होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • पास्नीका तस्बिर पोष्ट गर्दै प्रियंकाले भनिन्, ‘आमा बनाएकोमा धन्यवाद बदाम’
समाचार

पास्नीका तस्बिर पोष्ट गर्दै प्रियंकाले भनिन्, ‘आमा बनाएकोमा धन्यवाद बदाम’

  • नागरिक रैबार
पास्नीका तस्बिर पोष्ट गर्दै प्रियंकाले भनिन्, ‘आमा बनाएकोमा धन्यवाद बदाम’

अभिनेत्री प्रियंका कार्की पछिल्लो समय घरमै सिमित छिन् । ५ महिना अगाडि छोरी आयंकालाई जन्म दिएपछि उनले आफुलाई घरमा ब्यस्त राखेकी हुन् । बेला–बेलामा सामाजिक संजाल मार्फत छोरी स्याहार्दै गरेको तस्बिर सार्वजनिक गर्दै उनले आफु आमाको ड्युटीमा रहेको जानकारी दिँदै आएकी छन् ।

यसैक्रममा उनले शनिबार छोरी आयंकाको पास्नीको केही तस्बिर समेत सार्वजनिक गरेकी छन् । तस्बिरका साथ बितेको ५ महिना आफ्ना लागि सबैभन्दा कठिन र महत्वपूर्ण रहेको बताएकी छन् । उनले छोरीलाई ‘मेरो प्यारो बदाम’ भनेर सम्बोधन सहित केही शब्द पोष्ट समेत गरेकी छन् । जसमा आयंकाको आगमनले जीवन सुन्दर र पुरा भएको लेखेकी छन् ।

विज्ञापन

‘मलाई आमा बनाएकोमा धन्यवाद । मलाई साना पलहरुको अनुभूति गराउन मद्दत गरेकोमा धन्यवाद’ उनले आगाडि लेखेकी छन्, ‘न्यानो मुस्कानका लागि धन्यवाद ।’ उनले छोरीलाई धेरै धेरै माया गर्ने पोष्ट उल्लेख गरेकी छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै