होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • डोटीमा साईन नेपालद्वारा निःशुल्क कम्प्युटर तालिम
समाचार

डोटीमा साईन नेपालद्वारा निःशुल्क कम्प्युटर तालिम

  • नागरिक रैबार
डोटीमा साईन नेपालद्वारा निःशुल्क कम्प्युटर तालिम

डोटीको पूर्वीचौकी गाउँपालिकामा मानवीय सेवामा अनेकौं प्रयास (साईन नेपाल) नामक संस्थाले ३ महिने निःशुल्क कम्प्युटर तालिम सञ्चालन गरेको छ। सोमबार पूर्वीचौकी गाउँपालिका–४, सानागाउँस्थित सरस्वती माध्यमिक विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ३ महिने निःशुल्क कम्प्युटर तालिमको उद्घाटन गरेको हो।

साईन नेपालका अध्यक्ष भक्तराज जोशीको सभाध्यक्षता तथा पूर्वीचौकी गाउँपालिका–३ का वडाध्यक्ष अमर चयडाको प्रमुख आतिथ्यमा उद्घाटन भएको कार्यक्रममा पुर्वीचौकी–२ का वडाध्यक्ष योगेन्द्र ठकुल्ला र पुर्वीचौकी–४ का वडाध्यक्ष नवराज खड्काको विशिष्ट आतिथ्य रहेको थियो।

वडाध्यक्ष चयडाले अहिलेको युगमा कम्प्युटरको ज्ञान अत्यावश्यक भएको बताउँदै सीपको सदुपयोग गर्न प्रशिक्षार्थीहरुलाई अनुरोध गरे। विशिष्ट अतिथी रहेका वडाध्यक्षद्वयले पूर्वीचौकीप्रती संस्थाले देखाएको सहयोगको उच्च मूल्यांकन गर्दै कोर्षबाट सोचेभन्दा बढी प्रशिक्षार्थीले लाभ लिने विश्वास रहेको बताए।

विज्ञापन

संस्थाका अध्यक्ष भक्तराज जोशीले आफूले अहिले विद्यार्थीहरुलाई कम्प्युटर प्रविधिमा दक्ष बनाउने उद्देश्यले ३ महिने तालिम पूर्वीचौकीमा ल्याएको बताए। प्रत्येक वर्ष धनगढीमा निःशुल्क रुपमा १५० जनाभन्दा बढी विद्यार्थीलाई बिना कुनै स्वार्थमा बेसिक र डिप्लोमा कोर्ष दिँदै आएको उनको भनाई छ।

तालिममा सहभागी प्रशिक्षार्थीहरुले सरकार नै उदासीन रहेको अवस्थामा संस्थाका अध्यक्षले आफूहरुको उज्ज्वल भविष्य निर्माणमा देखाएको चिन्ताप्रति निकै हर्षित भएको बताए। ४० जना प्रशिक्षार्थी सहभागी रहेको कम्प्युटर तालिमका लागि संस्थाले स्थानीय शिक्षक रुप खड्कालाई प्रशिक्षकको जिम्मेवारी दिएको छ। संस्थाको केयर एण्ड रिलिफ परियोजना अन्तर्गत कार्यक्रम सञ्चालन भएको बताइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार