होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौंः भीरबाट लडेर नुवाकोटमा एक जना म्यादी प्रहरीको ज्यान गएको छ। घरबाट फर्कने क्रममा बेलकोटगढी नगरपालिका १२ सतारेका म्यादी प्रहरीको भीरबाट लडेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ। घर पुगेर कार्यक्षेत्र विदुर फर्कने क्रममा बाटोमा पर्ने घट्टेखोलाको भीरबाट लडेर २६ वर्षीय योगेन्द्र न्यौपानेको ज्यान गएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रामप्रकाश शाहले जानकारी दिए। […]
काठमाडौँ – अभिनेता सौगात मल्लले नयाँ फिल्मको अफर लिएर जाने निर्मातालाई फागुनसम्म व्यस्त रहेको जवाफ पठाउन थालेका छन् । अर्थात् लगभग १ वर्ष सौगात मल्लले नयाँ फिल्मका लागि उपलब्ध हुने छैनन् । तर उनको यो व्यस्तता नेपाली फिल्मका लागि भने होइन् वा भनुँ नेपाली फिल्मलाई समय दिएका कारण सौगातले नभ्याउने भएका हैनन् । एउटा अंग्रेजी सिरिजलाई […]
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी बुधबारदेखि काममा फर्किएका छन् । सर्वोच्च अदालतले मंगलबार काम गर्नबाट नरोक्न अन्तरिम आदेश दिएसँगै गभर्नर अधिकारी काममा फर्किएका हुन् । काममा फर्किएपछि उनले सरकारले संस्थाविरुद्ध आक्रमण गरेकाले आदलत जान बाध्य भएको बताए । ‘अदालतले अन्तिम फैसलामा पनि न्याय दिनेमा विश्वस्त छु’ उनले भने । उनले आफूले व्यवसायिक […]
पोखरा महानगरको मेयर कांग्रेसले नपाएको भन्दै कार्यकर्ताले पार्टी कार्यालयमा ताला लगाइदिएका छन्।नेपाली कांग्रेस पोखरा महानगर कार्यसमितिले जिल्ला कार्यालयमा ताला लगाएको पोखराका सचिव गणेशबहादुर थापाले बताए। ‘कार्यकर्ताको भावनाविपरीत पोखराको मेयर अरू पार्टीलाई दिएकाले ताला लगाएका हौं,’ थापाले भने, ‘हामी कांग्रेसबाहेक अरू दललाई भोट दिन सक्दैनौं।’सत्ता गठबन्धनको मंगलबार बसेको शीर्ष बैठकले पोखरा महानगरको मेयर एकीकृत समाजवादीलाई दिने […]
नागरिक रैबार/ बाजुरा ७ बैशाख । राष्ट्रिय बाणिज्य बैक बाजुरा शाखाले एटिएम सेवा सूरु गरेको छ । जिल्लाकै पहिलो बैंकका रुपमा स्थापित रावाबैंक बाजुरा शाखाले आजबाट ग्राहकहरुका लागि एटिएम सेवा संचालन गरेको । जिल्लामा पछिल्लो समय स्थापना भएका अन्य बैंकहरुले एटिएम सेवा संचालन गरेका भएपनि रावाबैंकले भने धेरै समयपछि एटिएम सेवा सुरु गरेको हो । […]
काठमाडौं, वैशाख ७ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले स्थानीय चुनावअघि नै मल उपलब्ध गराउन भारतलाई आग्रह गरेको छ । दुई देशको सम्बन्धित मन्त्रालयबीच मङ्गलबार भएको ‘भर्चुअल’ छलफलमा सो आग्रह गरिएको कृषि मन्त्रालयका सहसचिव डा राजेन्द्र मिश्रले बताए । भारतले नेपाललाई मल दिनका लागि कम्पनी पनि छनोट गरिसकेको छ । भारतले मुम्बईको राष्ट्रिय केमिकल फर्टिलाइजर […]
बैतडी — जिल्लामा हुने विभिन्न पार्टीका जुनसुकै कार्यक्रममा पनि महिलाको उपस्थिति हुन्छ । पुरुषहरू कामको सिलसिलामा घर बाहिर हुने भएकाले पनि महिलाहरू कार्यक्रममा बढी देखिन्छन् । पार्टीहरूले पनि कार्यक्रममा महिलाहरूको सहभागितामा जोड दिइरहेका हुन्छन् । अघिपछि पार्टीका कार्यक्रमहरूमा महिलाको सहभागिता धेरै खोज्ने दलहरू चुनावका बेला भने महिलालाई वास्ता गर्दैनन् । सधैंभरि पार्टीका लागि हिँडिरहेका महिलाहरूलाई पार्टीहरूले उम्मेदवार बन्न टिकट […]
काठमाडौँ — विदेशी विनिमय सञ्चिति संकटपूर्ण भएको भन्दै निजी गाडी आयातमा रोक लगाएको सरकारले यही बेला ढुकुटीबाट साढे चार अर्ब खर्च गरी दुई हेलिकोप्टर खरिदको प्रक्रिया अघि बढाएको छ । अर्थमन्त्री जनार्दन शर्मा र उनी निकटस्थ बिचौलियाबीचको मिलेमतोमा रुसबाट ‘एमआई–१७ भी ५’ का दुई हेलिकोप्टर किन्न लागिएको हो । ०७४ सालदेखि अर्थ मन्त्रालयमा रोकिएको प्रस्ताव यही आर्थिक […]
बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच ह जार पुरस्कारसहित सम्मान गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका डा राजन पाण्डेलाई उक्त पुरस्कार प्रदान गरे […]
काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले लखनउ सुपर जाइन्ट्सलाई १८ रनले पराजित गरेको छ । बैंगलोरको यस जितमा कप्तान फाप डु प्लेसीको ९६ रनको योगदान महत्वपूर्ण रह्यो । टस हारेर पहिले ब्याटिङ थालेको बैंगलोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८१ रन बनाएको थियो । बैंगलोरको सुरुवात राम्रो थिएन । उसले […]
काठमाडौं । श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । ११ जना प्रदर्शनकारी घाइते भएका छन् । यो घटनामा प्रहरीतर्फ पनि १० जना घाइते भएका छन् । घाइतेहरुलाई केगले अस्पतालमा भर्ना गरिएको छ । श्रीलंकाको रांबुक्काना भन्ने शहरमा प्रहरीले प्रदर्शनकारीलाई तितर बितर बनाउन गोली चलाएको हो। प्रहरी प्रवक्ता निहाल तल्डुवाले […]
वीरगञ्ज । महोत्तरीको गौरीडाँडाका युवाहरुले ‘नो लालपुर्जा, नो भोट’ अभियान सञ्चालन गरेका छन् । गौरीडाँडामा लामो समयदेखि बसोबास गर्दै आए पनि लालपुर्जा नपाएको भन्दै उनीहरुले त्यस्तो अभियान सञ्चालन गरेका हुन् । निर्वाचनको समयमा ऐलानी जमिनमा बसोबास गर्दै आएका गौरीडाँडाका बासिन्दाहरुलाई लालपु्र्जा दिने आश्वासन दिएर नेता बन्ने तर जितेपछि बिर्सिने परिपाटी देखिएकाले आफूहरु जागरुक भएको युवाहरुले […]
बेनी: यही वैशाख ९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा ९एसइई०मा म्याग्दीमा पहिलो पटक संस्कृति विषयतर्फबाट विद्यार्थी सहभागी हुने भएका छन्। बेनी नगरपालिका–९ गलेश्वरस्थित जडभरत शालग्राम गण्डकी संस्कृत माविबाट नौ जनाले एसइईमा सहभागीता जनाउने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख दलबहादुर थापाले जानकारी दिनुभयो । यस विद्यालयमा संस्कृत बिषयसमेतमा अध्यापन हुँदै आएको छ। यसैगरी उज्यालो […]
बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएकोे छ। अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधुसूदन अधिकारीले जानकारी दिए। इजाजत लिएका ती हतियार एकनाले बाह्र बोरको हो। स्थानीय तहको निर्वाचन भरपर्दो र विश्वसनीय सुरक्षित बनाउन केन्द्रीय सुरक्षा समितिको निर्देशन तथा जिल्ला सुरक्षा […]
निर्वाचन आयोगले जारी गरेको यसअघिको आचारसंहिता हुबहु लागू हुने भएको छ । आयोगले जारी गरेको आचारसंहिता विरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरिदिएको हाे । यससँगै अब स्थानीय तह निर्वाचनमा भाग लिने जनप्रतिनिधिले राजीनामा दिएरमात्रै उम्मेदवारी दिन पाउने भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए । सर्वोच्चका न्यायाधीशद्वय तेजबहादुर केसी र […]
काठमाडौं । दुई महिनाअघि उपत्यका अपराध अनुसन्धान कार्यालय, बानेश्वरले वानएक्सबेट डटकममार्फत नेपालबाट हुने सट्टेबाजीमा संलग्नहरुलाई अनुसन्धानका लागि बोलायो । उनीहरुमार्फत एजेन्टसम्म पनि प्रहरी अधिकृतहरु पुगे, आफैं बेटिङको सञ्जालमा छिरे । ‘त्यसक्रममा वान एक्स बेटको सबै रकम क्रिप्टोको माध्यमबाट रसिया जाने गरेको भेटियो’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्, ‘यो साइटको माध्यमबाट सामान्य अवस्थामा दिनमा ५० लाख […]
, काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच वीरगञ्ज महानगरपालिकामा तालमेल हुने सम्भावना बढेको छ । स्थानीय स्तरमा लगातार भइरहेको दुई दलबीचको छलफलले तालमेल अगाडि बढाउने अनौपचारिक सहमति गरेको हो । तर यो अनौपचारिक सहमतिलाई शीर्ष नेताहरुसहितको छलफलबाट टुंग्याइने एक नेता बताउँछन् । ‘लगभग कुरा टुंगिएको छ । तर […]
डोटी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २६ मतदान स्थल थपिएका छन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका नौ जिल्लामा अब एक हजार १३५ मतदान स्थल कायम भएका छन् । यसअघिको निर्वाचनमा सुदूरपश्चिममा एक हजार १०९ मतदान स्थल रहेका थिए । सबैभन्दा बढी मतदानस्थल बैतडीमा थपिएका छन् । यहाँ गत […]
काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ। विमानस्थल अध्यागमन कार्यालयले केही दिनअघि विद्युतीय भुक्तानी सेवामा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २०० अमेरिकी डलर साथमा ल्याउनुपर्ने सूचना प्रकाशित गरेको थियो। उक्त सूचनाको चौतर्फी बिरोध […]
काठमाडौं । सत्ता गठबन्धनको बैठक दिउँसो एक घण्टा ढिला गरी सुरु भएको छ । यसअघि साढे ११ बजे तय भएको बैठक आज दिउँसो दुई बजेलाई सारिए पनि तीन बजेदेखि सुरु भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ । बैठकमा स्थानीय तह निर्वाचनमा सिट बाँडफाँटको विषयमा छलफल हुने छ । गठबन्धनका नेताहरु आ–आफ्नो अडानमा कायम रहेपछि महानगर […]