होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । विकसित पछिल्लो राजनीतिक घटनाक्रमपछि छलफल गर्न सभामुख सापकोटाले सर्वदलीय बैठक बोलाएका हुन् । सभामुखका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार सोमबार २ बजेलाई सर्वदलीय बैठक बोलाइएको हो । उनका अनुसार बैठक सिंहदरबारस्थित संसद सचिवालयमा बस्नेछ ।
अभिनेत्री प्रियंका कार्की पछिल्लो समय घरमै सिमित छिन् । ५ महिना अगाडि छोरी आयंकालाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् । बेला–बेलामा सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिँदै आएकी छन् । यसैक्रममा उनले शनिबार छोरी आयंकाको पास्नीको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् […]
बुटवलको ज्योतीनगरमा स्कुल बस दुर्घटना हुँदा १० जना विद्यार्थी घाइते भएका छन् । बुटवल महानगरपालिका–१० स्थित एभरेष्ट बोर्डिङ स्कुलको लु १ क ५४४ नम्बरको बस दुर्घटनामा परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक ढगबहादुर केसीले बताए । ज्योतीनगरको ओरालोमा ब्रेक फेल भएकाले बसलाई रुखमा ठोकाएर विद्यार्थी बचाएको स्थानीयवासीले बताएका छन् । घाइते सबैलाई […]
काठमाडौं । संसद् सचिवालयमा महाअभियोग दर्ता भएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निलम्बित भएका छन् । संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाउने छैनन् । सत्तारुढ गठबन्धनका गगन थापा, मीनेन्द्र रिजाल, पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ लगायत ९८ सांसदले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग दर्ता गराएका छन् । संविधानमा यस्तो […]
काठमाडौं । महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् । कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्नेछन् ।संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन । सत्तारुढ गठबन्धनका […]
काठमाडौं । प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा आज महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभा बैठक सारिएको हो । यसअघि संसद बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो । संसद सचिवालयले आज सूचना जारी गरी प्रतिनिधि सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि […]
जनकपुरधाम । धनुषाको इनर्वा स्टेशनमा थन्काएर राखिएको नेपाली रेल आजदेखि सञ्चालन हुँदैछ । भारतको जयनगर हुँदै जनकपुरधाम-कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ । आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था पुगेर पुनः […]
१ फागुन, काठमाडौं । सर्वोच्च अदालत परिसरमा प्रदर्शन गर्न खोज्ने कानुन व्यवसायी र प्रहरीबीच झडप भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराको राजीनामा माग्दै पुनः भौतिक उपस्थितिमा प्रदर्शनमा उत्रिएका कानुन व्यवसायीहरुलाई प्रहरीले रोक्न खोज्दा झडप भएको हो । बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च प्रवेश गर्न खोज्दा प्रहरीले ढोकैमा रोकेको थियो । त्यसपछि कानुन व्यवसायीहरु मूल सडकमा […]
काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको बहिर्गमनको माग गर्दै आन्दोलनरत नेपाल बार एशोसिएसनले आन्दोलनलाई आजदेखि पुनः निरन्तरता दिने भएको छ। कोभिड महामारीको कारण देखाउँदै पछिल्लो समयमा ‘भर्चुअल’ माध्यमवाट आन्दोलन गर्दै आएको बारले आइतबार भौतिक उपस्थितीमै पुनः आन्दोलन गर्ने भएको हो ‘फागुन १ गते देखी बिहान ११ः०० बजे देखी १२ बजेसम्म सर्वोच्च अदालत केन्द्रित आन्दोलन कार्यक्रम भौतिक […]
डडेल्धुराः डडेल्धुरामा जुवा जुवा खालबाट ३ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालिका–५ का यक्षराज पाण्डेय, तीर्थराज जोशी र दिलबहादुर खड्का रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी राजेन्द्रबहादुर चन्दले बताए। शनिबार साँझ तीर्थराज जोशीको घरबाट जुवा खेलिरहेको अवस्थामा नगदसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। जुवाडेको साथबाट ९ हजार ६ सय […]
काठमाडौं: हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहेको छ तराईका केही भू–भागमा हुस्सु र कुहिरो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आगामी तीन दिनसम्म मौसम सफा रहने छ। दिउँसो देशभर आंशिक बदलीदेखि मौसम […]
सर्वोच्च अदालतले आजबाट नियमित रूपमा सबै प्रकारका सेवा सञ्चालन गर्ने भएको छ । गत ४ माघको पूर्ण बैठकले कोभिड महामारीको संक्रमण बढेको भन्दै अचानक सेवा संकुचन गरेको सर्वोच्च अदालतले १ फागुन देखी सबै प्रकारको सेवा सञ्चालन गर्न लागेको हो । गत बिहीबार बसेको अदालतको फूल कोर्टले १ फागुनबाट सबै प्रकारका न्याय, प्रशासनिक र आर्थिक प्रशासनलगायतका […]
ताप्लेजुङ — आफूले पालेका चौपायाले राम्रा बाछाबाछी जन्माउँदा किसान औधि खुसी हुनुपर्ने हो । अहिले ठीकविपरीत छ । चौंरीपालक किसान यतिबेला बाछाबाछी नजन्मिदिए हुन्थ्यो भन्ने कामना मात्रै गरिरहेका छैनन्, विगतमै जस्तो जन्माउलान् भनेर चिन्ता पनि गरिरहेका छन् । त्यसका लागि सकेसम्म भाले र पोथीको बथान छुट्टाछुट्टै बनाएका छन् । चौंरीको बिक्री ठप्प भएपछि यस्ता दिन आएको याम्फुदिनका दाबा भोटे […]
काठमाडौं । इंग्लिस क्लब चेल्सीले पहिलो पटक फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । रियादमा शनिबार राति भएको फाइनलमा ब्राजिलियन क्लब पाल्मेरसलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै चेल्सी च्याम्पियन बनेको हो । चेल्सीका लागि काई हाभार्टले ११७औं मिनेटमा निर्णायक गोल गरे । त्यसअघि खेलको ५४औं मिनेटमा रोमेलु लुकाकुले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन टुटाउने र सरकार गिराउने चलखेल भएको बताएका छन् । अमेरिकी अनुदान सहयोग एमसीसी परियोजना स्वीकार गर्ने कि नगर्ने भन्ने विवादका कारण सत्ता गठबन्धन संकटमा परेको बेला प्रचण्डले सो धारणा राखेका हुन् । २७औं जनयुद्ध दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले भने, […]
नागरिक रैबार बाजुरा २९ माघ । बडीमालिका नगरपालिका वडा नम्बर ८ मा रहेकाे उपरकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम बार्षिक साधारणसभा सम्पन्न भएकाे छ । एकका लागि सबै र सवैका लागि एक” भन्ने मुल नाराका बडीमालिका ८ मा स्थापना गरिएकाे उपरकाेट बहुउद्देश्यीय सहकारी संस्थाकाे प्रथम साधारण सभा शनिवार सम्पन्न भएकाे हाे । साधारणसभामा सहकारीका अध्यक्ष विरेन्द्र […]
नागरिक रैबार बाजुरा २९ माघ नेकपा एमाले बडीमालिका नगर कमिटीको पूर्ण बैठक सम्पन्न भएकाे छ । नेकपा एमाले बडिमालिका नगर कमिटीकाे आयाेजनामा नगरकाे पुर्ण बैठक तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे हाे । बडीमालिका नगरपालिकाकाे सभाहलमा भएकाे नगरकाे पुर्ण बैठकले वडा स्तरमा कार्यक्रम, सल्लाहकार कमिटी गठन, युवा महिला किसान सगठन गठन लगायत कमिटी गठन गर्ने […]
काठमाडौंः देशभरका शैक्षिक संस्थामा भोलि (आइतबार)देखि भौतिक उपस्थितसहित पठनपाठन हुने भएको छ। कोरोना संक्रमण जोखिमलाई मध्यनजर गर्दै बन्द भएका शैक्षिक संस्थाहरु फागुन १ देखि भौतिक उपस्थितीसहित पठनपाठन हुने भएको हो। विद्यालय, विश्वविद्यालयहरु, ट्युसन सेन्टरहरु सञ्चालनमा आउनेछन्। सरकारले जनस्वास्थ्यका मापदण्ड पालना गर्दै पठनपाठन गर्न भनेको छ। शिक्षा तथा मानवस्रोत केन्द्रले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘प्रस्तुत […]
कोरोना संक्रमणबाट मृत्यु भएका जुम्लामा २२ परिवारलाई प्रति परिवार एक लाख रुपैयाँका दरले राहत रकम उपलब्ध गराएको छ । जिल्ला प्रशासन कार्यालय जुम्ला मार्फत कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालय, प्रदेश विपद् व्यवस्थापन कोषबाट उनीहरूलाई रकम उपलब्ध गराइएको हो । पहिलो चरणको कोरोना लहरमा जुम्लाले मृत्यु ब्यहोरेको थिएन । दोस्रो लहरमा मृत्यु भएका व्यक्तिका […]
काठमाडौं । चर्चित गायक खेम सेन्चुरी र सुनीतामी परियारको स्वर रहेको लोकदोहोरी ‘रुमाल साट्न पर्दैन’ सार्वजनिक भएको छ । तेजु सुनामले लेखेको निकै मार्मिक र कर्णप्रिय गीत खेम सेन्चुरी युट्युब च्यानलबाट शुक्रबार रिलिज भएको गायिका सुनीतामी परियारले जानकारी दिइन् । उक्त गीतमा सङ्गीत स्वयम् गायक सेन्चुरी, एरेन्ज श्यामस्वेत रसाइली, बासुरी रत्न बिकेको रहेको छ । […]