होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख १५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सागर थापाकाे चुनावी प्रतिवद्धता : सिंघिया र केसलिया खोलामा तटबन्धन गरी माछा पाल्ने र डुंगा चलाउने
समाचार

सागर थापाकाे चुनावी प्रतिवद्धता : सिंघिया र केसलिया खोलामा तटबन्धन गरी माछा पाल्ने र डुंगा चलाउने

  • नागरिक रैबार
सागर थापाकाे चुनावी प्रतिवद्धता : सिंघिया र केसलिया खोलामा तटबन्धन गरी माछा पाल्ने र डुंगा चलाउने

विराटनगर। नेकपा एमाले विराटनगर महानगर कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ ।

प्रतिवद्धता पत्रमा विराटनगरको सीमा भएर बग्ने दुई खोलामा तटबन्ध गरेर माछा पालन गर्ने प्रतिवद्धता जनाएको छ ।

पूर्वतर्फ रहेको सिंघिया र पश्‍चिमतर्फको सीमा रहेको केसलिया खोलामा वर्षेनी आउने बाढीका कारण आसपासका बस्ती डुबानमा पर्छन् ।

विज्ञापन

विराटनगरमा डुबानको अन्त्य गर्ने प्रतिवद्धता जनाएको एमालेले दुई खोला किनारमा हरियाली पार्क निर्माण गर्ने, खोलामा तटबन्धन गरी माछापालन गर्ने र डुंगा चलाउने प्रतिवद्धता जनाएको हो ।

एमालेले सार्वजनिक गरेको १०० बुंदे प्रतिवद्धता पत्रको ४७औं नम्बरमा सो विषय उल्लेख छ । विराटनगरमा ऐलनी जग्गाको पहिचान गरी पार्क र ज्येष्ठ नागरिक चौतारी निर्माण गर्ने प्रतिवद्धता पनि जनाएको छ ।

एमालेलले सामाजिक सुरक्षा भत्तामा पाइरहेका अति गरिब, ज्येष्ठ नागरिक, अपाङ्गता भएका असहाय नागरिकलाई थप सामाजिक सुरक्षा भत्ता दिने प्रतिवद्धता जनाएको हो ।

एमालेले मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्कीलाई उम्मेदवार बनाएको छ ।

एमालेले जितेको खण्डमा विपन्न बालबालिकालाई नि:शुल्क शैक्षिक सामग्री उपलब्ध गराउने, विराटनगरमा रहेका पुस्तकालयहरुलाई प्रविधि मैत्री बनाउने, विराटनगरका सडक र चोक-चोकमा सीसी क्यामेरा जडान गर्ने, महानगरका शव दाह स्थलमा विद्युतीय शव दाह गृह बनाउने, गरिबीको रेखामुनि रहेका नागरिकलाई सुगर, प्रेसर, थाइरोइड लगायतका दीर्घ रोगको औषधि निःशुल्क उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार