होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार १, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निर्वाचन आयोगले स्थगित गर्‍यो मतदाता नामावली संकलन
समाचार

निर्वाचन आयोगले स्थगित गर्‍यो मतदाता नामावली संकलन

  • नागरिक रैबार
निर्वाचन आयोगले स्थगित गर्‍यो मतदाता नामावली संकलन

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली संकलनको काम स्थगित गरेको छ ।आयोगका अनुसार सोमबार दिनभर भएको मतदाता नामावली दर्ता मान्य हुनेछ । आयोगले सोमबारकै निर्णयबाट मंगलबारदेखि मतदाता नामावली संकलन गर्न रोक्ने निर्णय गरेको हो ।

निर्वाचनको घोषणा गरेपछि त्यो निर्वाचनका लागि मतदाता नामावली संकलन गर्न नपाइने कानुनी व्यवस्था छ ।

निर्वाचनको मिति घोषणा भएको अनौपचारिक जानकारी पछि सोमबार बसेको आयोगको बैठकले नामावली संकलन रोक्न देशभरका जिल्ला निर्वाचन कार्यालयमा परिपत्र गर्ने निर्णय गरेको हो ।

विज्ञापन

अहिलेसम्म संकलन भएको नामावली निर्वाचन आयोगले वडा तहमा प्रकाशित गर्नेछ र त्यसमा दावी विरोध भए उजुरी दिन आह्वान गर्नेछ । र दावी विरोध भए छानबिनपछि अन्तिम नामावली प्रकाशित हुनेछ । त्यही अन्तिम नामावलीमा परेका मतदाताहरुले मात्रै आगामी स्थानीय निर्वाचनमा मतदान गर्न पाउनेछन् ।

यसका लागि करिब ३५ देखि ४० दिन लाग्ने आयोगको अनुमान छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै