होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, बैशाख ९ । निर्वाचन आयोगले ७ सय ५३ वटै स्थानीय तहमा निर्वाचन कार्यालय स्थापना गरेसँगै विभिन्न जिल्लाहरूमा निर्वाचन सामग्री पठाउन थालेको छ।निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बिहीबार पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन् । उनले वैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनको कार्यतालिका अघि बढाउन आयोगले देशभरका ७ सय ५३ वटै स्थानीय […]
माध्यमिक शिक्षा परीक्षा (एसईई) आज शुक्रबार बिहान ८ बजेबाट देशभर एकसाथ सञ्चालन हुँदैछ । पहिलो दिन आज अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदैछ । परीक्षा २० वैशाखसम्म सञ्चालन हुनेछ । राष्ट्रिय परीक्षा बोर्ड, एसइईका परीक्षा नियन्त्रक अर्जुन रायमाझीका अनुसार एसईईमा ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी सहभागी हुँदैछन् । जसमध्ये २ लाख ५७ हजार […]
दार्चुलाको शैल्यशिखर नगरपालिका-६ ग्वानीमा नेकपा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबीच झडप भएको छ । शान्तिपूर्ण र्याली गरिरहेको समयमा काँग्रेसका कार्यकर्ताले आफूमाथि ढुंगा र सिसाका बोतल प्रहार गरेको एमालेका कार्यकर्ता राजेश विष्टले बताए । झडपमा गाडीका सिसा फुटाइएको र केही एमालेका कार्यकर्ता घाइते भएको विष्टले बताए । घाइतेको टाउकोमा चोट लागेको छ । प्रहरीले भने उक्त […]
काठमाडौं । दोेस्रो सातामा प्रदर्शनरत फिल्म ‘ए मेरो हजुर ४’ले ४ करोड १० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ ।बिहीबार निर्माण टीमले सार्वजनिक गरेको विवरणअनुसार फिल्मले ४ करोड १० लाख रुपैयाँको कुल आम्दानी गरेको हो ।फिल्मको आम्दानी सार्वजनिक गर्दै चलचित्रका निर्देशक झरना थापाले साथ दिने दर्शकलाई धन्यवाद दिएकी छन् ।सुनिलकुमार थापाले निर्माण गरेको फिल्ममा अनमोल […]
काठमाडौं । गोरखापत्र संस्थानका पूर्वमहाप्रबन्धक वसन्तप्रकाश उपाध्याय पक्राउ परेका छन् । बैंकिङ कसूर सम्बन्धी एक मुद्दामा फरार प्रतिवादी भएका उनलाई पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी सुदिप गिरीले बताए ।गिरीका अनुसार उनलाई चन्द्रगिरिबाट पक्राउ गरेर अदालत बुझाइएको छ । अनलाइन खबरबाट
काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य सुधार देखिएको छ । बुधबार उच्च अंकले घटेको बजार बिहीबार भने ४.९४ अंकले बढ्यो । बजार २३२५.४५ विन्दुमा पुगेको रोकिएको छ । बिहीबार बजारमा निकै उतारचढाव देखिए पनि अन्त्यमा बढेर बन्द भएको छ । बिहीबार कुल २३१ कम्पनीको ३६ हजार १ सय ९० […]
, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस काठमाडौं आइपुगेका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको औपचारिक निमन्त्रणामा उनी काठमाडौं आइपुगेका हुन् । महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत रहेका छन् । ब्ल्यूएचओको प्रतिनिधि मण्डलको सम्मानमा आजै बेलुकी […]
काठमाडौं । सत्तारुढ गठबन्धनले सात वटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ । स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो । बैठकमा सहभागी नेताहरुका अनुसार चुनावी सभालाई गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरुले सम्बोधन गर्ने छन् । ‘निर्वाचन प्रचार प्रसार १७ गतेबाट […]
नागरिक रैबार बाजुरा ८ बैशाख । बाजुराकाे सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । स्थानीय तहको निर्वाचनका लागि बाजुराको सदरमुकाम मार्तडीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय आजबाट स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ । जिल्ला निर्वाचन कार्यालयका अनुसार आज बाजुराको सदरमुकाममा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसंगै जिल्लाका सवै पालिकामा निर्वाचन […]
नागरिक रैबारर/ बाजुरा ८ बैशाख । बाजुराकाे काेल्टीमा पनि राष्ट्रिय बाणिज्य बैंकले एटीएम सेवा सूचारू गरेकाे छ । हिजाे मात्र सदरमुकाम मार्तडीमा रहेकाे राष्ट्रिय वाणिज्य बैंकमा एटीएम सेवा सूचारू गरेकाे साे बैंकले आजबाट काेल्टीमा रहेकाे शाखामा समेत एटीएम सेवा सूचारू गरेकाे हाे । यस अघि बाजुराको कोल्टी क्षेत्रमा रहेको राष्ट्रिय बाणिज्य बैंक कोल्टी शाखामा आर्थिक […]
काठमाडौं । वीरगञ्ज महानगरपालिकामा पार्टीले नेकपा एमालेसँग तालमेल गरेकामा लोकतान्त्रिक समाजवादी पार्टीका केही नेताहरुले असन्तुष्टि जनाएका छन् । लोसपाका जिल्ला उपाध्यक्षहरु कृष्ण पटेल, राजेश साह र देवानन्द यादव तथा महानगरपालिका समितिका अध्यक्ष ओमप्रकाश सर्राफले एमालेसँगको गठबन्धन नमान्ने बताएका छन् । बिहीबार वीरगञ्जको मेयरको उम्मेदवार एमालेले लिने र उपमेयर लोसपाले लिने गरी दुई पार्टीबीच तालमेलको समझदारी […]
जनता समाजवादी पार्टी नेपाल (जसपा)ले स्थानीय तहको चुनाव जिते महिलाहरुलाई उद्यम गर्न १० वर्षका लागि एक करोडसम्मको ऋण दिने प्रतिवद्धता जनाएको छ । जसपाले तयार पारेको स्थानीय तहको चुनावी घोषणापत्रमा भनिएको छ, ‘महिलाहरुलाई उत्पादनमूलक तथा रोजगारीमूलक उद्यम गर्न चाहेमा १० वर्षका लागि एक करोडसम्म रुपैयाँ ऋण दिने र त्यसको ब्याज पाँच प्रतिशत मात्र गरिनेछ ।’ […]
सामाजिक सुरक्षा कोषले योगदानकर्ताको स्वास्थ्योपचार सुविधालाई व्यवस्थित बनाएको छ । अब कोषमा सूचीकृत योगदानकर्ताले कोषले उपलब्ध गराएको सामाजिक सुरक्षा नम्बरसहितको परिचयपत्र देखाएर विभिन्न अस्पतालबाट स्वास्थ्योपचार सेवा लिन सक्ने भएका छन् । यसअघि योगदानकर्ताले सूचीकृत अस्पतालमा उपचार गरेको बिल पेश गरेर उपचार सुविधा लिँदै आएका थिए । कोषले देशभरका एक दर्जन बढी अस्पतालसँग सम्झौता गरी योगदानकर्ताले […]
धनगढीः अभिनेत्री करिश्मा मानन्धरले केही समयअघि एमालेको चुनावी कार्यक्रममा आफ्नो न्वारनको नाम सूर्य कुमारी भएको बताइन्। एमालेको चुनाव चिह्न सूर्य भएकाले उनले यही मेसोमा आफ्नो न्वारनको नाम सार्वजनिक गर्न भ्याइन्। यही कुरालाई लिएर सोसल मिडियामा उनलाई धेरैले ट्रोल गरे। अझै पनि, फेसबुकमा उनका हरेक पोस्टमुनि कमरेड ‘सुर्जे कुमारी’ भन्दै खिल्ली उडाउनेहरू कम छैनन्। कमेन्टमा उडाउनेहरूलाई […]
काठमाडौं । पुराना प्रश्नपत्रको सँगालो अभ्यास गरेका भरमा कक्षा ८, १० र १२ को परीक्षाबाट अब सहजै पार पाउन सकिने छैन । पालिकाले सञ्चालन गर्ने कक्षा ८, माध्यमिक शिक्षा परीक्षा (एसईई) र केन्द्रीयस्तरमा सञ्चालन हुने कक्षा १२ को परीक्षामा वर्षैपिच्छे प्रायः प्रश्न दोहोरिने गरेका छन् । यसैका कारण पुराना प्रश्नपत्रको सँगालो र गेस पेपरको व्यापार […]
काठमाडौं। गृहमन्त्री बालकृष्ण खाणले ललितपुरको औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा भएको विस्फोटको छानबिन गर्न निर्देशन दिएका छन् । गृहमन्त्री खाणले गृहसचिव टेकनारायण पाण्डे, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी वरिष्ठ उपरीक्षक यज्ञविनाेद पाेखरेल र सशस्त्र प्रहरीका ललितपुर प्रमुख उपरीक्षक विकास घिमिरेलाई घाइतेको तत्काल उद्धार गर्न र घटनाको छानबिन निर्देशन […]
धनगढीः कैलालीको धनगढीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय खुलेको छ। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि कार्यालय स्थापना गरिएको हो। विहिवार उक्त कार्यालयको एक औपचारिक कार्यत्रमकाबीच उद्घाटना गरिएको छ। धनगढी उपमहानगरपालिकाका निर्वाचन अधिकृतको कार्यालयसँगै जिल्लाका १३ वटै स्थानीय तहलाई हेर्ने गरी मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो। धनगढीस्थित स्वास्थ्य तालिम केन्द्रको भवनमा […]
काठमाडौँ — सम्बन्धित पालिका क्षेत्रभित्र ठेक्कापट्टा व्यवसायमा संलग्न भएको व्यक्ति स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन् । निर्वाचन आयोगको आचारसंहितामा स्थानीय तहमा उम्मेदवार बन्ने व्यक्तिले मनोनयन दर्ताअघि ‘कुनै स्थानीय तहको ठेक्कापट्टा वा चल अचल सम्पत्तिसम्बन्धी व्यवहारमा संलग्न नरहेको’ स्वघोषणा गर्नुपर्ने अनिवार्य गरेपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले सम्बन्धित पालिका क्षेत्रमा ठेक्कापट्टा गर्नेले मात्र […]
कञ्चनपुर: जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको गेट अगाडि नै ठगी गरिरहेका ३ जनालाई पक्राउ गरिएको छ। राहदानीका लागि अनलाइन फारम भर्ने नाममा २ देखि ३ हजार रुपैयाँसम्म असुली गरेको गुनासोपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रशासनको गेट अगाडिबाट २ जना र दूरसञ्चारको गेट अगाडिबाट १ गरी ३ जालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रमुख जिल्ला […]
नेपालगन्ज — गर्मी बढेसँगै पश्चिम तराईको नेपालगन्ज सहर र यस आसपासका ग्रामीण बस्तीमा तातो हावा चल्न थालेको छ । सुक्खा र तातो हावाले जनजीवन प्रभावित हुन थालेको छ । चिकित्सकले तातो हावा चलेका बेला घरबाहिर हिँड्दा सावधानी अपनाउन आग्रह गरेका छन् । नेपालगन्जमा एक सातादेखि तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । गर्मीका कारण अघिपछि निकै […]