होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
बझाङः बझाङमा आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाइ पक्राउ परेका छन्। १२ वर्षीया बालिका बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाजुलाई प्रहरीले नियन्त्रणमा लिई सोमबार मुद्धा दर्ता गरेको हो। गत चैत्र ६ गते बेलुकी बालिका मेलामा घाँस काट्न जाने क्रममा बालिकाको आमा खेतमा पोस्रो (मल) फाल्न गएको मौका छोपी बालिकालाई छाना (गाइगोठमा) मोबाइलमा फिल्म देखाइ […]
धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. आरजु राणा देउवा धनगढी पुगेकी छिन्। बुधबार उनी सकल जैन समाजले आयोजना गरेको शान्ति पद यात्रामा सहभागी भएकी छिन्। उक्त शान्ति पद यात्रा सेती प्रादेशिक अस्पतालदेखि ओम प्यालेसमा हुने सभा कार्यक्रम स्थलसम्म आयोजना गरिएको थियो। उक्त कार्यक्रममा मानव मिलनका संस्थापक नेपाल केसरी डा […]
धनगढी : सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले पहिलोपटक विज्ञापन खुलाएको छ। स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारीको विज्ञापन खोलेको हो।आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि विज्ञापन गरिएको हो। प्रदेश […]
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि ७४ अर्ब ३ करोड ५ लाख बजेट सिलिङ पाएको छ । आयोगले मन्त्रालयलाई दिएको बजेट सिलिङका आधारमा चालू तथा पुँजीगत गरी १ अर्व ३१ करोड ८ लाख स्वास्थ्य मन्त्रालयले आफूलाई राखेको छ । र, बाँकी रकम आफू मातहतका ४१ वटा निकायलाई बाँडफाँट गरेको छ । […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पनि प्रतिगामी षड्यन्त्र भइरहेको बताएका छन् । ५/६ महिनादेखि ‘बिना कारण’ सदनमा अवरोध गरिरहनु प्रतिगामी षडयन्त्रको हिस्सा रहेको उनले बताए । मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सदनभित्रको नाटक देख्नुभएकै छ तपाईहरुले । एमाले भन्ने गुटले बिनाकारण सदन अवरुद्ध गरेको ग¥यै […]
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ४९५ पीसीआर परीक्षणमा ३५ जना र २ हजार ९९ एन्टीजेन परीक्षणमा ९ जना गरी ४४ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा कोरोनाबाट ४८१ जना […]
नेपाली काँग्रेस बागमती प्रदेश समितिले कार्याकर्ताहरुलाई चुनाव लक्षित प्रशिक्षण दिएको छ ।‘घरघर जाऔं, काँग्रेस जिताऔँ’ अभियान अन्र्तगत काँग्रेस बागमती प्रदेश समितिले मंगलबार हेटौंडामा कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई चुनाव लक्षित प्रशिक्षण दिइएको हो । काँग्रेस बागमती प्रदेशको आयोजनामा उनीहरुलाई स्थानीय निर्वाचन र एमसीसीका बारेमा फैलाइएको भ्रम सम्बन्धी एकदिने प्रशिक्षण दिएको हो । काँग्रेस बागमती प्रदेश सभापति […]
कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले खाद्य सुरक्षाको विषयमा स्थानीय तहसँग गम्भीर छलफल हुनुपर्ने बताएका छन् । खाद्य सुरक्षाको विषयमा तीनटै तहको सरकार गम्भीर हुनुपर्ने उल्लेख गर्दै उनले तीनटै तहको सरकारमध्ये खाद्य सुरक्षाको विषयमा स्थानीय तह प्रमुख रहेको हुनाले त्यससँग विशेष पहल गर्नुपर्ने बताए । खाद्य अधिकार तथा खाद्य सम्प्रभुता ऐन २०७५ र […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशभरि नेकपा एमालेमा प्रवेश गर्ने लहर नै चलेको बताएका छन् । राजधानीमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमालेका बारेमा विगतमा फैलाइएका भ्रमबाट मुक्त हुँदै दैनिक ठुलो संख्यामा एमालेमा प्रवेश गर्ने लहर चलेको बताए । सोही कार्यक्रममा प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी आजदेखि एमालेमा विलय भएको […]
बालिका बलात्कारको अभियोगमा हिरासतमा रहेका अभिनेता पल शाहमाथि १४ वर्ष कैद सजायको माग दाबी गर्दै तनहुँ जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको छ। मंगलबार जिल्ला सरकारी वकिल कार्यालय तनहुँले जिल्ला अदालत तनहुँमा जबरजस्ती करणीको कसुरमा मुद्दा दर्ता गराएको हो। जिल्ला सरकारी वकिल कार्यालय तनहुँका जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माका अनुसार वारदातको समयमा पीडित बालिकाको उमेर १६ वर्षभन्दा […]
