होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
त्रिभुवन विश्वविद्यालयले यही वैशाख २२ गतेदेखि आगामी जेठ १३ गतेसम्म १ महिना विदा दिने निर्णय गरेको छ । यो विदा त्रिवि अन्तर्गत रहेका आंगिक क्याम्पसहरुमा लागू हुने जनाइएको छ । त्रिविले एक सूचना प्रकाशन गरेर बैशाख १४ गते बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले चालू शैक्षिक सत्रको वर्षे विदाको रुपमा १ महिना विदा दिइने उल्लेख छ […]
काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८/७९मा आयात २० खर्ब रुपैयाँमा पुग्ने प्रक्षेपण गरेको छ । विभागले निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको छ । विभागले वैदेशिक व्यापारले पनि आर्थिक वृद्धिमा सघाउने भन्दै बढढेको आयात र […]
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वृद्ध भत्ता लगायतका सामाजिक सुरक्षा भत्ताको सुरुवात आफूहरुले गरेको दाबी गरेका छन् । बिहीबार राजधानीमा आयोजित पार्टी एकीकरण कार्यक्रममा नेपालले २०५१ सालमा केपी ओली (एमाले अध्यक्ष)ले नभई आफूहरुले सामाजिक सुरक्षा भत्ताको सुरुवात गरेको दाबी गरे । ‘२०५१ सालमा बुढापाकालाई वृद्धभत्ता दिने काम हामीले नै गरेका हौ । […]
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान सुरु गर्ने भएको छ । आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रहगतिका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलगायत सरोकार भएका निकायकाबीच छलफल सुरु गरेको छ । आकाशीय ग्रह गति र पात्रोमा राखिने समयको […]
बाजुरा : नेकपा एमाले बुढीगंगा नगर कमिटीले स्थानीय तह निर्वाचनमा युवा अनुहारलाई प्राथमिकता दिएको छ । पालिका प्रमुख उपप्रमुख देखि वडा अध्यक्ष सदस्यसम्म सबैजसो युवा अनुहार नै देखिएका छन् । पालिका प्रमुखमा रामबहादुर बाँनीया र उपप्रमुखमा माया कुँवरलाई उम्मेदवार बनाएको छ । २०७४ सालमा झिनो मत अन्तरले काँग्रेस उम्मेदवारसँग पराजित बाँनीया र कुँवर दुबै जनालाई […]
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आकाशीय ग्रह र पात्रोका लागि गरिने गणितमा मेल गराउन अनुसन्धान सुरु गर्ने भएको छ । आकाशीय ग्रह र पात्रोमा उल्लेख गरिने ग्रह गतिका विषयमा फरक पर्न थालेपछि अनुसन्धान गर्न समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलगायत सरोकार भएका निकायकाबीच छलफल सुरु गरेको छ । आकाशीय ग्रह गति र पात्रोमा राखिने […]
अछाममा चक्कु प्रहारबाट चार जना घाइते भएका छन् । ढकारी गाउँपालिका-१ का मान बहादुर बुढा, हिक्मत बहादुर बुढा, तुलसी बुढा र खगेन्द्र बुढामाथि बुधबार राति चक्कु प्रहार भएकाे हाे । स्थानीय तपेन्द्र बुढा लगायत १० जनाको समूहले धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेकाे जिल्ला प्रहरीले कार्यालय अछामले जनाएको छ । स्थानीयको बिहे […]
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । विहीबार बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको केन्द्रिय कार्यालय नक्सालमा भएको आईपीओ बाँडफाँडबाट ३६ हजार ९४८ जनाले कम्पनीको सेयर हात पारेका छन् भने, अधिकतम २१ लाख ६५ हजार ४१३ जना आवेदकहरुको हात खाली हुन पुगेको छ । कम्पनीले वैशाख २ गतेदेखि ६ गतेसम्म प्रतिकित्ता […]
बाजुरा — नेकपा एमाले बुढीगंगा नगरपालिका कमिटीले स्थानीय तह निर्वाचन २०७९ को चुनावी प्रतिवद्वता सार्वजनिक गरेको छ । शिक्षा स्वास्थ्य सडक र सिचाई बिकासका पूर्बाधार जल जमिन जंगल र कृर्षी बुढीगंगा समृद्धीका आधार भन्ने मुल नाराका साथ एमाले बुढीगंगा नगर कमिटीले आफ्नो चुनावी प्रतिवद्वता पत्र सार्वजनिक गरेको हो । यस्तो छ प्रतिबद्धता पत्र पूणर् पाठ […]
विराटनगर। नेकपा एमाले विराटनगर महानगर कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । प्रतिवद्धता पत्रमा विराटनगरको सीमा भएर बग्ने दुई खोलामा तटबन्ध गरेर माछा पालन गर्ने प्रतिवद्धता जनाएको छ । पूर्वतर्फ रहेको सिंघिया र पश्चिमतर्फको सीमा रहेको केसलिया खोलामा वर्षेनी आउने बाढीका कारण आसपासका बस्ती डुबानमा पर्छन् । विराटनगरमा डुबानको अन्त्य गर्ने […]
काठमाडौं । भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कमेरेटारमा करिब ५० मिटर अग्लो पर्खालमा चढेर हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको मृत्यु भएको छ । उनीसँगै हामफालेका उनका ४९ वर्षीय छोरा मातुराम तिमिल्सिना घाइते भएका छन् । गएराति करिब साढे १० बजेतिर आमा-छोरा पर्खालमा चढेर हामफालेका थिए । मनमायाको घटनास्थलमै मृत्यु भएको प्रहरी नायव उपरीक्षक […]
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको प्रचार प्रसारमा राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवार जुटिरहेका छन् । उनीहरुले आफ्नो चुनावी प्रचार प्रसारमा बालबालिकालाई समेत आचारसंहिता विपरित प्रयोग गरेको पाइएको छ । चुनावी प्रचार प्रसारको क्रममा नेकपा एमाले, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाली काँग्रेस, जनता समाजवादी पार्टी नेपाल लगायतका दलले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता विपरित […]
फिल्म ‘कबड्डी–४’ को ट्रेलर सार्वजनिक भएको छ । करिब ५ मिनेटको ट्रेलरमा फिल्मका केही महत्त्वपूर्ण दृश्यले प्राथमिकता पाएको छ । ट्रेलरमा दयाहाङ राईले मिरुना मगर पाउन गरेको संघर्ष र उतारचढाव देख्न सकिन्छ । ‘कबड्डी’को चौथो सिक्वेलको रुपमा निर्माण भएको यो ‘कबड्डी ४ः द फाइनल म्याच’ भनिएको छ । ड्रामा, रोमान्स र राजनीति समेत ट्रेलरमा समेटिएको […]
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि म्याग्दीको एक स्थानीय तहमा एकै वडाका चार महिलाले अलग अलग दलबाट एउटै पदमा उम्मेदवारी दिएका छन्। बेनी नगरपालिकाको उपप्रमुखमा एउटै वडाका चार महिलाले उम्मेदवारी दिएका हुन् । उपप्रमुखमा मनोनयन दर्ता गराएका अमृतदेवी बानियाँ, पशुपति शाही, ज्योति लामिछाने र मुना बानियाँ बेनी नगरपालिका–६ निवासी हुन् । बानियाँले […]
कैलाली: कैलालीमा एक वृद्ध मृत फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ४ मसुरखेतस्थित राजिपुर सडक खण्डमा सोही ठाउँका ७० वर्षीय गज्जु डगौरा थारु मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। प्रहरी टोलीले घटनास्थलको निरीक्षण गरेर अनुसन्धान थालेको बताइएको छ।
धनगढीः अछामको साँफेबगर नगरपालिकाको बुढाकोटका पुष्प कुँवर बुधबार गौरीफन्टा सीमा नाकामा भेटिए। मतदाता नामावलीमा नाम रहेका उनी मुगलान जाने तयारीमा थिए। उनलाई स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गाराएकाहरुले भारत नजान भन्दै थिए। तर गत निर्वाचनपछि ५ वर्षसम्म भ्रष्ट्राचार मात्र भएको भन्दै उनी मतदान नगरी छिर्ने तयारीमा थिए। उनी भन्दै थिए, ‘हामीले नौकरी उतै गएर गर्नुपर्छ। […]
वैशाख ३० मा हुने स्थानीय तहका निर्वाचनमा नेपाल प्रहरीले आफ्नो ९० प्रतिशत जनशक्ति परिचालन गर्ने निर्णय गरेको छ । केन्द्रीय सुरक्षा समितिले पारित गरेको स्थानिय तह निर्वाचन एकीकृत सुरक्षा योजना अनुसार ६२ हजारभन्दा बढी प्रहरी परिचालन गर्ने निर्णय गरिएको प्रहरी प्रवक्ता (एसएसपी) विष्णुकुमार केसीले रातोपाटीलाई बताए । प्रहरी प्रधान कार्यालयले १० प्रतिशत सुरक्षाकर्मीलाई मात्रै कार्यालयमा […]
भक्तपुर-– दशकौदेखि खाद्य अधिकारकर्मी अगुवा तथा देको मिवा इतापाखे जग्गा एकीकरण आयोजनाबाट पीडित किसान अगुवाबाट भक्तपुर नगरपालिकामा मेयर र वडाअध्यक्षमा उम्मेदवारी दर्ता गरेका छन् । भक्तपुर नगरपालिका मेयरमा सत्य त्वायना, वडा नम्बर ६ का वडाअध्यक्ष रामप्रसाद कुम्पाख र २ नं वडा अध्यक्षमा सञ्चज्ञान याकामी गरे स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेका हुन् । देको मिवा इतापाखे जग्गा एकीकरण […]
नागरिक रैबार/बाजुरा १४ बैशाख। नेकपा एमालेबाट बुढीनन्दा नगरपालिकामा २ जना दलित महिला सदस्य निर्विरोध निर्वाचित भएकी छन् । दलित महिला सदस्यमा यसरी निर्विरोध निर्वाचित हुनेमा बुढीनन्दा नगरपालिका वडा नं. ४ बाट बसन्ती चंदारा र सोही नगरपालिकाको वडा नं. १० की ठुमरा दमाई रहेकी छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि बैशाख ११ […]
नागरिक रैबार/बाजुरा १४ बैशाख जिल्लाकाे खप्त डछेडेदह गाउँपालिका २ ग्रान्जामा आगाेमा जलेर एक बृद्धाको मृत्यु भएको छ । मंगलवार साँझ ८ बजेतिर हावाहुरीले घरछानाेमा आगलागि हुँदा ७५ बर्षिय तुलेदेबि बुढाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराले जनाएको छ । आगलागी बाट एक हल गोरु, एउटा गाई, २ वटा गाईका बाच्छा र १२ वटा […]