होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा ३ फागुन । बाजुरा सदरमुकाम मार्तडीमा होली खेल्दै गर्दा एकजना युवा माथि खुकुरी प्रहारबाट घाइते भएका छन्। बडिमालिका नगरपालिका– ८का अन्दाजी २३ वर्षीय भरत थापा घाइते भएका हुन्।घाइतेको थापाको हातमा चोट लागेको छ । उनको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ। सदरमुकाम मार्तडीको बीच बजारमा थापामाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहार […]
नागरिक रैबार/बाजुरा ३ फागुन। आज फागू पूर्णिमा अर्थात होली पर्व । आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व सदरमुकाम मार्तडीमा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको प्रतिबन्धात्मक व्यवस्थाका कारण अघिल्ला दुई वर्ष ठूलो समूहमा सार्वजनिक स्थलमा होली खेल्न रोक लगाइएको थियो । यस वर्ष भने […]
काठमाडौं। सरकारले चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइड क्न्जुगेट भ्याक्सिन (टिसीभी) दिने भएको छ।१५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. संगिता मिश्राले जानकारी दिइन् । नेपालमा टाइफइडविरुद्धको खोप अभियानको रुपमा पहिलो पटक सुरु गर्न लागेको हो । यसअघि निजी क्लिनिकबाट पैसा तिरेर खोप […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा आगामी १८ जेठदेखि सञ्चालन गर्ने भएको छ । स्रोतका अनुसार शुक्रबार बस्ने बोर्डको बैठकले परीक्षाको समय तालिका सार्वजनिक गर्नेछ ।बोर्डले यस वर्ष पनि कक्षा १२ को प्रश्नपत्र हरेक परीक्षा केन्द्रमा अनलाइन माध्यमबाट नै पठाउने तयारी गरेको छ । कोभिड १९ को कारण बोर्डले गत वर्षदेखि प्रश्नपत्र […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू र आफ्नो पार्टीलाई बदनाम गरिएको भन्दै गुनासो गरेका छन् ।बिहीबार बुटवलमा पार्टीको लुम्बिनी प्रदेशका नेता तथा कार्यकर्तालाई प्रशिक्षण दिँदै प्रचण्डले माओवादीलाई बदनाम गर्न मिडिया पनि लागेको दाबी गरे । ‘माओवादी पार्टीलाई पटक– पटक जिरो जिरो हुने गरी बदनाम गरिएको छ,’ उनको दुखेसो छ,‘भएका र नभएका […]
काठमाडौं । अभिनेता पल शाहविरुद्ध नवलपुर (नवलपरासी पूर्व) जिल्ला अदालतमा बलात्कार मुद्दामा अभियोगपत्र दायर भएको छ ।१६ वर्षीया किशोरीले दिएको जाहेरीका आधारमा बिहीबार सरकारी वकिलको कार्यालयले शाहविरुद्ध अभियोगपत्र दायर भएको हो । जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को १ र २ अनुसारको […]
काठमाडौँः सरकारले म्यादी प्रहरीका लागि बेतको लौरोको बजेट नै कटौती गरेको छ। ‘स्थानीय तह निर्वाचनका लागि म्यादी प्रहरी भर्ना, छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड–२०७८’ मा प्रत्येक म्यादी प्रहरीलाई एउटा बेतको लौरो उपलब्ध गराइने उल्लेख छ। ‘म्यादी प्रहरीले नेपाल प्रहरीले प्रयोग गर्ने बेतको लाठी पोसाकको अंगका रूपमा प्रयोग गर्ने छन्’ भनिएको छ। तर, बेतको लाठीका लागि […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीले स्थानीय तहको निर्वाचन परिचालनका लागि सातै प्रदेशमा केन्द्रीय नेतालाई खटाएको छ ।बिहीबार बसेको सचिवालय बैठकले स्थानीय तहको निर्वाचन अभियानका लागि सातवटा प्रदेशमा खटिने नेताको टुंगो लगाएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार प्रदेश १ मा उपाध्यक्ष प्रमेश हमाल, मधेश प्रदेशमा उपमहासचिव जगन्नाथ खतिवडा, बागमतीमा उपमहासचिव गंगालाल […]
रुकुम पश्चिम — सदरमुकाम मुसीकोटमा आयोजना हुने विभिन्न मेला, पर्व, भेला र सम्मेलनहरूमा ६१ वर्षीया पुतला दमाईंसहित हीरा परियार, कमला नेपाली, कुमारी नेपालीलगायत महिलाले बाजा बजाउने जिम्मा पाउँछन् । बाँफिकोट गाउँपालिका–२ का काली परियार, सुन्पा परियार, लालमाया परियारलगायतले पनि पालिकास्तरमा हुने कार्यक्रममा पञ्चेबाजा बजाउँदै आएका छन् । पुरुषहरूले मात्रै बाजा बजाउने मान्यता तोडेर यी दुई समूहमा आबद्ध […]
काठमाडौं । पोल्याण्डकी क्यारोलिना बेइलावस्काले ७० औं विश्व सुन्दरी प्रतियोगिताको उपाधि जितेकी छन् । पुएर्तोरिकोमा बिहीबार बिहान सम्पन्न ग्रान्ड फिनालेमा उनले ताज पहिरिइन् । २२ वर्षीया क्यारोलिना व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययनरत हुन् । उनको उचाइ १.७९ मिटर छ । मोडल समेत रहेकी उनी पौडी, स्कुवा डाइभिङ, टेनिस र ब्याडमिन्टन खेल्न रुचाउँछिन् । मोटिभेसनल स्पिकर बन्ने […]
प्रकाश सिंह, बाजुरा: बाजुराको बुढिनन्दा नगरपालिका वडा नं ३ मा आर्थिक वर्ष २०७६/७७ मा शहरी स्वास्थ्य केन्द्रको भवन बन्यो। तर यो वडाका १५० परिवारलाई सामान्य उपचारका लागि पाँच घण्टा हिंडेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुग्नुपर्ने बाध्यताले छोडेको छैन। सुदूरपश्चिम प्रदेश सरकारले रु.१५ लाख खर्चेर बनाएको भवन स्वास्थ्यकर्मी नहुँदा अलपत्र छ। बिरामीलाई खोलाको बाटो बोकेर लैजाँदा […]
काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था दलित संघको महाधिवेशन फेरि स्थगित भएको छ ।चैत ७ देखि ९ सम्म बुटबलमा हुने गरी तय भएको महाधिवेशनलाई रोकिएको छ। आसन्न स्थानीय तहको निर्वाचनका लागि पार्टी चुनावी प्रचार अभियानमा रहेकाले स्थगित गर्न निर्देशन दिइएको छ। ‘दलित संघको महाधिवेशन अनिश्चितकालको लागि स्थगित भएको छ । अब स्थानीय तहको निर्वाचन पछि जेठतिर […]
नागरिक रैबार/बाजुरा ३ फागुन। कालिकोट जिल्लाबाट बाजुरामा व्यवसाय गर्नका लागि ल्याइएका रेन्बो ट्राउट जातका माछा बाटोमै मरेका छन् । बडीमालिका नगरपालिका वडा नं. ६ का विमल साउँदले माछा पालन व्यवसाय गर्नका लागि कालिकोट बाट २ लाख ५० हजार बढी रकम तिरेर खरिद गरी बाजुरा ल्याइएको माछा बाटोमै मरेको बताएका छन् । १ वर्ष अघि बडीमालिका […]
काठमाडौं । ऋतुहरुको राजा, वसन्त याम । भनिन्छ, वसन्त ऋतु सुरु भएसँगै प्रकृतिले आफ्नो रुप बदल्छ । हरियाली छाउँछ । बोट-बिरुवामा नयाँ पालुवा पलाउँछ । मौसममा मादकता थपिन्छ । यसलाई बहार वा यौनावस्था पनि भन्ने गरिन्छ ।यसलाई प्राणायामको याम पनि मानिन्छ । किनभने यसबेला वायुमण्डल शुद्ध र ताजा हुन्छ । त्यसैले त यस यामको आगमनसँगै […]
नागरिक रैबार/बाजुरा २ चैत्र। नेकपा एकिकृत समाजबादी पार्टी बाजुराले आगामी स्थानीय तहको निर्वाचनलाई मध्येनजर गरेर जिल्लाका ६९ वटै वडा र पालिकामा चुनावी सभा गर्ने भएको छ । समाजवादी पार्टीको सदरमुकाम मार्तडीमा आज बसेको पदाधिकारीको वैठकले जिल्लाका सवै पालिकामा आफ्ना मतदाताहरुसंग प्रत्येक्ष भेटघाट तथा छलफल सहित चुनावी सभा गर्ने निणर्य गरेको नेकपा एस बाजुराका सचिव पुरबहादुर […]
काठमाडौँ — संघीय राजधानी काठमाडौंसहित वाग्मती, प्रदेश १ र लुम्बिनी प्रदेशका मध्यपहाडी जिल्लासम्मै प्रि–मनसुनी गतिविधि देखिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले स्थानीयस्तरमा विकसित भएको मौसमी गतिविधिका कारण देशका धेरै स्थानमा सामान्य वर्षा भएको बताइन् । ‘यो प्रि मनसुनको सिजन हो, अब छिनछिनमा बादल बन्ने र हल्का वर्षा हुने गतिविधि सुरु […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन् बुधबार राजधानीमा आयोजित राजनीतिक प्रशिक्षण कार्यक्रममा प्रचण्डले ओलीलाई खलनायक भन्दै आलोचना गरेका हुन् । उनले अघि भने, ‘हुन त पोहोर दनक दिएकै हो । बालुवाटारबाट बालकोट पुर्यायौं । तर अझै पुगेको छैन ।’ अनलाइनखबरबाट साभार
काठमाडौं । नेकपा एमालेले आफ्ना सांसदहरुलाई स्थानीय तह निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएको छ ।बुधबार बसेको पार्टी संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई चुनाव केन्द्रित हुन र गाउँ गाउँ जान निर्देशन दिए । उनले गाउँ गएर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा प्रष्ट राख्न आग्रह गरेका एमाले संसदीय दलका प्रमुख सचेतक […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा प्रस्ताव गरेको खुलासा भएको छ । एमसीसी पारित गर्नका लागि नसघाउन आग्रह गर्दै ओलीसँग सहकार्यको रुपमा प्रस्ताव गर्दा उनले नमानेको प्रचण्डले खुलासा गरेका हुन् । बुधबार पार्टीको आन्तरिक प्रशिक्षणमा प्रचण्डले एमसीसीको विपक्षमा आफूहरु भएको र पारित नगर्नका लागि लबिङ गर्दा ओलीलाई […]
राष्ट्रिय सुरक्षा नीति–२०७५ को एकीकृत कार्ययोजनाको मार्गनिर्देशिका पुस्तिका कार्यान्वयनमा आएको छ । बुधवार राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको २१ औं वार्षिकोत्सव समारोहमा प्रधानमन्त्रीले मार्गनिर्देशिका पुस्तिकामा हस्ताक्षर गरेका छन् । राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयले तयार गरेको मार्गनिर्देशिका पुस्तिका कार्यान्वयनका लागी सम्बन्धित मन्त्रालयमा पठाइने सुरक्षा परिषद्को सचिवालयले जनाएको छ । राष्ट्रिय सुरक्षा तिनीको आधारमा सुरक्षा परिषद्ले मार्गनिर्देशिका पुस्तिका […]