होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं, १८ वैशाख । सत्ता गठबन्धनले केन्द्रमा कुरा मिलाउन सकेपनि धेरैजसो पालिका र तल्लो इकाईसम्म कुरा मिलाउन सकेका छैनन् । कतिपय पालिकाहरुमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यहरु एउटै पदमा धेरै उम्मेदवार छन् । यसले गठबन्धन भएपछि चुनावमा धक्का पुग्न सक्ने आँकलनहरु भएका छन् । देशभर माथि देखि तलसम्म गठबन्धन कसिलो बनाएर चुनावमा जाने प्रयास नभएका […]
जुम्ला — जुम्ला हिमा गाउँपालिका २ की विनाशा रोकायाको नाममा नेकपा माओवादी केन्द्रले टिकट निश्चित गरिसकेको थियो । ‘उनलाई फोनबाट टिकट भइसक्यो; मनोनयन दर्ताको लागि कागजपत्र तयार गर्नू’ भन्नेसमेत खबर आइपुग्यो । उनले आफन्त र नातेदारलाई टिकट आइसकेको सुनाइन् । सामाजिक सञ्जालमा बधाई दिनेको ओइरो लाग्न थाल्यो । माओवादी केन्द्रले विनाशाको नाममा उपाध्यक्षको टिकट बनिसकेको […]
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा उठेका अन्य दलका उम्मेदवारहरु चर्चा समेत गर्न लायक नरहेको टिप्पणी गरेका छन् । निर्वाचनमा उम्मेदवार बन्ने इच्छा गर्नु अन्य दलका उम्मेदवारहरुको अधिकारको कुरा भएपनि उनीहरु चर्चा गर्न लायक नभएको उनको भनाइ थियो । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित […]
सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुक्त गरेको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गरेको हो । सिंहलाई आईजीपी नियुक्त गरिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बताए । नेपाल प्रहरीका वर्तमान महानिरीक्षक शैलेश थापा क्षेत्री ३० वर्षे सेवा अवधि पुरा गरेर आइतबार […]
काठमाडौं । दिवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘हनी बनी’मा अनमोल केसी र सारा श्रीपाइली नरहने भएका छन् । कुरा गर्दै निर्देशक भट्टराईले मुख्य पात्रमा अनुबन्धित भइसकेका दुवैजना कलाकार अब प्रोजेक्टमा नरहने बताए । ‘सहमतिमै उहाँहरुले छाड्नु भएको हो । अब एक–दुई दिनमा मुख्य पात्रमा नयाँ कलाकार फाइनल गर्नेछौं,’ उनले भने । अभिनेत्री साराको भिसा नआएपछि […]
निर्वाचन आयोगले निर्वाचनको सन्देशमूलक भिडियोलाई टिकटक बनाएर ५० लाख दर्शक ‘भ्युज’ पुर्याउनेलाई ५० हजार पुरस्कार दिने भएको छ । ३० लाख भ्युज पुर्याउनेलाई ३० हजार र २० लाख भ्युज पुर्याउनेलाई २० हजार रूपैयाँ पुरस्कार दिने पनि आयोगले जनाएको छ । टिकटक भने आयोगले नै बनाएको निर्वाचनसम्बन्धी सन्देशमूलक भिडियोकै स्वरूपमा बनाउनु पर्नेछ ।आयोगका अनुसार टिकटक बनाएपछि […]
धनगढी : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना सार्वजनिक गरेको छ। आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो। आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन्। मतपत्रमा सबैभन्दा माथि राष्ट्रिय पार्टीका चुनाव चिह्न राखिएको छ। त्यसपछि जिल्लामा क्रियाशील राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारका चुनाव चिह्नहरु […]
काठमाण्डौं । शहिद स्मारक सी डिभिजन लिगमा रानीवन स्पोर्टस् क्लबले दोश्रो जित निकालेको छ ।सातदोबाटोस्थित एन्फा मु्ख्यालयको मैदानमा शनिबार ओसिस क्लबबिरुद्ध भएको पहिलो खेलमा रानीवन स्पोर्ट्स क्लबे पुनरागन गर्दै २–१ गोल अन्तरको जित निकालेको हो । रानीवनको जितमा विक्रम जीटी र कुवेरबहादुर सिंह एक एक गोल गरे भने ओसिसका लागि दिपेश विकेले एक गोल गरेका […]
काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौत स्टारर फिल्म ‘धाकड’को आधिकारिक ट्रेलर रिलिज भएको छ ।शुक्रबार रिलिज गरिएको एक्सन-थ्रिलर यो फिल्मको ट्रेलरमा कंगनाको भरपुर एक्सन दृश्य देख्न सकिन्छ । कंगनाले फिल्ममा जबरजस्त स्टन्ट समेत गरेकी छन् । ट्रेलरमा फिल्मका अर्का मुख्य कलाकार अर्जुन रामपाल र दिव्या दत्तालाई पनि स्थान दिइएको छ । रजनीश राजी घईको निर्देशनमा […]
बाजुरा । एउटा राजनीतिक दलमा आएको विभाजनको असर जनताको तहसम्म कसरी पर्छ भन्ने उदाहरण बाजुराको स्वामीकार्तिकखापर गाउँपालिका–३ जुकोटका दलित बस्तीमा हेरे पुग्छ । यहाँको दलित समुदाय अहिले नेकपा एमाले फुटको चपेटामा छ । नेकपा एमाले फुट्नु भन्दा पहिला जुकोट गाउँका कथित माथिल्लो जातका अधिकांश व्यक्तिहरु एमाले थिए । उनीहरुको खेतबारी कमाउने र उनीहरुकै छत्रछायाँमा त्यहाँ […]
काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रको नमूना निर्वाचन आयोगले सार्वजनिक गरेको छ । आयोगले जिल्लागत रुपमा मतपत्रको नमूना सार्वजनिक गरेको हो । भक्तपुर जिल्ला र ६ वटा महानगरपालिकाको मतपत्र भने अहिले सार्वजनिक नगरिएको निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार हरियो रंगको मतपत्रमा चुनाव चिह्न कालो रंगका हुनेछन् […]
नागरिक रैबार/बाजुरा १८ बैशाख। बाजुराको त्रिबेणी नगरपालिमा नेकपा एमाले र नेकपा माओबादी केन्द्रवीच चुनावी तालमेल गरिएको छ । देशभर सत्ता पक्षधरको गठबन्धन गर्ने लिखित सहमति भएको भएपनि बाजुराको त्रिवेणी नगरपालिकामा भने एमाले र माओबादी केन्द्रवीच चुनावी तालमेल गरिएको हो।नेपाली काँग्रेसले जिल्लाका नौ ओटै पालिकामा प्रमुख पद नछोड्ने गरि उम्मेदवारी दर्ता गराए पछि त्रिबेणी नगरपालिकामा माओवादी […]
स्थानीय तह निर्वाचनका लागि मनाङमा २ सय ७ जनाको उम्मेदवारी परेको छ । आगामी स्थानिय तह निर्वाचनका लागि विभिन्न पदका जनप्रतिनिधिमा २ सय ७ जनाको उम्मेदवारी परेको हो । चार गाउँपालिका रहेको मनाङमा अध्यक्षका लागि मात्रै ८ जनाको उम्मेदवारी परेको छ भने उपाध्यक्षमा ८ जनाको उम्मेदवारी परेको छ । जिल्लाको अति विकट क्षेत्रमा रहेको नार्पाभूमि […]
नागरिक रैबार/बाजुरा १६ बैशाख। नेकपा एमाले बडीमालिका नगर कमिटीले चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । शुक्रबार एक औपचारिक कार्यक्रमका विच एमालेको पार्टी कार्यालयमा केन्द्रीय सदस्य लालबहादुर थापाले नगर कमिटीले तयार पारेको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन् । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमाले बडीमालिका नगर कमिटीले तयार गरेको २० […]
नागरिक रैबार/बाजुरा १६ बैशाख।आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले पठाएको मतपत्र बाजुरामा आईपुगेको छ । हिमाली जिल्लाका रुपमा रहेको बाजुरामा शुक्रबार मतपत्र पुगेको मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराले जनाएको छ । जिल्लाका ९ वटै पालिकाका लागि मृुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाली सेनाको सहयोगमा मतपत्र आज मार्तडीमा आइपुगेको मुख्य निर्वाचन […]
काठमाडौं । निर्वाचन आयोगले ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि हालसम्म १ करोड ७७ लाख मतपत्र छपाइ कार्य सम्पन्न गरेको छ । आयोगका अनुसार ७२ जिल्लाका लागि एक करोड ७७ लाख थान मतपत्र छाप्ने काम सम्पन्न भएको हो । मनोनयन अपडेट गर्ने क्रम अझै जारी रहेको भन्दै देशभरबाट एक लाख ५३ हजार २ जनाको […]
पोखरा । उच्च अदालत पोखराले बलात्कारको आरोप लागेका पल शाहले दर्ता गरेका दुई छुट्टाछुट्टै निवेदन एकसाथ पेश गर्न आदेश दिएको छ ।जिल्ला अदालत तनहु र नवलपुरबाट आफूलाई थुनामा राख्ने भनी गरेको आदेशविरुद्ध शाहले उच्च अदालत पोखरामा छुट्टाछुट्टै निवेदन दिएका थिए । उच्च अदालतले ती दुवै निवेदन एकसाथ पेश गर्नु भनी आदेश गरेको हो ।
नागरिक रैबार/बाजुरा १५ बैशाख। आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिएसंगै मतदाताहरुलाई मतपत्रमा कसरी मतदान गर्ने भन्ने बारे शिक्षा दिन थालिएको छ । युएन डिपिको सहयोग तथा रास्ट्रिय दलित नेटवर्क नेपालको आयोजनामा बाजुरा जिल्लाको बडीमालिका नगरपालिका र बुढिगंगा नगरपालिकाका दलित समुदायका ४ सय जना मतदातालाई नमुना मतदान सम्वन्धि शिक्षा दिईने भएको छ […]
यात्रुवाहक जिप दुर्घटनामा परी दाङमा १३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका-३ चोरखोलामा बिहीबार दिउँसो रोल्पाको जुँगारबाट दाङको तुलसीपुर आउँदै गरेको जीप दुर्घटनामा परेको हो । घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटनामा परेको हुनसक्ने इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए । घाइते १३ जनामध्ये तीन जनालाई थप उपचारका लागि […]
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री बन्दा यति ग्रुपसँग भ्रष्टाचारमा मिलेमतो गरेको आरोप लगाएका छन् । बिहीबार पार्टी कार्यालयमा भएका एकीकृत नेकपा र एकीकृत समाजवादीको एकता कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो आरोप लगाएका हुन् । उनले आफू प्रधानमन्त्री हुँदा देश र जनताको काम गरेको तर केपी […]