होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘पिर’ गीतबाट एउटा तप्काको चित्त दुखोस् नै भन्ने थियो : प्रकाश सपुत
समाचार

‘पिर’ गीतबाट एउटा तप्काको चित्त दुखोस् नै भन्ने थियो : प्रकाश सपुत

  • नागरिक रैबार
‘पिर’ गीतबाट एउटा तप्काको चित्त दुखोस् नै भन्ने थियो : प्रकाश सपुत

गायक प्रकाश सपुतले हालै आफूले सार्वजनिक गरेको गीत ‘पिर’ बाट समाजको एउटा तप्काको चित्त दुख्छ भन्ने आफूलाई पूर्व जानकारी रहेको र उनीहरुको चित्त दुखोस् नै भन्ने उद्देश्य रहेको बताएका छन् ।

‘पिर’ गीतका सम्बन्धमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा गायक सपुतले आफ्नो गीत नेपाली समाजको प्रतिविम्ब रहेको बताए । उनले भने, ‘यो गीतले आम मानिसले बोलिरहेको समस्या, पासपोर्टको समस्या, एउटै कामले गुजारा गर्न नसकेर अलग अलग क्षेत्रमा प्रयास गर्दै आउनु परेको समस्या प्रदर्शन गर्न खोजेको हो, समाजलाई चित्रण गरेको छ यसले ।’

उनले जनयुद्धको समयमा लडाकुहरुले गरेको योगदानलाई अवमूल्यन गरेर अगाडि बढेको एउटा तप्काका लागि यो गीत पाच्य हुने छैन भन्ने आफूलाई पहिला नै थाहा भएको उनले बताए ।तर, गीतले अर्को तप्का (पूर्व लडाकुसहित) लाई पनि गीतका केही दृश्यले चित्त दुखेपछि आफूले त्यसमा सामान्य संशोधन गरेको उनले प्रस्ट पारे । उनले भने, ‘त्यो पात्र त पहिलादेखि नै पीडित छ, उसको चित्त दुखाउने उद्देश्य होइन तर उसको पनि चित्त दुखेपछि सोच्न बाध्य भएँ ।’

विज्ञापन

आफूले यो गीतलाई कुनै पार्टीविरुद्ध लक्षित भने नगरेको उनले बताए । उनले भने, ‘फलानो पार्टी खत्तम हो, फलानोलाई भोट नहाल्नु भनेको छ र ?’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै