होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमसीसी पारित नभए नेपालले दुःख पाउँछः महत
समाचार

एमसीसी पारित नभए नेपालले दुःख पाउँछः महत

  • नागरिक रैबार
एमसीसी पारित नभए नेपालले दुःख पाउँछः महत

काठमाडौंः पूर्वअर्थमन्त्री डा रामशरण महतले एमसीसी सम्झौताबारे भ्रमपूर्ण प्रचार गरिएको भन्दै एमसीसीका कारण नेपालको स्वाधीनतामा कुनै हस्तक्षेप नहुने बताएका छन्। नेपाली कांग्रेस संसदीय दलको बैठकमा एमसीसीबारे प्रष्ट पार्न आमन्त्रण गरिएका पूर्वमन्त्री महतले एमसीसीको कार्यान्वयन नेपाल सरकार मातहतको एमसीए नेपालले गर्ने भएकोले अमेरिकी हस्तक्षेप नहुने दाबी गरेका हुन्। बैठकपछि पत्रकाहरूसँग कुराकानी गर्दै डा महतले इण्डो प्यासिफिक रणनीतिसँग एमसीसीको कुनै सम्बन्ध नभएको दाबी गरे।

‘एमसीसी २००४ मा अमेरिकी संसदले पारित गरेको विषय हो। नेपाल २०१२ देखि नै प्रत्यक्ष अप्रत्यक्षरूपमा एमसीसीसँग जोडिएको छ। इण्डो प्यासिफिक रणनीति २०१८ मा आएको हो। इण्डो प्यासिफिक एमसीसीभन्दा नयाँ विषय भएकोले यी दुईबीच कुनै सम्बन्ध छैन’, महतले भने। उनले एमसीसीबारे प्रश्न उठाइएका विषयहरू निराधार रहेको बताए। ‘बौद्धिक सम्पत्ति र लेखापरीक्षणको अधिकार नेपालसँगै छ। यसको कार्यान्वयन नेपाल सरकारले बनाएको एमसिए नेपालले गर्ने हो । एमसीसीबारे भ्रमणपूर्ण प्रचार भएको छ’, महतले भने।

उनले फागुन १६ गतेभित्र एमसीसी संसदबाट अनुमोदन नभए नेपाललाई गम्भीर क्षति हुने बताए।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै