होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • वार्षिक व्यापार घाटा १७ खर्ब पुग्ने प्रक्षेपण
समाचार

वार्षिक व्यापार घाटा १७ खर्ब पुग्ने प्रक्षेपण

  • नागरिक रैबार
वार्षिक व्यापार घाटा १७ खर्ब पुग्ने प्रक्षेपण

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले चालु आर्थिक वर्ष २०७८/७९मा आयात २० खर्ब रुपैयाँमा पुग्ने प्रक्षेपण गरेको छ । विभागले निर्यात ३ खर्ब २० अर्ब पुग्ने अनुमान गरेको छ । यो अनुमानअनुसार वैदेशिक व्यापार भएमा व्यापार घाटा मात्रै करिब १७ खर्ब पुग्ने देखिएको छ ।

विभागले वैदेशिक व्यापारले पनि आर्थिक वृद्धिमा सघाउने भन्दै बढढेको आयात र निर्यातले पनि प्रक्षेपित आर्थिक वृद्धि हात पार्न सघाउने विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले बताए । यो वर्ष सरकारले ५.८४ प्रतिशतले आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

चालु आर्थिक वर्ष २०७८/७९ को ९ महिना (साउन-चैत)सम्म आइपुग्दा व्यापार घाटाको आंकडा १३ खर्ब भन्दा माथि छ । भन्सार विभागको तथ्यांक अनुसार कुल वस्तु आयात १४ खर्ब ६६ अर्ब ६६ करोड रुपैयाँ बराबरको भएको छ । यो अवधिमा निर्यात भने१ खर्ब ६० अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्र भएको छ ।

विज्ञापन

नेपालको कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ९०.१३ प्रतिशत र निर्यातको हिस्सा ९.८७ प्रतिशत रहेको छ । ९औं महिनासम्म आइपुग्दा निर्यातमा देखिएको उच्च वृद्धिका कारण निर्यातको हिस्सा समेत बढ्दै गएको पाइएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार