होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सुदूरपश्चिमको ‘सुगन्धपुर’को सुदूरपूर्वमा चर्चा
समाचार

सुदूरपश्चिमको ‘सुगन्धपुर’को सुदूरपूर्वमा चर्चा

  • नागरिक रैबार
सुदूरपश्चिमको ‘सुगन्धपुर’को सुदूरपूर्वमा चर्चा

सुनसरी — सुदूरपूर्व झापामा पोइट्री टक्स काव्य विमर्शमार्फत सुदूरपश्चिमको कथा बोकेको कथासंग्रह ‘सुगन्धपुर’को परिचर्चा गरिएको छ । कथाकार विश्व कुइकेलको कथासंग्रह ‘सुगन्धपुर’माथि सोमबार बुद्धशान्ति गाउँपालिकास्थित बुद्ध आदर्श माध्यमिक विद्यालयमा परिचर्चा गरिएको हो ।

पूर्वका साहित्यकारहरूको उपस्थितिमा सम्पन्न परिचर्चामा टिप्पणीकारहरूले कथासंग्रहभित्रका कथाहरूले दलितका मुद्दा, नारीको यौन अधिकार, कर्णालीको विकटता र दुःख, लिपुलेक टिङ्कर क्षेत्रको समस्यामाथि बोलेको बताएका थिए ।

कवि तथा समालोचक मुनाराज शेर्माले भने, ‘कथासंग्रहभित्रका पात्रहरूले भोगेका यथार्थ पीडाका बयान गर्न कथाकार सफल भएका छन् । सुदूरपश्चिमको कथा भए पनि ती कथाले पूर्वका पाठकको मन छुन सकेको छ ।’

विज्ञापन

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मनोरथ तिवारीको अध्यक्षतामा सम्पन्न परिचर्चामा वरिष्ठ साहित्यकार भवानी मिश्र, कथाकार विश्व कुइकेल, दामोदर ढुङ्गेल‚ कृष्ण बराल, कुमार भट्टराई, लिला अनमोल, जय भण्डारी, धन बहादुर श्रेष्ठ, बेनुप पनेरु, केसी श्रेष्ठ, महेश्वर सम्फाहाङ्फे, कृष्णराज भण्डारी, दुर्गा पोख्रेल, देवकुमारी शेर्मा, घनश्याम पौडेल, रश्मी शेखरलगायतले आफ्नो धारणा राखेका थिए ।

कथाकार कुइकेलले जागिरे जीवनमा भेटिएका पात्रहरू नै आफ्नो कथाका पात्र भएको तथ्य उजागर गर्दै भने, ‘शाश्वत यथार्थ पात्रहरूको भोगाइलाई थप सुन्दर बनाउन कतैकतै ‘फिक्सनालाइज’ गरिएको छ‚ नत्र यथार्थको जमिनमा उभिएर लेखिएको छ । कल्पना गरेर संग्रहभित्र कथा थोपरेको छैन ।’

बुद्धशान्तिमा यसअघि उमा सुवेदीको ‘सयौं पुतली’‚ गणेश निरौलाको ‘कोठेबारी ढुङ्गा र माटो’माथि चर्चा भइसकेको छ । काव्य विमर्श निरन्तर जारी राख्दै विद्यालयमा साहित्यिक गतिविधिमार्फत प्रश्न गर्ने सीप र उत्तर दिने क्षमताको विकास गर्नुका साथै वर्तमान साहित्यसँग स्थानीय र विद्यार्थीलाई जोड्दै भविष्यमा राम्रो स्रष्टा उत्पादन गर्ने लक्ष्य विद्यालयको रहेको आयोजक तथा विद्यालयका प्रधानाध्यापक कृष्णराज भण्डारीले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार