होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार/बाजुरा १ जेठ। हिमाली गाउँपालिकाका ७ वडा अध्यक्षमा नेपाली काँग्रेसका बिजय कुमार शाही बिजयी भएका छन । उनले २ सय २ मत ल्याएर बिजयी भएका छन भने उनका निकटतम प्रतिदन्दी नेकपा एमालेका मया प्रसाद तिमिल्सेनाले १ सय ८० मत सहित पराजित भएका छन ।
स्वामिकार्तिक खापर गाउँपालिका अध्यक्ष :- भरत रोकाय ( नेपाली काङ्ग्रेस ) उपाध्यक्ष :- मैना जोशी ( नेपाली काङ्ग्रेस ) वडा न १ अध्यक्ष :- अजय बि. क ( गठबन्धन माओवादी ) वडा न २ अध्यक्ष :- बिस्नु बुढा ( नेपाली काङ्ग्रेस ) वडा न ३ अध्यक्ष :- प्रेम कटेल (नेकपा एमाले ) वडा न ४ […]
नागरिक रैबार/बाजुरा १ जेठ। बडीमालिका नगरपालिका १ को वडा अध्यक्षमा नेपाली काँग्रेसका कृष्ण बहादुर कार्की ५ सय ३१ मत सहित विजयी भएका छन् । त्यस्तै उनका प्रतिद्वन्दी एमालेका डवलबहादुर दानी ४ सय १७ मत ल्याएर पराजित भएका छन् । यस वडामा ९७३ मत खसेको थियो । वडा न १ बाट मेयरउपमेयरमा कसको कति यस्तो छ […]
बडीमालिका नगरपालिका अपडेट वडा नं.१ को मतपरिणाम ८५० मत गणनामा कांग्रेस / एमाले मतको परिणाम। नगरप्रमुख : नेपाली कांग्रेस : ४९१ नेकपा एमाले : ३५९ मत उपप्रमुख : नेपाली कांग्रेस: ४६२ मत नेकपा एमाले: ३८५ मत नेपाली कांग्रेश मेयर १३२ मतले अग्रता ।
हिमाली गाउँपालिकाकामा पालिका अध्यक्ष उपाअध्यक्ष र वडा अध्यक्षहरुको प्रारम्भीक मतपरिणाम यस प्रकार रहेको छ । नेपाली काँग्रेस अध्यक्ष १६७ उपा अध्यक्ष १६६ नेकपा एमाले अध्यक्ष १२८ उपा अध्यक्ष १२८ वडा अध्यक्ष एमाले १४४ काँग्रेस १५०
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराकाे गाैमुल गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय गाैमुलले बताएको छ । निर्वाचन अधिकृतको कार्यालय गाैमुलका अनुसार गाैमुल १ नम्बर र ६ नम्बरकाे गणना शुरू भएकाे छ । गाैमुलमा ६ वटा वडा रहेका छन्र ।
नागरिक रैबार/बाजुरा १ जेठ। बाजुराको त्रिवेणी नगरपालिकामा पनि मतगणना सूरु भएको छ । मतदान सम्पन्न भएको २ दिनपछि बल्ल सर्वदलीय बैठकपछि आज साँझ साढे छ बजेबाट मतगणना सूरु गरेको त्रिवेणीका निर्वाचन अधिकृत पुष्पराज पाण्डेले बताएका छन् ।
जगन्नाथ गाउँपालिकाको वडा नं. १ को ४ सय ९८ मतगणना हुँदा अध्यक्ष नेपाली काग्रेंस २५१ नेकपा एमाले २३१ उपाध्यक्ष नेकपा एमाले २३९ समाजवादि २०९ माओवादी ४ वडा अध्यक्षमा एमाले २४९ काग्रेंस २३०
बाजुरा — दोहोरो झडप पछि स्थगित भएको बुढीनन्दा नगरपालिका ८ मा जेष्ठ ३ गते पुन: मतदान हुने भएको छ । बैशाख ३० गतेको स्थानिय तहको निर्बाचनमा १ सय ३६ मत खसेपछि दोहोरो झडप सुरु भएको थियो । निर्बाचन अधिकृत्तको कार्यालय बुढीनन्दा नगरपालिकाले आईतबार बिज्ञप्ती निकालेर जेष्ठ ३ गते बिहान ७ बजेबाट साझ ५ बजेसम्म पुन […]
जगन्नाथ गाउँपालिकाको मतपरिणाम नेकपा एमाले अध्यक्ष २२१ उपा अध्यक्ष २४५ नेपाली काँग्रेस गठबन्धन अध्यक्ष २५१ उपा अध्यक्ष (कलम) २०९
काठमाडौं, १ जेठ । नेकपा एमालेले मतदान र मतगणनाको क्रममा सत्ता गठबन्धनले धाँधली गरेको आरोप लगाएका छन् । आज एमाले महासचिव शंकर पोखरेलले प्रेस वक्तव्य जारी गर्दै योजनावद्ध धाँधलीको आरोप लगाएका हुन् । ‘निर्वाचनको क्रममा गृह प्रशासन पूर्णतः गठबन्धनको पक्षमा र नेकपा एमालेको विपक्षमा परिचालित भयो,’ एमालेद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘मतदान र मतगणनाको क्रममा सत्ता […]
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष उपाध्यक्ष विजयी भएका छन् । १नेपाली काँग्रेस अध्यक्ष भरत रोकाया २०११ विजयी उपाध्यक्ष मैना जोशी १८१० विजयी २ नेकपा एमाले चर्तुभुज शाही १६१७ सुलोचना भण्डारी १६३७ ३, नेकपा एस/ माओवादी केन्द्र चिरन्जीवि शाही १२१८ शुरेस रोकाया १२१३ जम्मा मतदाता ७४२७ खसेको मत ५३७७
नागरिक रैबार/ बाजुरा १ जेठ। स्वामिकार्तिक खापर गाउँपालिका ५ मा नेपाली काँग्रेसका वडा अध्यक्षका उम्मेदवार अम्मर बहादुर सिंह २ मतले विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार रबिन्द्र बहादुर शाहि २ मतले पराजय भएका हुन् । विजयी सिंहले २ सय २४, एमालेका शाहिले २ सय २२ र नेकपा एकिकृत समाजवादीका जयलाल शाहिले १ सय ७२ […]
नाम्खा गाउँपालिका–६ स्थित मतदानस्थलका मतपेटिका आज नेपाली सेनाको हेलिकोप्टरमार्फत याल्वाङ्गस्थित मतगणनास्थलमा ल्याइएको छ । उक्त वडाको लिमीस्थित भृकुटी प्रावि जाङ्ग, सुनखानी प्रावि हल्जी र तिल गरी तीन स्थानका मतपेटिका हेलिकोप्टरमार्फत नाम्खाको याल्वाङ्गको निर्वाचन केन्द्र ल्याइएको हो । न्यालु लेकमा हिमपातको कारण ती मतदानस्थलबाट मतपेटिका संकलन गर्न सकिएको थिएन । ती तीन स्थानका मतपेटिका आज नेपाली […]
काठमाडौं : भरतपुर महानगरपालिकाको मतगणना फेरि सुरु भएको छ। मतपत्र सदर र बदर गर्ने विषयमा एमाले प्रतिनिधिले अवरोध गरेपछि १५ मिनेट मतगणना प्रभावित भएको थियो। ‘सुरुमा मतपत्र सदर कि बदर गर्ने विषयमा विवाद सुरु भयो। तर मतपत्रमा स्वस्तिक छाप नै नदेखिएकाले सर्वसहमतिले बदर गर्ने निर्णय भयो,’ मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार अधिकारीले भने। उनका अनुसार […]
भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । मतपत्रमा छाप प्रस्ट नभएको भन्दै उम्मेदवारका प्रतिनिधिबीच विवाद भएपछि मतगणना रोकिएको हो । यही क्रममा समाचार संकलनका लागि खटिएका सञ्चारकर्मीलाई समेत अवरोध भएको छ। अहिले मिडियालाई फोटो तथा भिडियो खिच्न रोक लगाइएको छ भने उनीहरुलाई प्रहरी लगाएर बाहिर निकालिएको छ । वडा नम्बर २ को ८ स्थानमा मत गणना […]
नागरिक रैबार/ बाजुरा १ जेठ। बाजुराकाे जगन्नाथ गाउँपालिकामा पनि मतगणना सूरु भएको छ। मतदान सम्पन्न भएकाे दुईदिनपछि सो गाउँपालिकाको मतगणना सूरू भएको निर्वाचन अधिकृतको कार्यालय जगन्नाथले बताएको छ । गाउँपालिकाको १ देखि मतगणना सूरु गरिएको छ । जगन्नाथ गाउँपालिकामा ६ वटा वडा रहेका छन्।
निर्वाचन आयोगले पूर्वनिर्धारित योजनाअनुसार मतगणना कार्य सम्पन्न नहुने निष्कर्ष निकालेको छ । आयोगले सबै स्थानीय तहको मतगणना जेठ ५ गतेअघि नै सम्पन्न गर्ने योजना बनाएपछि यो अनुसार गणना सम्पन्न नहुने निष्कर्ष निकालेको हो । सामान्य मानवीय त्रुटीका विषयलाई अनावश्यक रुपमा उचाली विवादको विषय बनाएर मतगणना कार्य रोक्ने, हुलहुज्जत गर्ने, नाराबाजी गर्ने कार्य भएको भन्दै मतगणनामा […]