होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झुटो बोलेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले एमसीसी सम्झौता अरुले जस्तो गुपचुप राख्नु भन्दा राष्ट्रिय बहस होस् भनेर संसदमा पेश गरेको बताएका थिए । तर श्रेष्ठले ओलीको उक्त भनाइको खण्डन गर्दै अमेरिकाले दबाव […]
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बेलुका (आइतबार) स्वदेश फर्किने भएका छन् । गत शुक्रबार दिल्ली निस्किएका प्रचण्ड तीनदिने दिने भ्रमण सकेर आज बेलुका ६ बजे फर्किने प्रचण्डको सचिवालयले जनाएको छ । प्रचण्डले आजै भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । अध्यक्ष नड्डालाई भेटेलगतै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत […]
काठमाडौं । अनलाइनखबरडटकमको सम्पादकमा बसन्त बस्नेत नियुक्त भएका छन् । अनलाइनखबर नेपाल प्रा.लि. सञ्चालक समिति बैठकले बस्नेतलाई सम्पादकमा नियुक्त गर्ने निर्णय गरेको हो । अनलाइनखबरडटकममा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष धर्मराज भुसाल र प्रधानसम्पादक शिव गाउँलेले बस्नेतलाई स्वागत गरे । सो अवसरमा बस्नेतले नेपालको अग्रणी अनलाइन सञ्चार संस्थामा काम गर्न पाउँदा आफू उत्साहित भएको बताए । […]
काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय जनता पार्टी (भाजपा) अध्यक्ष जेपी नड्डासँग भेटवार्ता गरेका छन् । आज मध्याह्न भाजपा कार्यालय पुगेर प्रचण्डले नड्डासँग भेटवार्ता गरेका हुन् । भेटमा भारतीय विदेश सचिव मन्त्री एस जयशंकर पनि सहभागी थिए । माओवादी अध्यक्ष प्रचण्ड भाजपा अध्यक्ष नड्डाको निमन्त्रणमा गत शुक्रबार नयाँदिल्ली […]
सरकारले मोबाइल आयातलाई झनै कडाई गरेको छ । यसअघि वैशाख महिनामा आयात विदेशी मुद्राको सञ्चिती जोगाउन भन्दै सरकारले ६०० डलरभन्दा महँगा स्मार्टफोन आयातमा बन्देज लगाएको थियो । यसलाई थप कडाई गर्दै सरकारले ३०० डलरभन्दा महँगो स्मार्टफोन आयातमा बन्देज लगाएको हो । आजको विदेशी विनिमय दर अनुसार ३०० अमेरिकी डलरको नेपाली रुपैयाँ ३८ हजारभन्दा माथि हुन […]
हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेकाले मुलुकका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेश भू-भागका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि देशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । पर्सी […]
धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका–९ ‘ख’ गाउँका सुशील विष्ट र सोही नगरपालिकाकी २० वर्षीया युवती विगत एकमहिनादेखि प्रेम सम्बन्धमा थिए। युवकले आफू सशस्त्र प्रहरीमा कार्यरत रहेको र धनगढीमा घर भएको भन्दै युवतीलाई आकर्षित गरेका थिए। निरन्तर फोनमा कुराकानी हुनथालेपछि उनीहरु झनै नजिक हुन थालेका थिए। प्रेमलाई वैवाहिक सम्बन्धमा परिणत गर्ने योजनाअनुसार उनीहरूले असार २३ गते भागी […]
टीकापुर: कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन्। सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन्। पुल निर्माण हुँदा आवतजावतमा सजिलो हुनुका साथै व्यापार व्यवसाय प्रवद्र्धनमा पनि सहज हुने जनाइएको छ। सुर्खेतको पञ्चपुरी नगरपालिका–११ कुइने र कैलालीको मोहन्याल जोड्ने कर्णाली नदीमा पक्की पुल निर्माण […]
काठमाडौं । सौरमास अनुसार प्रत्येक वर्ष साउन १ गते मनाइने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले […]
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले संयुक्त रुपमा प्रदर्शन गर्दैछन् । उनीहरुले राष्ट्र बैंकलाई केन्दि्रत गरेर बिहान १० बजे बालुवाटारमा प्रदर्शन गर्न लागेका हुन् । यसअघि सत्तारुढ माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले गभर्नरविरुद्ध विरोध प्रदर्शन गर्दै आएकोमा आजदेखि सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसको विद्यार्थी संगठन पनि विरोधमा […]
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीले आयोजना गरेको संयुक्त विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । बालुवाटारमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी धरपकडबाट केही प्रदर्शनकारी घाइते भएका छन् । प्रहरीले बल प्रयोग गरेपछि उनीहरुले ‘प्रहरी दमन मुर्दावाद’ भन्दै नारा लगाएका थिए। उनीहरुले राष्ट्र […]
काठमाडौँ: नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गतेदेखि नयाँ दर लागु हुने भएको छ। नेपाल सरकारले हाल लिदै आएको १३ प्रतिशत दूरसञ्चार सेवा दस्तुरलाई २०७९ साउन १ देखि लागु हुने गरी १० प्रतिशत गर्दा हुने नयाँ महसुल दर कायम गरिएको हो। कम्पनीले उपलब्ध गराइरहेको प्याकेज बाहेकको साधारण महसुल दरअन्तर्गतका भ्वाइस […]
काठमाडौं । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शनिबार भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेट गरेका छन् । शुक्रबार भारत भ्रमणमा गएका उनले शनिबार नै भारतीय सुरक्षा सल्लाहकार अजित डोभललगायतसँग भेटवार्ता गर्दैछन् । भारतीय जनता पार्टीका अध्यक्ष जगतप्रकाश नाड्डाको निमन्त्रणामा भारत भ्रमणमा गएका उनले शनिबार विहान भारतमै प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु […]
काठमाडौं । साउन महिनादेखि लागू हुनेगरी बीमा समितिले कृषि, पशुपक्षी तथा जडीबुटी बीमा निर्देशिका, २०७९ जारी गरेको छ । यसअघि जारी भएको बीमा निर्देशिका २०७७ भने खारेजी भएको बीमा समितिका कार्यकारी निर्देशक एवं प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए । नेपाल सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेटमा जडीबुटी खेतीको बीमा गर्ने व्यवस्था गरिने उल्लेख गरेअनुसार समितिले […]
वीरगञ्ज । जनता समाजवादी पार्टी (जसपा) का दुई जना केन्द्रीय सदस्यसहित ६९ जनाले पार्टी परित्याग गरेका छन् । पार्टीमा स्वच्छाचारिता बढेको, एकलौटी ढंगबाट संचालन भएको, नीति, नियम र नेतृत्व प्रष्ट नभएको र पार्टीको संगठनात्मक संरचना अनुसार चल्नुपर्नेमा व्यक्ति, ठेकेदार र भ्रष्टाचारी हावी भएको, जनताको हितमा नभई सीमित आसेपासे, नातेदार र द्रव्यदारहरू चंगुलमा पार्टी डुब्दै गएको […]
३२ असार, मेक्सिकोसिटी । मेक्सिकोमा हेलिकप्टर दुर्घटना हुँदा १४ जना समुद्री सैनिकको मृत्यु भएको छ । देशको उत्तरी भागमा शुक्रबार भएको उक्त दुर्घटनामा परेर उनीहरूको मृत्यु भएको हो । लागूऔषध तस्करी एवम् ओसारपसारमा संलग्नहरूलाई पक्राउ गर्न खटिएका समुद्री सैनिक हेलिकप्टर दुर्घटनामा परेको मेक्सिकोको नौसेनाले आज जनाएको छ । दुर्घटनामा एकजना भने बाँच्न सफल भएका छन् […]
सुडानमा भएको जातिय दङ्गाका क्रममा शुक्रबार कम्तीमा ३१ जनाको मृत्यु भएको छ । देशको ब्लु नाइल प्रदेशमा घटना भएको सरकारी अधिकारीहरूले जनाएका छन्। देशका केही ठाउँमा जातीय दङ्गा भएका छन्, ती घटनामा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने अरु ३९ जना घाइते भएका छन्, सुरक्षा समितिले जारी गरेको वक्तव्यमा लेखिएको छ । झडपका […]
नागरिक रैबार / ३२ असार, बाजुरा । महालेखा परीक्षकको कार्यलयले २०७८ को बार्षिक प्रतिवेदनमा बाजुरामा ७९ करोड बढी बेरुजू रहेको उल्लेख गरेको छ । ९ वटा स्थानिय तहको ७९ करोड ९३ लाख २८ हजार रहेको प्रतिबेदनमा उल्लेख भएको छ । आर्थिक बर्ष ०७६।०७७ सम्म बाजुराका ९ वटै स्थानिय तहमा बेरुजूको विवरण महालेखा परिक्षकको कार्यालयले सार्वजनिक […]
शुक्रबार दिल्ली पुगेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजु देउवाबीच भेटवार्ता भएको छ । ‘उपचारका लागि’ केही दिन अघि दिल्ली पुगेकी प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नीसमेत रहेकी कांग्रेस नेतृ देउवासँग प्रचण्डको शनिबार बिहान पुनः भेटघाट भएको हो । सो क्रममा भारतका लागि नेपाली राजदूत शंकर शर्मा र प्रचण्ड पुत्री गंगा दाहालको […]
काठमाडौं ।’उसले मलाई आफ्नो निर्दोष र सुन्दर आँखाले हेर्छ। उसले मलाई बाहिर घुम्न लैजान आग्रह गरिरहेको छ, तर मसँग त्यसो गर्ने साहस छैन। हामी गिरफ्तार हुनेछौं ।’ तेहरानमा आफ्नो घरमा कुकुर पाल्ने महसाले घरपालुवा जनावरहरू समात्न र तिनीहरूका मालिकहरूलाई गिरफ्तार गर्नका लागि जारी शहरको नयाँ आदेशलाई संकेत गर्दै यसो भनिरहेकी थिइन् । इरानको राजधानी तेहरानमा […]