होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • नगर प्रहरीको छनौटमा विवाद, मनोमानीको आरोप
समाचार

नगर प्रहरीको छनौटमा विवाद, मनोमानीको आरोप

  • नागरिक रैबार
नगर प्रहरीको छनौटमा विवाद, मनोमानीको आरोप

बझाङः बझाङको जयपृथ्वी नगरपालिकाले भर्ना गरेका नगर प्रहरीको छनौटमा विवाद भएको छ। नगर प्रहरीको छनौटमा निष्पक्षता नभएको भन्दै परिक्षार्थीहरुले पुनः जाँच गराउन माग समेत गरेका छन्। नगरपालिकाले सोमबार सार्वजनिक गरेको नामावलीमा जनप्रतिनिधिहरुका आफन्त मात्रै परेको परीक्षार्थीहरुले आरोप लगाएका छन्।

मंगलबार दरखास्त पेस गरेका मध्ये १९ जनाले निष्पक्ष छनौट गरिनुपर्ने माग राख्दै नगरपालिकामा हस्ताक्षर पनि बुझाएका छन्। उनीहरुले निवेदनमा परीक्षाको नतिजा तथा नगर प्रहरीको छनौट प्रकृया पुनः गर्न माग गरेका हुन्।

नगर प्रहरीमा नाम निकालेका मध्ये एकजना नगरपालिकाका अधिकृतका आफन्त, एकजना मेयरका छोरा र अर्का उपमेयरका आफन्त रहेको उनीहरुको भनाइ छ। नगर प्रहरीमा १२ जनाको नाम छनौट भएको छ। जसमा नगर प्रमुख, उपप्रमुख तथा कर्मचारीहरुका आफन्तहरु मात्रै परेको भन्दै विवाद सुरु भएको हो।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार