होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हुम्लाको सर्केगाड गाउँपालिका वडा नं। ३ का वडाध्यक्ष गज बहादुर रावतसमेत ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुसँग ८ लाख रुपैयाँ बिगो दाबी गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । अख्तियारले मुद्दा दायर गरेका अन्यमा सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत […]
काठमाडौं । काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि बलिउड अभिनेता सलमान खानले ४ करोड ८० लाख रुपैयाँ पारिश्रमिक लिने भएका छन् । जेठ १४ गते दशरथ रंगशालामा हुने ‘द ब्याङ टुर रिलोडेड’ कार्यक्रमका लागि सलमानले यो पारिश्रमिक लिने आयोजक संस्था ओडीसी इन्टरटेनमेन्टले जनाएको छ । ओडीसीका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार सलमानसहित भारतबाट आउने कलाकारले […]
जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थी उनीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याङ्ग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे । विद्यालयमा दुई कोठे तीनवटा भवन छन् । भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् । विद्यार्थीहरूलाई […]
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को विद्यार्थीको रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउने म्याद पुनःथप गरेको छ ।यसअघि बोर्डले गत माघ ७ गतेसम्म म्याद राखेकोमा छुट भएकालाई माघ मसान्तसम्म म्याद थप गरेको थियो । बोर्डले दोस्रो पटक म्याद थप गर्दै चैत १६ भित्र दोब्बर शुल्कमा रजिष्ट्रेशनन तथा परीक्षा आवेदन फाराम बुझाउन […]
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ ।बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले मापदण्ड पास गर्दै एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्न भनेको हो । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र […]
नागरिक रैबार/बाजुरा १० चैत्र। मार्तडी बजारका व्यापारीहरुले उपभोक्ताबाट खाद्य बस्तुको मुल्यमा मनोमानि तरिकाले रकम लिन थालेको गुनासो बढेपछि बजार अनुगमन गरिएको छ । विहिबार बडीमालिका नगरपालिकाकी उपप्रमुख कविता विष्टको नेतृत्वमा मार्तडी बजारमा रहेका पसलहरुको अनुगमन गरिएको हो । बजारमा व्यापारीहरुले खाने तेल लगायतका खाद्य बस्तुमा मनोमानि तरीकाले रकम लिन थालेको भनेर नगरपालिकाको गुनासो आएपछि बजार […]
पोखरा — लागूऔषध दुर्व्यसनलगायत मुद्दामा पक्राउ परी सजाय भोगेका व्यक्तिले कास्की जिल्ला अदालत तोडफोड गरेको पाइएको छ । पोखरा-१५ टुटुंगाका २७ वर्षीय अर्जुन परियार (दावा) लाई प्रहरीले बुधबार राति पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । मंगलबार राति अदालतको एक र ६ नम्बर इजलास कक्षको ढोका र दराज फोरेर मिसिल र अन्य महत्त्वपूर्ण कागजात चलाएको […]
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा जाने भएका छन्।उनी चैत १८ मा भारत जाने तयारी छ।‘प्रधानमन्त्री दुई वा तीन दिने भ्रमणका लागि भारत जाँदै हुनुहुन्छ, यसको तयारी भइरहेको छ,’ स्रोतले सेतोपाटीसँग भन्यो।यसअघि देउवाको भारत भ्रमण रद्द गरिएको थियो। भाइब्रेन्ट गुजरात समिटमा भाग लिन देउवा भारत जाने भने पनि कोरोनाका कारण उक्त कार्यक्रम नै स्थगित भएपछि भ्रमण […]
गायक प्रकाश सपुतले हालै आफूले सार्वजनिक गरेको गीत ‘पिर’ बाट समाजको एउटा तप्काको चित्त दुख्छ भन्ने आफूलाई पूर्व जानकारी रहेको र उनीहरुको चित्त दुखोस् नै भन्ने उद्देश्य रहेको बताएका छन् । ‘पिर’ गीतका सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गायक सपुतले आफ्नो गीत नेपाली समाजको प्रतिविम्ब रहेको बताए । उनले भने, ‘यो गीतले आम मानिसले बोलिरहेको […]
मुगु सदरमुकाम गमगढी बजारका सरकारी जग्गामा निर्माण भएका टहरा बिहीवार हटाइएको छ । सरकारी जग्गामा रजाई गरेर बसोबास गरिरहेका २२ टहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्य र स्थानीयको सहभागितामा हटाइएको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुको जग्गामा बनेका सम्पूर्ण अस्थायी संरचना फागुन मसान्तभित्र […]
काठमाडौं । नेपालमा उत्पादन भएका सिटामोलको तौल बढाउने तयारी भएको छ ।यस बिषयमा छलफलका लागि औषधि सल्लाहकार समितिको ५३ औँ बैठक बिहीबार स्वास्थ्य मन्त्रालयमा बस्दै छ । स्वास्थ्य सचिवको अध्यक्षतामा रहने समिति बैठकको विभिन्न ६ एजेण्डामध्ये पहिलोमा सिटामोल ६५० मिलिग्राम (एमजी) मा दर्ता गर्ने उल्लेख छ । नेपालमा प्रयोग भएको ५०० एमजीको सिटामोलले केही बिरामीमा […]
बैतडीः चार छोरालाई आर्मी बनाउने बैतडीकी एक आमालाई नेपाली सेनाले सम्मान गरेको छ। जिल्लाको दशरथचन्द नगरपालिका-३ दुर्गाभवानी बरकुरालीकी धनमाया नाथलाई सम्मान गरिएको हो। उनका चार जना छोरा नरेश नाथ, राम नाथ, लक्ष्मण नाथ र दिलिप नाथ अहिले नेपाली सेनामा कार्यरत रहेका छन्। चार जना छोरालाई सेनामा पठाउन प्रोत्साहित गर्ने आमालाई बुधवार नेपाली सेनाका प्रधान सेनापति […]
धनगढीः प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाका संगठनमा रहँदा प्राप्त गरेका तालिम, ज्ञान, सीप र अनुभव नेपाली माटोमै लगाउन भूपू सैनिकलाई आह्वान गरेका छन्। धनगढीस्थित भवानी दल गण तेघरी ब्यारेकमा आयोजित भूपू सैनिक सम्मेलनलाई सम्बोधन गर्दै उनले राष्ट्र र समाजलाई दिएको योगदान कहिल्यै खेर नजाने भएकाले परिश्रम र देशभक्तिको ज्ञान अरूलाई सिकाएर सहयोग पुर्याउनु पर्ने बताए। […]
काठमाडौँ — नेपालले इन्डियन इनर्जी एक्सचेन्ज (आईईएक्स)बाट बिजुली किन्नका लागि प्रतियुनिट ३८ रुपैयाँमा प्रस्ताव हालेको छ । आईईएक्सबाट बिजुली किन्नका लागि प्रतियुनिट भारु २० रुपैयाँमा प्रस्ताव हालेको र ह्विलिङ चार्ज तथा कमिसन समेत गरेर उक्त बिजुली ३८ रुपैयाँमा नेपालले पाउने प्राधिकरणले जनाएको छ । विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी गराउन भन्दै प्राधिकरणले बिहीबार आयोजना […]
काठमाडौँ — सरकारले स्थानीय तह निर्वाचन निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको छ । गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षता बिहीबार बसेको सुरक्षा समितिको बैठकले ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा नीति’ पारित गरेको हो । ‘सुरक्षा समिति बैठकले निर्वाचनका लागि आवश्यक पर्ने एकीकृत सुरक्षा नीति पारित गरेको छ,’ गृह […]
काठमाडौं । एएफसी एसियन कपको अन्तिम चरणको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बिहीबार थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र थाइल्यान्डबीचको खेल चोनबुरी स्टेडियममा नेपाली समयअनुसार बेलुका पौने ६ बजे सुरु हुनेछ । थाइल्याण्ड र नेपाल दुवैले यसलाई एसियन कपको तयारीको रुपमा लिएका छन् । छनोट खेलको समूह ए मा नेपालसँगै […]
काठमाडौं । ‘द कश्मीर फाइल्स’ कोरोना महामारीयताकै सर्वाधिक कमाइ गर्ने बलिउड फिल्म बनेको छ । व्यापार विश्लेषक तरण आदर्शका अनुसार विवेक अग्निहोत्री निर्देशित फिल्म बुधबार २०० सय करोड भारु क्लबमा प्रवेश गरेको छ । दोस्रो साताको बुधबार मात्रै फिल्मले १०.०३ करोड भारु कमाएको छ । शुक्रबार १९.१५ करोड, शनिबार २४.८० करोड, आइतबार २६.२० करोड, सोमबार […]
बालिका बलात्कारको अभियोगमा प्रतिवादी बनाइएका अभिनेता पल शाहविरुद्धको थुनछेक बहस बिहीबार पनि नसकिने सम्भावना बढेको छ । पलको पक्षमा बहस गर्न ९ जना कानुन व्यवसायीले वकालतनामा लेखाएका कारण बिहीबार पनि बहस सकिने सम्भावना कम रहेको तनहुँ जिल्ला अदालतका श्रेष्तेदार मीनबहादुर कुँवरले बताए । बालिका बलात्कारको अभियोगमा जिल्ला प्रहरी कार्यालय तनहुँको हिरासतमा रहेका अभिनेता पल शाहविरुद्ध […]
धनगढी । नेपाली कांग्ररेसकी केन्द्रीय सदस्य आरजु राणा देउवाले पाँच दलीय गठबन्धन चुनावसम्म कायम रहने बताएकी छन् ।कांग्रेसकै केही नेताहरूले सार्वजनिकरुपमा चुनावमा गठबन्धन नहुने संकेत गरिरहेका बेलामा उनले गठबन्धन कायमै रहने दाबी गरेकी हुन् । प्रेस युुनियन कैलालीले बिहीबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भनिन्, ‘गठबन्धन गरेर चुनावमा जाने हाम्रो सम्झौता छ । […]
काठमाडौं, १० चैत्र । चलचित्र क्षेत्रका चर्चित अनुहारहरु धमाधम राजनीतिमा लाग्ने क्रम चल्न थालेको छ । कतिपयले पार्टी परिवर्तन र प्रवेश नै गर्न थालेका छन् । करिश्मा मानन्धरले नयाँ शक्तिबाट राजनीति सुरु गरेपनि उक्त पार्टी त्यागेर बसेकी थिइन् । यसै हप्ता नेकपा एमालेमा प्रवेश गरेकी छिन् । कोमल ओलीले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट राजनीति सुरु गरेपनि […]