होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, असार ३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • प्रहरीले भन्यो : अनलाइन ठगीमा पर्नुहोला, सचेत हुनुस्
समाचार

प्रहरीले भन्यो : अनलाइन ठगीमा पर्नुहोला, सचेत हुनुस्

  • नागरिक रैबार
प्रहरीले भन्यो : अनलाइन ठगीमा पर्नुहोला, सचेत हुनुस्

काठमाडौं । सामाजिक सञ्जालमार्फत् ठगी गर्ने गिरोह सक्रिय रहेको भन्दै प्रहरी प्रधान कार्यालय, साइबर ब्यूरोले सचेत रहन आग्रह गरेको छ ।

अपराधिक समूहले विभिन्न सामाजिक सञ्जालको प्रयोग गरी मोबाइल बैंकिङको आईडी र पासवर्ड माग्ने, नक्कली वेबसाइट प्रयोग गरेर चिठ्ठा परेको भनी करवापतको भन्दै पैसा माग्ने गरेको भन्दै सचेत रहन ब्यूरोले जनाएको छ ।

त्यस्तै, आपराधिक समूहले बैंक र अनलाइन भुक्तानी प्रणालीमा पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृत्ति बढेको भन्दै प्रहरीले आफ्ना पासवर्ड र ओटीपी कोड तथा सुरक्षा एसएमएस नदिन आग्रह गरेको छ ।

विज्ञापन

विद्युतीय आर्थिक कारोबार बढिरहेको अवस्थामा सर्वसाधारणले थाहै नपाई ठगिन सक्ने भन्दै प्रविधिको दुरुपयोगबाट बच्न साइबर ब्यूरोका प्रवक्ता एसएसवी नविन्द अर्यालले आग्रह गरेका छन् ।

साथै, विद्युतीय कारोबार गर्दा हुने जोखिमका बारेमा जारी हुने राष्ट्र बै‌कको भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको सूचनाबाट समेत जानकारी लिन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै