होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • एमालेसँग गरेको तालमेलप्रति वीरगञ्जमा लोसपाभित्र असन्तुष्टि
समाचार

एमालेसँग गरेको तालमेलप्रति वीरगञ्जमा लोसपाभित्र असन्तुष्टि

  • नागरिक रैबार
एमालेसँग गरेको तालमेलप्रति वीरगञ्जमा लोसपाभित्र असन्तुष्टि

काठमाडौं । वीरगञ्ज महानगरपालिकामा पार्टीले नेकपा एमालेसँग तालमेल गरेकामा लोकतान्त्रिक समाजवादी पार्टीका केही नेताहरुले असन्तुष्टि जनाएका छन् ।

लोसपाका जिल्ला उपाध्यक्षहरु कृष्ण पटेल, राजेश साह र देवानन्द यादव तथा महानगरपालिका समितिका अध्यक्ष ओमप्रकाश सर्राफले एमालेसँगको गठबन्धन नमान्ने बताएका छन् ।

बिहीबार वीरगञ्जको मेयरको उम्मेदवार एमालेले लिने र उपमेयर लोसपाले लिने गरी दुई पार्टीबीच तालमेलको समझदारी भएको थियो ।

विज्ञापन

तालमेलको विपक्षमा रहेका नेताहरुले एउटा व्यक्तिको स्वार्थपूर्तिका लागि पार्टीले नै आत्मसमर्पण गरेको टिप्पणी गरेका छन् ।

वीरगञ्जमा एमाले भन्दा लोसपा बलियो रहेको भन्दै उनीहरुले एमालेलाई मेयर पद छाड्नु गलत भएको बताए । जिल्ला कार्यसमितिको बैठक नबसी र महानगरपालिका समितिसँग छलफल नै नगरी जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झाले समझदारी गरेको असन्तुष्ट पक्षको भनाइ छ ।

‘वीरगञ्ज हामीले एक्लै जित्न सक्छौं, यति ठूलो निर्णय गर्दा पनि छलफल गरिएको छैन’ उनले भने, ‘पार्टीको सबल पक्षलाई बेवास्ता गरियो, यो निर्णयले पार्टीलाई क्षतविक्षत बनाउँछ ।’

अध्यक्ष सर्राफले वीरगञ्जमा लोसपाले मात्र विकल्प दिन सक्ने भन्दै पार्टी नेतृत्वले गलत गरेको बताए । ‘यो निर्णयले केही व्यक्तिलाई लाभ होला, संगठनलाई लाभ हुँदैन’ उनले भने ।

जिल्ला उपाध्यक्ष देवानन्द साहले जिल्ला समितिमा छलफल नै नगरी तालमेलको निर्णय भएको भन्दै आपत्ति जनाए । ‘यस विषयमा हामी भोलि जिल्ला समितिको बैठकमा छलफल गर्छौं, तालमेलको निर्णय मान्दैनौं’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार