होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, जेष्ठ १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • तातो हावाले जनजीवन प्रभावित
समाचार

तातो हावाले जनजीवन प्रभावित

  • नागरिक रैबार
तातो हावाले जनजीवन प्रभावित

नेपालगन्ज — गर्मी बढेसँगै पश्चिम तराईको नेपालगन्ज सहर र यस आसपासका ग्रामीण बस्तीमा तातो हावा चल्न थालेको छ । सुक्खा र तातो हावाले जनजीवन प्रभावित हुन थालेको छ । चिकित्सकले तातो हावा चलेका बेला घरबाहिर हिँड्दा सावधानी अपनाउन आग्रह गरेका छन् । नेपालगन्जमा एक सातादेखि तापक्रम ३९ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ ।

गर्मीका कारण अघिपछि निकै व्यस्त देखिने सहरका सडक पनि दिउँसो सुनसान हुन थालेका छन् । दैनिक ज्याला मजदुरी गरेर छाक टार्दै आएका मजदुर सबैभन्दा बढी प्रभावित भएका छन् । ‘गर्मी बढ्दैसँगै अत्यधिक तातो हावा चलेको छ । यसले दिमागका नसा तातेर हिटस्टोक हुन सक्छ । जुन अति नै जोखिमयुक्त हुन्छ,’ नेपालगन्ज शिक्षण अस्पतालका फिजिसियन डा. सुवास योगीले भने, ‘यो इमर्जेन्सी कन्डिसन नै हो । यस्तो बेलामा बेहोस भएर मानिसको मृत्यु नै हुन सक्छ ।’

डा. योगीले तातो हावामा बाहिर ननिस्कन आग्रह गरे । यस्तो बेला छहारी तथा शीतल ठाउँमा बस्न र पानी धेरै पिउन उनको सुझाव छ । ‘तातो हावाबाट हुन सक्ने जोखिमका बारेमा धेरैलाई जानकारी नै छैन,’ उनले भने, ‘यस्तो बेला बाहिर निस्कनु घातक छ ।’

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार