होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, जेष्ठ १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • खगेन्द्रको ‘डमरूको डण्डीबियो’लाई युट्युबमा दर्शकको साथ
समाचार

खगेन्द्रको ‘डमरूको डण्डीबियो’लाई युट्युबमा दर्शकको साथ

  • नागरिक रैबार
खगेन्द्रको ‘डमरूको डण्डीबियो’लाई युट्युबमा दर्शकको साथ

काठमाडौं । खगेन्द्र लामिछानेको लेखन तथा मुख्य भूमिका रहेको चलचित्र ‘डमरूको डण्डीबियो’ले युट्युबमा राम्रो भ्युज पाइरहेको छ । चलचित्रले सार्वजनिक भएको छोटो समयमै युट्युबमा १० लाख ७५ हजार भ्युज पाउँदै युट्युब ट्रेण्डिङको पाँचौं स्थान ओगटेको छ ।

स्वर्गीय छेतन गुरूङको निर्देशन रहेको चलचित्रमा खगेन्द्रका साथमा अनुप बराल, मेनुका प्रधान, बुद्धि तामाङ, अंकित खड्का, आशान्त शर्मा, लक्ष्मी बर्देवा लगायतको अभिनय छ । कुनै समयको राष्ट्रिय खेल ‘डण्डीबियो’को विषयमा केन्द्रित रहेर चलचित्र निर्माण गरिएको हो ।

स्नातकोत्तर सकेर गाउँ फर्किएका खगेन्द्र अर्थात् ‘डमरु’ डण्डीबियो खेलमा केही गर्न चाहन्छन् । तर उनका बाबुको चाहाना भने छोराले सरकारी जागिर खाओस् भन्ने हुन्छ । बाबुको चाहानाविपरीत उनी कसरी डण्डीबियो खेलमा होमिन्छन् ? त्यसक्रममा के कस्ता बाधा आइपर्छन् ? यही विषयमा यो चलचित्र केन्द्रित छ ।

विज्ञापन

युट्युबमा अधिकांश दर्शकले चलचित्रलाई सकारात्मक प्रतिक्रिया दिएका छन् । धेरैले चलचित्रलाई अग्र्यानिक भनेका छन् । चलचित्रले बाल्यकालमा डण्डीबियो खेल्दाको याद दिलाएको समेत दर्शकहरुले उल्लेख गरेका छन् ।

समृद्धि इन्टरटेन्मेन्टको प्रस्तुति रहेको चलचित्रका निर्माता विनोद गुरूङ र नोर्बु छिरिङ घले हुन् । चलचित्र झण्डै चार वर्षअघि हलमा प्रदर्शनमा आएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार