होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज कर्णालीका जिल्लाहरुको दौडमा छन् । उनी सिम्रिक एअरको हेलिकप्टरमा विहान नौ बजे दैलेखको दुल्लुमा दुल्लु नगर कमिटीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गरेर जुम्ला गइसकेका छन् । दुल्लुमा सम्बोधन गर्दै उनले दैलेख जनताको सुख, दुःखमा एमाले साथमा रहेको बताए । ओलीले भने, ‘एमाले हिजो पनि विकास […]
, काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय तह चुनावमा एकतावद्ध भएर जाने निर्णय गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले चुनावमा मिलेर जाने सहमति गरेको हो । बैठकले महानगरपालिकाको उम्मेद्वारीबारे निर्णय केन्द्रबाटै गर्ने र अन्यका लागि निर्णय गर्न अधिकार तल्ला तहमा दिने निर्णय पनि बैठकले गरेको नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले जानकारी दिए । […]
सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् । बिहीबार रिपोर्टस क्लब नेपालको २४ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री कार्कीले १० वर्षभित्रमा नेपाललाई एसियाकै सम्पन्न देश बनाउने लक्ष्यका साथ सरकार अघि बढेकाले यसमा सबैको साथ र सहयोग आवश्यक रहने बताए । सरकार प्रेस स्वतन्त्रता, […]
जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो । खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासीरजनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार महिलामा ३५८, […]
अछामको पञ्चदेवल विनायक नगरपालिका–५ ल्याटीमा बुधबार बेलुकी ट्रयाक्टर पल्टीएर च्यापिदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय अन्दाजी २४ बर्षीय भुपेन्द्र शाही रहेका छन् । ट्रयाक्टरले च्यापिएका शाहीलाई जेसिबिको मद्धतले उद्धार गरि उपचारको लागी जिल्ला अस्पताल मंगलसेन पठाइएकोमा उपचारकै क्रममा उनको राती साढे १२ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । पञ्चदेवल विनायकबाट खाद्यान्न […]
‘छैटौं टुबोर्ग राष्ट्रिय रनिङ शिल्ड खुला दोहोरी गीत प्रतियोगिता–२०७८’ बुधबारबाट भृकुटीमण्डप बगैँचामा सुरु भएको छ । बुधबार एक कार्यक्रमका बीच उद्घाटन भएको प्रतियोगिता शनिबारसम्म चल्नेछ । राजधानी र मोफसलबाट ६१ वटा टोलीले प्रतियोगितामा भाग लिएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजीले बताए । दर्शकका लागि प्रवेश निःशुल्क गरिएको यो प्रतियोगितामा उत्कृष्ट हुने […]
काठमाडौं । राष्ट्रिय गानका रचयिता व्याकुल माइलाले ओखलढुंगा मानेभञ्ज्याङको पुर्ख्यौली घरजग्गा सरकारलाई हस्तान्तरण गर्ने भएका छन् । १.५ रोपनीमा रहेको आफ्नो घरजग्गा प्रदेश १ सरकारलाई प्रदान गर्न आफूले व्याकुल माइला प्रतिष्ठानलाई यसैसाता हस्तान्तरण गरिसकेको उनले बताए । ‘सरकारलाई हस्तान्तरण गर्ने प्रक्रिया सुरु भएको र यसको लागि प्रतिष्ठानलाई दिइसकेको छु,’ माइलाले भने । सरकारलाई हस्तान्तरण गर्नुअघि […]
काठमाडौं । यही वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलको लागि अफिसियल बल सार्वजनिक भएको छ ।विश्व प्रसिद्ध खेल सामाग्री उत्पादन कम्पनी एडिडासले विश्वकपमा खेलाइने अफिसियल बल सार्वजनिक गरेको हो । उक्त बललाई ‘अल रिहला’ नाम दिइएको छ । अल रिहलाको अर्थ ‘दी जर्नी’ अर्थात यात्रा भन्ने हुन्छ ।अल रिहलाले कतारको अद्वितीय वास्तुकला, ‘प्रतिष्ठित’ डुङ्गाहरू […]
जुड्डी, बाजुरा — बाजुराको जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीस्थित हिमालयन बैंक कार्यालयमा वृद्धवृद्धा पंक्तिबद्ध थिए । कोही लट्ठीको सहारामा सकिनसकी उभिएका थिए त कोही लाइनमै थचक्क बसेका । गत आइतबार लाइनमा ७२ वर्षीया रिठु ओड पनि थिइन् । दमले थलिएकी उनी दानचौकाबाट झिसमिसेमै हिँडेकी रहिछन् । स्याँस्याँ गर्दै दिउँसो २ बजे गाउँपालिका कार्यालयमा पुगेकी उनी सामाजिक सुरक्षा भत्ता बुझेर घर […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन निर्वाचनसम्म कायम रहनेमा दुविधा नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले गठबन्धन एउटा सन्दर्भमा जन्मिएको भन्दै संविधान, लोकतन्त्र र राष्ट्रियताको रक्षाका लागि बनाइएको गठबन्धन कायम रहने नरहने भन्नेमा कुनै दुविधा नरहेको बताएका हुन् । ‘निर्वाचन अगाडि छ […]
नागरिक रैबार/बाजुरा १६ चैत्र। जिल्लाको बडीमालिका नगरपालिका वडा न.. ६ जगाङ्गामा रहेको नेपाल राष्ट्रिय माध्यामिक बिद्यालयलाई तीन तारे घोषणा गरिएको छ । मंगरबार एक कार्यक्रमका बिच उक्त बिद्यालयलाई तीन तारे घोषणा गरिएको हो । विद्यालयमा स्वच्छ पिउने पानी, उपयुक्त शौचालय र स्वच्छ वातावरण जस्ता चरणहरुमा पुणर्ता भएपछि विद्यालयलाई मंगलबार एक कार्यक्रमका विच तिनतारे घोषणा गरिएको […]
नागरिक रैबार/बाजुरा १६ चैत्र। जिल्ला अस्पताल व्यवस्थापन समितिका नवनियुक्त अध्यक्ष मानबहादुर कार्कीले जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने विरामीरुलाई १० प्रतिशत छटमा औषधि वितरण गर्ने निर्णय भएको बताएका छन् । बुधबार जिल्ला अस्पताल व्यवस्थापन समितिले गरेकाे पत्रकार सम्मेलनमा अध्यक्ष कार्कीले जिल्ला अस्पताल बाजुरामा उपचार गर्न आउने विरामीहरुको आर्थिक स्थितिलाइ मध्यनेजर गरेर अस्पतालको फार्मेसीबाट १० प्रतिशत […]
नागरिक रैबार/बाजुरा १६ चैत्र ।नेपाली काँग्रेसका एक कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेको २४ घण्टा नपुग्दै आज फेरी आफ्नै पार्टी काँग्रेसमै फर्किएका छन् । हिजो मंगलबार काँग्रेस छाडेर एमाले प्रवेश गरेका बडीमालिका ८ गणखेतका अर्जुन रावल एमाले प्रवेश गरेको २४ घण्टा नपुग्दै आज फेरी काँग्रेसमै फर्किएका हुन् । बडीमालिका नगरपालिका ८ का वडा अध्यक्ष प्रकाश रावलले […]
काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ हजार भत्ता दिने प्रक्रिया अघि बढेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको चैत १३ को मन्त्रीस्तरको सो रकम उपलब्ध गराउन कार्यविधि बनाएसँगै यस्ता बिरामीले मासिक भत्ता पाउने बाटो खुलेको हो । ‘नीति तथा कार्यक्रममा मिर्गौला प्रत्यारोपण गरेका, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक ५ […]
काठमाडौँ- नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनबिना एमालेसँग चुनाव लड्न सक्ने हिम्मत नै नभएको बताएका छन् । अहिलेको पाँच दलिय गठबन्धनमा रहेका दलहरूलाई एक्ला एक्लै चुनावमा लड्ने हिम्मत नै नभएको बताए । ‘एक्लै एमालेसँग लड्छु भन्ने सोच्नै सकिँदैन। हामीलाई पनि अलिकति हैसियत मिल्नेसँग चुनाव लड्न सजिलो हुन्छ । उनीहरू एक्लै भयो भने त हामीले […]
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले सरकारी स्वास्थ्य संस्थामा पत्रकारलाई निःशुल्क उपचार गर्ने व्यवस्थाको व्यवहारिकरुपमै कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा उनले महासंघको सदस्य रहेका पत्रकारलाई ‘उपचार सुविधा परिचयपत्र’ का आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउने विषयलाई कार्यान्वयन गर्ने बताए […]
बझाङः बझाङको जयपृथ्वी नगरपालिकाले भर्ना गरेका नगर प्रहरीको छनौटमा विवाद भएको छ। नगर प्रहरीको छनौटमा निष्पक्षता नभएको भन्दै परिक्षार्थीहरुले पुनः जाँच गराउन माग समेत गरेका छन्। नगरपालिकाले सोमबार सार्वजनिक गरेको नामावलीमा जनप्रतिनिधिहरुका आफन्त मात्रै परेको परीक्षार्थीहरुले आरोप लगाएका छन्। मंगलबार दरखास्त पेस गरेका मध्ये १९ जनाले निष्पक्ष छनौट गरिनुपर्ने माग राख्दै नगरपालिकामा हस्ताक्षर पनि बुझाएका […]
काठमाडौं । आगामी जेठ १४ गते हुने बलिउड अभिनेता सलमान खानको सांगीतिक कार्यक्रममा नेपाली अभिनेत्रीयद्वय माला लिम्बू र मुना गौचनले प्रस्तुति दिने भएका छन् । आयोजक ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सीमान्त गुरुङका अनुसार माला र मुनाले स्टेजमा नृत्य प्रस्तुत गर्ने भएका हुन् । ‘उहाँहरुसँग मौखिक सहमति भएको छ,’ गुरुङले अनलाइनखबरसँग भने, ‘अन्य कलाकारको टुंगो लाग्न […]
काठमाडौं । विश्वभक्त दुलाल आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय भेला बिहीबार सुरु हुने भएको छ ।भेलाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय सदस्य मदन अर्यालले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा भोलि दिउँसो १२ बजे भेलाको उद्घाटन हुने र भेलामा ५० जिल्लाका प्रतिनिधि सहभागी हुने जानकारी दिए । भेलाको उद्घाटन समारोहमा नेकपा क्रान्तिकारी […]
धनगढीः अछाममा बलात्कारको झुटो आरोप लगाउने एक युवतीलाई जेल चलान गरिएको छ। जिल्लाको कमलबजार नगरपालिकाकी १९ वर्षीया युवतीलाई साढे तीनवर्षको जेल सजाय तोकिएको हो। जिल्ला न्यायाधीस नविनकुमार जोशीको इजलासले सो फैसला गरेको थियो। बलात्कारको आरोपमा पक्राउ परेका रामारोशन गाउँपालिकाका २० वर्षीय नन्दराम खनाललाई सफाइ दिएर अदालतले युवतीलाई कारागार पठाउने फैसला गरेको हो। अछाम प्रहरीका अनुसार […]