकं तथा अभिलेख व्यवस्थापन विधेयक, स्थानीय पुर्वाधार विकास तथा व्यवस्थापन विधेयक, स्थानीय बजार व्यवस्थापन विधेयक, स्थानीय वन […]
नागरिक रैबार बाजुरा २८ पुस बडिमालिका नगरपालिका वडा न ९ मा रहेको चौराटाका ९२ परिवारले सुद्ध खानेपानी पिउने भएका छन । प्रदेश सरकारको आयोजनमा सम्पन्न चौराटा खानेपानीको आज एक कार्यक्रमका बिच प्रदेश सरकारका निर्बतमान आर्थिक मामिला तथा आन्तरिक मामिला तथा कानुन मन्त्री प्रकाश बहादुर शाहले चौराटा खानेपानीको उद्धघाटन गरेका हुन । चुनावी प्रचार प्रसारका बेला […]
नागरिक रैबार बाजुरा २८ पुस । नेकपा एमाले बाजुराको सातौं जिल्ला अधिवेशनमा प्रतिनिधी आएका २६ जनाले असन्तुष्टी जनाउदै नेकपा समाजवादीमा प्रवेश गरेका छन् । एमालेको सातौं जिल्ला अधिवेशनमा हिमाली गाउँपालिकालाई उपेक्षा गरेको र व्यक्तिगत स्वार्थमा हिमालीमा नेतृत्व विहिन गरेको असन्तुष्टी जनाउदै समाजवादीमा प्रवेश गरेको बताएका हुन । मंगलबार एक विज्ञप्ती जारी गर्दै पार्टीमा इमान्दारिता काम […]
डोटी, २८ पुस । बडिकेदार गाउँपालिकामा असिना पानीले तरकारी तथा हिउँदेबाली नष्ट गरेको छ । सोमबार तथा मङ्गलबार परेको असिनाले यहाँका कृषकले लगाएका काउली, टमाटर, मूला, प्याजलगायतका साग तरकारी तथा फुलेर ढकमक्क भएको तोरी र हिउँदेबालीमा क्षति पु¥याएपछि किसान चिन्तित बनेका छन् । बेमौसमी वर्षा र असिनाका कारण लाखौँ मूल्य बराबरको तरकारी तथा हिउँदेबालीमा नोक्सानी […]
नागरिक रैबार बाजुरा २८ पुस । जिल्लाकाे बडीमालिका नगरपालिकाकाे दशाै नगर सभा आजबाट सूरू हुने भएकाे छ । समृद्ध नगर खुशी नगरबासी भन्ने मुल नाराका साथ बडीमालिकाकाे दशाैं नगर सभा आजबाट सूरू हुने भएकाे हाे । नगरसभामा बडीमालिका नगरमा विभिन्न विकासका याेजनाहरू पारित गरिने नगरपालिकाले जनाएको छ ।
काठमाडौँ — स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल आगामी वैशाख ३० मा सकिँदै गर्दा सत्ता गठबन्धन दल उदासीन भएपछि प्रमुख प्रतिपक्षी एमालेले आशंका व्यक्त गरेको छ । २०७४ मा तीन चरण (पहिलो वैशाख ३१, दोस्रो असार १४ र तेस्रो असोज २) मा स्थानीय तहको निर्वाचन भएको थियो । स्थानीय तह निर्वाचन ऐन–२०७३ को दफा ३ मा गाउँसभा […]
धनगढीः कैलालीको धनगढीमा सँस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले सवार गाडी दुर्घटनामा परेको छ। मन्त्री आले चढेको सु.प. प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई बा ४ च १३७७ नम्बरको गाडीले ठक्कर दिएको हो। धनगढी बिमानस्थलबाट ६ लेन सडक क्रस गर्दै गरेको अवस्थामा आलेको गाडीलाई अर्को गाडीले ठक्कर दिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले […]
बाजुरा २७ पुस नेकपा एमाले जिल्ला कमिटी बाजुराको अध्यक्षमा कालीबहादुर शाही सर्वसम्मत चयन भएका छन् । एमाले बाजुराकाे साताैं जिल्ला अधिवेशनबाट शाही सर्वसम्मत चयन भएका हुन् । त्यस्तै साताै जिल्ला अधिवेशनबाट उपाध्यक्षमा भरत बुढा, सचिव भरत थापा, उपसचिव जनक बाेहाेरा र हरी राेकाया चयनभएका छन् । ९० जनाकाे जिल्ला कमिटीमा ५ जना पदाधिकारी, ३० जना […]
नागरिक रैबार बाजुरा २७ पुस । नेकपा एमाले बाजुराको जिल्ला कमिटीको उप–सचिवमा कासी विक अटाएका छैन् । नेकपा एमालेको सातौ जिल्ला अधिवेशनमा उप–सचिवको उम्मेद्धवारी तथा दावी गरेका विक जिल्ला कमिटीको उप–सचिवमा नअटाएका हुन । नेकपा एमाले स्थायी कमिटी सदस्य कर्ण थापा, केन्द्रीय सदस्य तथा बाजुरा इन्चार्ज लाल बहादुर थापा, केन्द्रीय सदस्य प्रकाश शाह लगायत शिर्ष […]
कर्णाली प्रदेश लोकसेवा आयोगले पहिलो पटक विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले आज कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवा र स्थानीय सरकारी सेवाका पाँचौं तहका विभिन्न सेवा समूहका प्राविधिक तथा अप्राविधिक पदहरुको खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो। प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि […]
अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७८-०७९ को बाँकी ६ महिनामा शतप्रतिशत पूँजीगत खर्च गरिसक्न मन्त्रालयहरुलाई आग्रह गरेका छन् । मंगलबार मन्त्रालयमा आर्थिक वर्ष २०७८-०७९ को अहिलेसम्मको खर्चको समीक्षा बैठकमा उनले सचिवहरूलाई यस्तो आग्रह गरेका हुन् । उनले आवश्यक परे मध्यरातमा पनि आफू सहयोग गर्न तयार रहेको बताए । ‘आर्थिक वर्षको ६ महिना बितिसक्यो, बाँकी ६ […]
काठमाडौँ — कोरोना महामारीको तेस्रो लहर सुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको छ । एमाले केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीले प्रदेश अधिवेशन माघको २८ र २९ का लागि सारिएको बताए । ‘कोभिडको तेस्रो लहर सुरु भएका कारण माघ ८ गते हुने भनिएको प्रदेश अधिवेशन माघ २८ र २९ का […]