होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
एमसीसी आज संसदमा टेबल नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भएको छलफलमा एमसीसी आज टेबल नगर्ने सहमति भएको हो । बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसिरहेकै बेला देउवा र प्रचण्डबीच सो सहमति भएको हो।
चितवन : जिल्लाको विभिन्न स्थानबाट चालु आर्थिक वर्षको हालसम्मका ३० जना बेपत्ता भएका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार हराएको निवेदन परेकामध्ये सो सङ्ख्यामा व्यक्ति अझै सम्पर्कमा आउन सकेका छैनन्। प्रहरी निरीक्षक कमला नरालका अनुसार हराएका २७० मध्ये २४० जना परिवारको सम्पर्कमा आएका छन्। सम्पर्कमा नआउनेमा १३ महिला, १२ पुरुष, एक बालक, तीन बालिका र एक […]
काठमाडौं । आगामी स्थानीय तहको चुनावमा ६ वटा राजनीतिक दलका उम्मेदवारहरुले मात्रै आफ्नो दलको चुनाव चिहृन पाउने भएका छन् । निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा चिन्ने छ । र सोही अनुसार चुनाव चिहृन प्रदान गर्नेछ । राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ५२ मा राष्ट्रिय […]
धनगढी: सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको गाडीमा तोडफोड भएको छ। बन्द गराउँदै हिँडेका बन्दकर्ताहरूले बुधवार बिहान बाँकेको कोहलपुरमा उक्त गाडीमा तोडफोड गरेका हुन्। काठमाडौंबाट धनगढी आउँदै गरेको ००१ झ ४०१ नम्बरको गाडीमा टोडफोड गर्दा सिसा फुटेको ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर हिमालय साहले बताए। अहिले सो गाडीलाई मन्त्रालय पठाइएको उनले बताए।
बजार र यातायात बन्द गराउँदै हिँडेका नेत्रविक्रम चन्द ‘ विप्लव’ नेतृत्वको नेकपा र मोहन वैद्य ‘किरण’ नेतृत्वको माओवादी क्रान्तिकारीका नौ जना कार्यकर्ता बुटवलबाट पक्राउ परेका छन् विप्लव नेतृत्वको नेकपा र क्रान्तिकारीका क्रमश: चार र तीन जना तथा वैज्ञानिक समाजवादीका दुई पक्राउ परेका हुन् । नेकपा जिल्ला सदस्य नविन थारु, युवा संगठन नेपालका केन्द्रीय सदस्य एवं […]
नागरिक रैबार/बाजुरा ४ फागुन। एमसिसीको विरोधमा बाजुरामा पनि बन्दको प्रभाव परेको छ । एमसिसिको विपक्षमा रहेका दलहरुले आज नेपाल बन्दको घोषणा गरेसंगै बाजुरामा समेत बन्दको प्रभाव परेको हो । बुधबार प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी भएपछि बाजुरामा नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति बाजुरा र बैज्ञानिक समाजवादी कम्युनिष्ट पाटी नेपाल बाजुराको अगुवाईमा मार्तडीमा रहेका बजार […]
नागरिक रैबार/बाजुरा ३ फागुन। जिल्लाको जगन्नाथ गाउँपालिकाले एक्सरे सेवा संचालनमा ल्याएको छ । गाउँपालिकाको केन्द्र जुड्डीमा रहेको कोरोना अस्पतालबाट एक्सरे सेवा दिने गरी संचालनमा ल्याईएको गाउँपालिकाका रोजगार संयोजक लक्ष्मण जोशीले बताएका छन् । एक्सरे मेसिन संचालनमा ल्याउनका लागि गाउँपालिका ५ लाख रकम खर्च गरेको छ । गाउँपालिका नागरिकहरुको स्वास्थ्य उपचारलाई मध्येनजर गरेर गाउँपालिकाले १ वर्ष […]
काठमाडौं । खगेन्द्र लामिछानेको लेखन तथा मुख्य भूमिका रहेको चलचित्र ‘डमरूको डण्डीबियो’ले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । चलचित्रले सार्वजनिक भएको छोटो समयमै युट्युबमा १० लाख ७५ हजार भ्युज पाउँदै युट्युब ट्रेण्डिङको पाँचौं स्थान ओगटेको छ । स्वर्गीय छेतन गुरूङको निर्देशन रहेको चलचित्रमा खगेन्द्रका साथमा अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, […]
नेपाली काँग्रेसको बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गराउने निर्णय गरेको छ। मंगलबार बसेको काँग्रेस संसदीय दलको बैठकले बुधबारको प्रतिनिधिसभामा एमसीसी टेबल गराउने निर्णय गरेको एक सांसदले रातोपाटीलाई बताए । बैठकमा बोल्दै काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले भोलिको बैठकमा एमसीसी पारित गर्नका लागि टेबल गराउने बताएका थिए । उनले एमसीसीमा एमालेले दोहोर चरित्र देखिएको बताउँदै […]
काठमाडौं । सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ । अपराधिक समूहले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मोबाइल बैंकिङको आईडी र पासवर्ड माग्ने, नक्कली वेबसाइट प्रयोग गरेर चिठ्ठा परेको भनी करवापतको भन्दै पैसा माग्ने गरेको भन्दै सचेत रहन ब्यूरोले जनाएको छ । त्यस्तै, आपराधिक […]
काठमाडौं । अब पोखराबाट जनकपुर र धनगढीमा सिधा उडान हुने भएको छ । यी रुटमा बुद्ध एयरले सिधा उडान गर्न लागेको हो । कम्पनीका अनुसार आगामी १७ फागुन (१ मार्च २०२२) देखि यी दुई रुटमा उडान गर्न लागेको हो । पोखराबाट सोमबार, बिहीबार र शनिबार जनकपुरका लागि सिधा उडान हुनेछ । पोखराबाट धनगढीका लागि भने […]
काठमाडौंः पूर्वअर्थमन्त्री डा रामशरण महतले एमसीसी सम्झौताबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसीका कारण नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नहुने बताएका छन्। नेपाली कांग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे प्रष्ट पार्न आमन्त्रण गरिएका पूर्वमन्त्री महतले एमसीसीको कार्यान्वयन नेपाल सरकार मातहतको एमसीए नेपालले गर्ने भएकोले अमेरिकी हस्तक्षेप नहुने दाबी गरेका हुन्। बैठकपछि पत्रकाहरूसँग कुराकानी गर्दै डा महतले इण्डो प्यासिफिक […]
धनगढीः एमालेका नेता भीम रावलले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको राजीनामा मागेका छन्। रावलले आलेले एक युवकलाइ अपहरण गर्ने धम्की दिएर विवादमा मुछिएपछि राजीनामा मागेका हुन्। अहिले मन्त्री आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै अश्लिल गाली दिँदै ज्यान मार्ने धम्की दिएको अडियो भाइरल बनेको छ। उक्त अडियोमा भारतमा रहेका अछामका युवालाई बसेकै […]
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान गर्ने यात्रुले अब डिजिटल डिभाइसमा टिकट नम्बर मात्र देखाएर विमानस्थल छिर्न नपाउने भएका छन् । मंगलबारबाट लागु गरिएको यस्तो निर्णयले बिहानै मोवाइलमा नम्बर मात्र लिएर विमानस्थल पुगेका यात्रुले सास्ती पाएका छन् । वायुसेवा कम्पनीहरुका अनुसार विमानस्थलमा प्रहरीले ‘प्रिन्टेड टिकट’ अनिवार्य गरिएको भन्दै यात्रुलाई छिर्न रोक लगाएको हो । […]
३ फागुन, काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसी अनुमोदन हुनुपर्ने बताएका छन् । संसदीय दलको बैठकमा प्रधानमन्त्री देउवाले अमेरिकी परियोजना एमसीसी अनुमोदन गर्नुपर्ने बताएका हुन् । ‘उहाँले (सभापति) भन्नुभयो कि एमसीसी पास हुनुपर्छ’, संसदीय दलको बैठकपछि कांग्रेस नेता शशांक कोइरालाले भने । उनका अनुसार बैठकमा एजेण्डा प्रस्तुत गर्दै प्रधानमन्त्री देउवाले एमसीसी […]
काठमाडौं : बुटवलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना युवकको मृत्यु भएको छ। मंगलबार बिहान तीन जना सवार लु ६० ३६५२ नम्बरको मोटरसाइकल बुटवल उपमहानगरपालिका–१२ मिलन चोकमा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा मोटरसाइकल पछाडि सवार रुपन्देहीका गैडहवा गाउँपालिका-९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र २० वर्षकै राहुल थापा रहेका […]
काठमाडौं । साहित्यकार तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । डिमेन्सिया (बिर्सने रोग), उच्च रक्तचाप र मधुमेहबाट पीडित शर्माको मंगलबार बिहान घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् । २०२६ सालको मदन पुरस्कार विजेता शर्माको […]
धनगढी: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आफूलाई सामाजिक संजालमा कमेन्ट गरेको भन्दै अश्लिल गाली दिँदै ज्यान मार्ने धम्की दिएको अडियो भाइरल बनेको छ। उक्त अडियोमा भारतमा रहेका अछामका युवालाई बसेकै ठाउँबाट उठाईदिने धम्की समेत दिएको सुन्न सकिन्छ। युवाले पनि मन्त्री आलेको गालीको जबाफ फर्काएका छन्। उक्त संवाद अहिले सामाजिक सञ्जालमा भाइरल भएपछि […]
सप्तरीमा ट्र्याक्टर दुर्घटना हुँदा घाइते भएकामध्ये एक जनाको आज उपचारका क्रममा मृत्यु भएको छ। अर्नाहाबाट पत्थरगाढातर्फ जाँदै गरेको फलाम रड लोड भएको स १ त ६ १०८ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई सप्तरीको डाक्नेश्वरी नगरपालिका–९ महुकीमा दुर्घटना हुँदा घाइते सप्तरीको छिन्नमस्ता गाउँपालिका–३ का २७ वर्षीय सन्तोष सदाको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। उपचारका क्रममा गजेन्द्रनारायण […]
डोटीको पूर्वीचौकी गाउँपालिकामा मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक संस्थाले ३ महिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको छ। सोमबार पूर्वीचौकी गाउँपालिका–४, सानागाउँस्थित सरस्वती माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ३ महिने निःशुल्क कम्प्युटर तालिमको उद्घाटन गरेको हो। साईन नेपालका अध्यक्ष भक्तराज जोशीको सभाध्यक्षता तथा पूर्वीचौकी गाउँपालिका–३ का वडाध्यक्ष अमर चयडाको प्रमुख आतिथ्यमा उद्घाटन […]