काठमाडौं । साताको तेस्रो दिन सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १२ दशमलव ५४ अंकले बढेर २ हजार ६ सय ४७ दशमलव २० अंकमा पुगेको छ । यस अघि साताको पहिलो दिन आयतबार दोहोरो अंकले बजार घटेको थियो भने सोमबार दोहोरो अंकले नै बढेको थियो । ‘क’ वर्गका कम्पनीहरुको […]
काठमाडौं । पूर्वमन्त्री प्रेमबहादुर सिंह नेतृत्वको समाजवादी जनता पार्टी नेकपा एमालेमा समाहित भएको छ । मंगलबार आयोजित कार्यक्रममा समाजवादी जनता पार्टीका अध्यक्ष सिंहले सिंगो पार्टी एमालेमा समाहित भएको घोषणा गरे । सिंहले आफूले नेकपा एमाले छाडेर २०६२ सालमा समाजवादी जनता पार्टी गठन गरेको र अहिले आफ्नै घर फर्किएको अनुभूति भएको बताए । ‘अहिले मलाई आफ्नो […]
काठमाडौँ- अभिनेत्री करिश्मा मानन्धर एमालेमा प्रवेश गरेकी छन् । काठमाडौँमा मंगलबार आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष केपी ओली, महासचिव शंकर पोखरेलले अभिनेत्री करिश्मालाई एमालेमा स्वागत स्वागत गरेका हुन्। अभिनेत्री करिष्माले बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबाट राजनीति सुरु गरेकी हुन् । एमाले प्रवेश गर्दै अभिनेत्री करिश्माले आफू चलचित्र क्षेत्रमा सक्रिय रहँदै आए पनि यस क्षेत्रको […]
नागरिक रैबार/बाजुरा ८ चैत्र। बाजुरा जिल्लाका विपन्न तथा असाहय १० जना बालवालिकालाई शैक्षिक सामाग्री सहयोग गरिएको छ । कल्याण फाउण्डेसन अमेरिकाको आर्थिक सहयोग तथा बडीमालिका नगरपालिका र बडीमालिका मिडिया हाउसको समन्वयमा १० जना विपन्न असाहय बालवालिकालाई शैक्षिक सामाग्री गरिएको हो । मंगलबार बडीमालिका नगरपालिकाको सभाहलमा विपन्न बालवालिकालाई लक्षित गरेर छात्रवृती सहयोग शुभारम्भ कार्यक्रम गरिएको बडीमालिका […]
जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले मन्त्री हेरफेरबारे छलफल भइरहेको बताएका छन् । मंगलबार जनकपुरमा पत्रकारहरुसँग कुरा गर्दै प्रचण्डले भने, ‘मन्त्रिपरिषदमा हेरफेरको कुरा चलेको छ, तर अहिलेसम्म औपचारिक रुपमा टुंगिएको छैन’, उनले अघि भने, ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ, केही नयाँ आउने सम्भावना छ ।’ प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको महाधिवेशनसम्मका लागि […]
धनगढी: कैलालीमा सशस्त्र प्रहरीले १ लाख बढी मूल्य बराबरको बेवारिसे सामान बरामद गरेको छ। मंगलबार सशस्त्र प्रहरी बल नेपाल नं. ३४ गण हेक्वाटर कैलालीबाट खटिएको टोलीले गोदावरी नगरपालिका–१ अत्तरिया इलाकामा उक्त सामान बरामद गरेको हो। भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ ल्याइ बेवारिसे अवस्थामा राखिएको १ लाख ५ हजार ७ ६० मूल्य बराबरको कपडा तथा […]
बाजुरा: बाजुराको करिब १ लाख जनसंख्या गरिबीको रेखामुनि रहेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार बाजुराको जनसंख्या १ लाख ३८ हजार ९ सय ९८ रहेको छ। ती मध्ये ८५ हजार ८ सय ६७ जनसंख्या गरिबीको रेखामुनि रहेका छन्। बाजुराको गरिबी दर निकै माथि रहेको मानव अधिकार वर्ष पुस्तक २०२२ को […]
काठमाडौं : आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय सिरिजको अन्तिम खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) विरुद्ध टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नेपालले सोमबार युएईविरुद्धको खेलका दौरान रहेको प्लेइङ ११ मा दुई परिवर्तन गरेको छ। जहाँ विक्रम सोब र ज्ञानेन्द्र मल्ललाई बाहिर राख्दा आसिफ शेख र भीम सार्कीलाई टिममा राखिएको छ। […]
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन्। चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन्। बेपत्ता भएका दुई बालक रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत रहेको […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर दस वर्षे सशस्त्र द्वन्द्वबाट पीडितहरुलाई राहत र सम्मान उपलब्ध गराइने विषयमा छलफल गरेका छन् । मंगलबार बिहान अध्यक्ष प्रचण्ड बालुवाटार पुगेर देउवासँग सो विषयमा छलफल गर्दै ५ बुँदामा ध्यानाकर्षण गराएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन् । अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई बुझाएको […]