होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख २१, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेमा गएकी करिश्माले फेसबुक पेजको नाममा थपिन् ‘सूर्यकुमारी’
समाचार

एमालेमा गएकी करिश्माले फेसबुक पेजको नाममा थपिन् ‘सूर्यकुमारी’

  • नागरिक रैबार
एमालेमा गएकी करिश्माले फेसबुक पेजको नाममा थपिन् ‘सूर्यकुमारी’

धनगढीः अभिनेत्री करिश्मा मानन्धरले केही समयअघि एमालेको चुनावी कार्यक्रममा आफ्नो न्वारनको नाम सूर्य कुमारी भएको बताइन्। एमालेको चुनाव चिह्न सूर्य भएकाले उनले यही मेसोमा आफ्नो न्वारनको नाम सार्वजनिक गर्न भ्याइन्।

यही कुरालाई लिएर सोसल मिडियामा उनलाई धेरैले ट्रोल गरे। अझै पनि, फेसबुकमा उनका हरेक पोस्टमुनि कमरेड ‘सुर्जे कुमारी’ भन्दै खिल्ली उडाउनेहरू कम छैनन्। कमेन्टमा उडाउनेहरूलाई जवाफ दिन करिश्माले आफ्नो फेसबुक पेजमै सूर्य कुमारी नाम थपेकी छन्।

फेसबुक पेजमा पनि नाम सूर्यकुमारी थप्नुभएछ नि भन्ने प्रश्नमा उनले भनिन्, ‘ट्रोल बनाएर उडाउनेहरूलाई जवाफ दिन फेसबुक पेजमै सूर्यकुमारी नाम थपेकी हुँ।’ उनले आफ्नो बायोमा पनि उक्त नामबारे उल्लेख गरेको बताइन्। करिश्मा बाल्यकालमा बुनु केसीको नामबाट परिचित थिइन्। पछि उनको विवाह विनोद मानन्धरसँग भयो। चलचित्रमा प्रवेशपछि उनी करिश्मा मानन्धर भनेर चर्चित भइन्। बाबुराम भट्टराईको तत्कालीन नयाँ शक्ति पार्टीबाट राजनीति थालेकी करिश्मा हालै एमालेमा प्रवेश गरेकी छन्। अहिले उनी एमालेको चुनावी अभियानमा सक्रिय छिन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार