होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं: बिआर चोपडा निर्देशित ‘महाभारत’ श्रृंखलामा भिमको भूमिका निर्वाह गरेका चर्चित भारतीय कलाकार प्रविन कुमार सोब्तीको निधन भएको छ। अभिनेता कुमारको ७४ वर्षको उमेरमा निधन भएको हो। उनको निधनपछि महाभारतमा युधिष्ठिरको भूमिका निभाएका गजेन्द्र चौहानले ट्वीट गरेर शोक व्यक्त गरेका छन्।
धनगढीः कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलवार १७ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ६७ नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। यस्तै २४ घण्टामा ४ जना विरामी निको भएर अस्पतालबाट फर्केका छन्। हाल अस्पतालमा १८ जना संक्रमित विरामीको उपचार भइरहेको छ। तीमध्ये […]
चितवन : गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने रहेका छन्। न्यौपानेलाई विसं २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख जरिवाना तोकेको थियो। उनलाई यही माघ ७ गते […]
डोटी : सुजङ अस्पताल दिपायल राजपुरले जिल्लामा कार्यरत पत्रकारलाई उपचारमा २० प्रतिशत छुट दिने भएको छ। नेपाल पत्रकार महासङ्घ डोटी शाखाको समन्वयमा अस्पतालले पत्रकार तथा उनीहरूका परिवारलाई सहुलियत दिने निर्णय गरेको हो। ल्याबका सबै प्रकारका जाँच, एक्सरे, भिडियो एक्सरेलगायतका सेवा निःशुल्क, विषेशज्ञ सेवामा बाहेक अन्य सेवामा सहुलियत प्रदान गरिने अस्पतालका प्रशासन प्रमुख अर्जुन बलायरले जानकारी […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको हिमाली गाउँपालिकाले पालिका भित्र रहेका सवै विद्यालयलाई धुलोमुक्त विद्यालय बनाउने योजना अगाडि बढाएको छ ।गाउँपालिका भित्रका विद्यालयहरुबाट गुणस्तरीय शिक्षा हाँसिल गर्नको लागि शैक्षिक वातावरण पनि स्वस्थकर चाहिने र धुलो र चिसो भुइमा बसेर पढ्नुपर्ने बाध्यतालाई मध्येनजर गरेर धुलोमुक्त विद्यालय बनाउने योजना अगाडि बढाइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजबहादुर भण्डारीले […]
नागरिक रैबार/बाजुरा २५ माघ। जिल्लाको बुढीनन्दा नगरपालिकामा बँदेलको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका वडा नं. ३ चोलुका शंकलाल बिष्टका छोरा अन्दाजी १५ बर्षिया सुरेन्द्र बिष्ट रहेकाे जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउँदले बताएका छन् । प्रहरी निरीक्षक साउँदका अनुसार हिजो दिउसो गाउँ नजिकै छाप्रा डोरा सामुदायीक बनमा […]
काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।आयोगका अनुसार सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुनेछ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो । निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ । निर्वाचनको मिति घोषणा भएको अनौपचारिक […]
काठमाडौं । कोभिड-१९ विरुद्धको खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउनेमा ६ जिल्ला र १०९ स्थानीय तह रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य मन्त्रालयले सोमबार सार्वजनिक सूचना जारी गर्दै खोपको मौज्दात र खोप लगाएका व्यक्तिहरूको विवरण नपठाउने जिल्ला तथा स्थानीय तहलाई अनिवार्य रुपमा यथाशीघ्र विवरण पठाउन भनेको छ । मन्त्रालयले प्रयोगमा […]
नागरिक रैबार बाजुरा २४ माघ। बाजुराकी एक महिला ९ महिने छोरीसहित भारतको मुम्बईबाट बेपत्ता भएकी छन्। बाजुरा घर भई हाल भारतको महाराष्ट्र मुम्बईको नबि मुम्बई उल्बेमा बस्दै आएका महेन्द्र रावतकी १९ बर्षिया श्रीमती तारा शाही ९ महिनाकी छोरीसहित बेपत्ता भएकी हुन । माघ २२ गते साझबाट श्रीमानसंगको सामान्य विवादपछि निस्किएकी ती महिलाको अवस्था अझै अज्ञात […]
काठमाडौं । विश्व प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको आइतबार बिहान निधन भयो । उनको निधनले विश्वभरका संगीतप्रेमीलाई स्तब्ध बनाएको छ । लताको पार्थिव शरीरको अन्त्येष्टि आइतबार साँझ नै गरिएको छ । लताले विभिन्न ३६ भाषामा ५० हजारभन्दा बढी गीतमा स्वर दिएकी छन् । उनले स्वर भरेको ‘मेरे नैना’ बोलको गीत चर्चित मानिन्छ । यसैबीच, लतालाई […]
नागरिक रैबार बाजुरा २४ माघ। बाजुरामा रुखले च्यापिएर एक युवतीको मृत्यु भएको छ। आइतबार जिल्लाको त्रिवेणी नगरपालिका ९ पैमा बस्ने ३६ वर्षीया राजमती साउदको रुखले च्यापिएर मृत्यु भएको हो। प्रहरीका अनुसार घर नजिकै रहेको कोईराली वनमा दाउरा काट्ने क्रममा मृत्यु भएको हो। रुखले च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
२४ माघ, बलेवा। सुत्केरी भएर साल अड्किएकी बागलुङको वडिगाड गाउँपालिकाकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । वडिगाड गाउँपालिका-३ सिसाखानीकी २६ वर्षीया सीता सामलको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । सोमबार बिहान १ बजे सुत्केरी भएकी सामलको साल अड्किएपछि दगातुन्डाँडा स्वास्थ्य चौकीमा कार्यरत राधा गिरी र दीपक थापाले बिरामीको घरमा पुगेर उपचार गरेका थिए । स्थानीय […]
काठमाडौं, २४ माघ । प्रधानमन्त्री शेरबहादुर देउवा राजनीतिक रुपमा निकै शक्तिशाली देखिएका छन् । काँग्रेस सभापति समेत रहेका उनी पार्टीभित्र शक्तिशाली बनिसकेका छन् । बाह्य समर्थन पनि जुटाइसकेका छन् । शक्तिशाली बनेका देउवा पेलेरै बढ्न थालेका छन् । देउवाले स्थानीय तहको निर्वाचन वैशाख ३० गते एकै चरणमा गर्ने गरी मन्त्रिपरिषदबाट निर्णय गराएर राष्ट्रपति समक्ष सिफारिश […]
काठमाडौं । गृह मन्त्रालयले औषधीय प्रयोगका लागि गाँजा खेती गर्न मिल्ने गरी ६ महिनाभित्र कार्यविधि ल्याउने तयारी गरेको छ । मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्यांकन महाशाखाले यसका लागि औषधीय प्रायोजनका लागि कार्यविधि बनाइरहेको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । उनका अनुसार कार्यविधि अनुसार सरकारसँग अनुमति लिएर औषधीय प्रायोजनका लागि गाँजा खेती गर्न सकिन्छ […]
गृहमन्त्री बालकृष्ण खाँणले कार्यभार समालेको ६ महिनापछि गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिक गरेका छन् । सोमबार सिंहदरबारमा मन्त्री खाँणले २०६ बुँदे गृह प्रशासन सुधार कार्ययोजना–२०७८ सार्वजनिक गरेका हुन् । मन्त्रीको कार्ययोजनामा गाँजाको खेती र प्रयोगको मापदण्ड बनाउनेदेखि स्थानीय तहबाट नै नागरिकता वितरण गर्ने सम्मका योजना छन् । गाँजाको औषधीय प्रयोगका लागि ६ महिनाभित्र कार्यविधि तयार […]
काठमाडौं । स्थानीय तहको निर्वाचन ३० वैशाखमा हुने भएको छ । मन्त्रिपरिषद्को अहिले बसिरहेको बैठकले ३० वैशाखमा निर्वाचन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । निर्वाचन आयोगले एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखको मिति सिफारिस गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले जेठ मसान्तभित्र […]
धनगढी, २४ माघ । सुदूरपश्चिम प्रदेशका प्रमुख पर्यटकीय गन्तव्य खप्तड र बडीमालिका घुम्न हेलिकोप्टर प्याकेज ल्याइएको छ। अहिले हिउँले सेताम्मे रहेका यी दुई गन्तव्यको दृश्यावलोकन गर्ने चाहाना भएका, तर समय अभावका कारण जान नसक्ने पर्यटकहरुका लागि हेलिटुरको प्याकेज ल्याइएको हो। उक्त प्याकेज २०७८ फागुन १ देखि १० गतेसम्मका लागि रहेको खप्तड होमस्टे झिग्राना तथा खप्तड […]
नागरिक रैबार बाजुरा २४ माघ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक दरबन्दी र राहत अनुदान प्राप्त नगरेका ६० विद्यालयलाई १० लाख रुपियाँका दरले अनुदान दिएको छ। तर बाजुरामा भने अनुदान पाउने बिद्यालयकाे संख्या भने शुन्य रहेकाे छ । अनुदानका लागि केन्द्रले प्रस्ताव माग गरेअनुसार १ सय ५० विद्यालयले निवेदन दिएका थिए। तीमध्ये ६० विद्यालय […]
बझाङ – बझाङकाे विकट तथा दुर्गम साइपाल गाउँपालिकामा खाद्यान्न पुगेकाे छ । बाक्लाे हिमपातपछि खाद्यान्न ढुवानी हुनसकेकाे थिएन । साइपालका स्थानीय बासिन्दा खाद्यान्न पुगेपछि खुसी भएका छन् । खाद्य व्यवस्था कम्पनीले भेडा च्याङ्ग्रामार्फत चामल ढुवानी गरेकाे हाे । साइपाल गाउँपालिकाको वडा-३ मा पर्ने काँडा, चुकझाड, बाँझचौका, वडा-४ मा पर्ने धुली, लाफडी, सैनगाउँ र वडा-५ को […]
सुनसरी — सुदूरपूर्व झापामा पोइट्री टक्स काव्य विमर्शमार्फत सुदूरपश्चिमको कथा बोकेको कथासंग्रह ‘सुगन्धपुर’को परिचर्चा गरिएको छ । कथाकार विश्व कुइकेलको कथासंग्रह ‘सुगन्धपुर’माथि सोमबार बुद्धशान्ति गाउँपालिकास्थित बुद्ध आदर्श माध्यमिक विद्यालयमा परिचर्चा गरिएको हो । पूर्वका साहित्यकारहरूको उपस्थितिमा सम्पन्न परिचर्चामा टिप्पणीकारहरूले कथासंग्रहभित्रका कथाहरूले दलितका मुद्दा, नारीको यौन अधिकार, कर्णालीको विकटता र दुःख, लिपुलेक टिङ्कर क्षेत्रको समस्यामाथि बोलेको […]