होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस पटक माध्यमिक शिक्षा परीक्षा (एसईई)मा लेटर ग्रेडिङ निर्देशिका, २०७८ लागू नगर्ने निर्णय गरेको छ । निर्देशिका लागू गर्दा ३५ प्रतिशतभन्दा कम ल्याउने विद्यार्थी फेल हुने अवस्था थियो । विद्यार्थीले सैद्धान्तिकतर्फ ३५ भन्दा कम अंक ल्याउनेको नतिजामा अवर्गीकृत (नन ग्रेडेड) लेखिने र मूल प्रमाणपत्र नदिने व्यवस्था लेटर ग्रेडिङ निर्देशिका, २०७८ […]
काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् । उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए ।गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो । हाजिरी पुस्तिकामा हस्ताक्षरपछि कुरा गर्दै उनले नेपाली […]
धनगढीः वरिष्ठ लोकदेउडा गायक हरिचन्द्र कडायतको मृत्युु भएको छ । बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ मुम्लामा जन्मेका ५४ वर्षीय कडायतको सेति प्रादेशीक अस्पतालमा बुुधबार मृत्युु् भएको हो । अचेत अवस्थामै धनगढीस्थित नवजीवन अस्पताल पु¥याइएका उनको स्वास्थ्य अवस्थामा सुधार हुन नसके पछी सेति प्रादेशीक अस्पतालमा रिफर गरेको थियो । उनको मस्तिष्क घात का कारण मृत्युु भएको सेति प्रादेशीक […]
स्पेनिस क्लब बार्सिलोना र इटालियन क्लब युभेन्ट्सले प्रि–सिजन टुरअन्तर्गतको मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् । बुधबार बिहान बार्सिलोना र युभेन्ट्सले २–२ गोलको बराबरी खेलेका हुन् । अमेरिकाको टेक्ससमा भएको खेलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो । खेलको ३४ औं मिनेटमा ओसमान डेम्बेलेले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । युभेन्ट्सका लागि ३९ औं मिनेटमा मोइस […]
नवलपरासी पूर्वको दाउन्नेमा बस पल्टिएर आगलागी हुँदा ३१ जना यात्रु घाइते भएका छन् । घाइते यात्रुमध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको छ । कञ्चनपुरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ५१०० नम्बरको बस आफैँ अनियन्त्रित भई सडक छेउमा पल्टिदा बसमा आगो लागेको नवलपुर प्रहरी प्रमुख डिएसपी सन्तोष पाठकले जनाकारी दिए । उनका अनुसार बसमा […]
बैतडी । विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँचजना बिरामी परेका छन् । बैतडीको मेलौली नगरपालिका–५ खलीगाडमा एकै परिवारका ५ जना बिरामी परेका हुन् । बिरामी पर्नेमा स्थानीय १४ वर्षीया सुनिता जोशी, १२ वर्षीया सविता जोशी, १० वर्षीय किरन जोशी, आठ वर्षीया सोनिया जोशी र चार वर्षीया दिव्या जोशी छन् । उनीहरुको केशरपुर प्राथमिक स्वास्थ्य […]
बझाङकी एक ७५ वर्षीया वृद्धा बेपत्ता भएकी छिन्। जिल्लाको खप्तडछान्ना गाउँपालिका-१ की अन्दाजी ७५ वर्षीया गंगादेवी जोशी ४ दिनदेखि बेपत्ता रहेकी बताइएको छ।खप्तड राष्ट्रिय निकुञ्जभित्र पर्ने लामपुछ्रे भन्ने ठाउँबाट छोरीलाई भेटेर आफ्नो भैँसी खर्क रहेको स्थान बलेमेला फर्कने क्रममा उनी साउन ८ गते बिहान ९ बजेदेखि बेपत्ता भएकी आफन्तले बताएका छन्। जोशीको स्थानीयसहित नेपाल प्रहरी […]
काठमाडौं: राष्ट्रिय परीक्षा बोर्डले यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गर्दैछ। एसईईको नतिजा सार्वजनिक गर्न सबै तयारी पूरा भएको परीक्षा नियन्त्रक अर्जुन रायमाझीले बताए। दिउँसो ३ बजेपछि नतिजा सार्वजनिक गर्ने तयारी रहेको छ। परीक्षा गत वैशाख ९ गतेदेखि २० गतेसम्म सञ्चालन भएको थियो भने ५ लाख १४ हजार ९ सय ७७ परीक्षार्थी […]
काठमाडौं — राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० को परीक्षा नियन्त्रण कार्यलयले एसईईको नतिजा बुधबार सार्वजनिक गर्ने जनाएको छ ।कक्षा १० को माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रक अर्जुनकुमार रायमाझीले बुधबार नतिजा सार्वजनिक हुने जानकारी दिएका छन् । उनले भने ‘हामी अन्तिम तयारीमा छौं । नतिजा भोलि आउँछ ।’ कोभिडका कारण दुई वर्षपछि कक्षा १० का […]
नागरिक रैबार/बाजुरा १० साउन।एक महिने आधारभुत सिलाई कटाई तालिम सम्पन्न भएको छ । असार १० गतेबाट संचालन भएको १ महिने आधारभुत तालिम आज सम्पन्न भएको हो ।बडीमालिका नगरपालिकाको समन्वय र युएनडिपि प्रयास नेपालद्धारा संचालन भईरहेको जिविकोपाजर्नका लागि अस्थायी आधारभुत आय सहायता (प्रयास) परियोजनाको सहयोगमा उक्त तालिम संचालन गरिएको थियो । असार १० गतेबाट बडीमालिका नगरपालिका […]
नागरिक रैबार/बाजुरा १० साउन। नेपाल प्रजातान्त्रिक फार्मेसी संघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा बाजुराका भरत बुढा मनोनित भएका छ्न। फार्मेसी पेशालाई सबैको पहुँचमा पुर्याउन र फार्मेसी सेवालाइ थप मर्यादित बनाउन बाजुराका बुढालाइ अध्यक्षमा मनाेनित गरिएकाे हाे । फार्मेसी पेशाका जनशक्ति लगायत फार्मेसीका हक, हित र सुरक्षाका लागी नेपाल प्रजातान्त्रिक फार्मेसी संघको बिधान बमोजिम सुदुरपश्चिम प्रदेशका समग्र ९ […]
निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ८ करोड मतपत्र छाप्नुपर्ने बताएको छ । आयोगले मंगलबार गरेको पत्रकार सम्मेलनमा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले सो परिणामको मतपत्र छाप्नुपर्ने भएकोले खर्चको सीमा बढ्ने बताएका छन् । यस्तै गत स्थानीय तहको निर्वाचनमा एउटा मतदान केन्द्रमा एउटा मतपेटिका भएपनि आगामी निर्वाचनका लागि भने एउटा केन्द्रमा ४ वटा […]
काठमाडौं । निधारको मध्यबिन्दुमा वा दुई आँखीभौंको बीचमा टीका लगाइन्छ । चाहे पूजाआजामा होस् वा दशैं जस्तो चाडपर्वमा, धार्मिक आस्थाको हिसाबले होस् वा सोह्र श्रृंगारमा । निधारमा टीका लगाउने प्रचलन छ । टीका किन लगाइन्छ ? सुन्दरताको लागि ? वा यसको अरु पनि अर्थ छ ? वास्तुविद् डा. वासुदेवकृष्ण शास्त्रीसँग अनलाइनखबरकर्मी सुमित्रा लुइटेलले गरेको कुराकानी […]
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जापान जाने भएका छन् । नेपाली जनप्रगतिशील मञ्चको कार्यक्रममा सहभागी हुन प्रचण्ड साउन २१ गते जापान जाने भएका हुन् । माओवादीको केन्द्रीय कार्यालयका अनुसार उनी साउन २२ गते गते नेपाली जनप्रगतिशील मञ्चको अन्तर्क्रिया कार्यक्रममा सहभागी हुने छन् । उनको जापानका अरु कार्यक्रम भने सार्वजनिक गरिएको छैन […]
पाल्पा । परिवारबाट जातीय विभेद भोग्दै आएकी पाल्पाकी मोना थापा (क्षेत्री) दिएको जाहेरी पाल्पा प्रहरीले दर्ता गर्न अस्विकार गरेको छ । ब्राह्मण जातका श्रीमान र श्रीमानका परिवार एवं आफन्तले जातका आधारमा विभेद कुटपीट गरेको घटनामा जिल्ला प्रहरी कार्यालय पाल्पाले जाहेरी लिन नमानेको हो । ‘प्रहरीले गैरदलित र दलितकाबीचको मुद्दा मात्रै लिन्छौँ, यो कानुनमै नभएको मुद्दा […]
काठमाडौं । हलिउड फिल्म ‘ब्ल्याक प्यान्थर : वाकान्डा फरेभर’को टिजर ट्रेलरले इन्टरनेट प्लेटफर्ममा २४ घण्टामा १७२ मिलियन अर्थात् १७ करोड बढी भ्युज पाउँदै कीर्तिमान कायम गरेको छ । शनिबार रिलिज भएको टिजरले दर्शक संख्यामा कीर्तिमान रचेको हो । सन् २०१७ मा रिलिज भएको फिल्मको अघिल्लो श्रृंखलाले ८८ मिलियन भ्युज पाएको थियो । सोही अवधिमा फिल्मले […]
काठमाडौँ — अर्थ मन्त्रालयले उपलब्ध गराएको हार्ड डिस्कबाट नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले जेठ १४ गतेको सीसीटीभी फुटेज ‘रिकभर’ गरेको छ । समितिका एक सदस्यहरूका अनुसार जेठ १४ गतेको ५०भन्दा बढी क्लिप रिकभर भएका छन् । तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले बजेट घोषणाको अघिल्लो दिन जेठ १४ गते करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई […]
काठमाडौं । स्थानीय तहमा कसरी भष्टाचार हुन्छ भन्ने कुरा जनकपुर उपमहानगरपालिकाको एउटा घटना हेरे पुग्छ । जहाँ जनप्रतिनिधिले दुई दिनको नगरसभा कार्यक्रममा नै ८०३ किलो मासु खाएको विवरण तयार पारेका छन् । यसमा खर्च मात्रै ७ लाख १० हजार रुपैयाँ गरिएको छ । नगरसभामा उपस्थितहरुको विवरण समेत नखुलाइ मासुमा नै यतिको खर्च गरेको महालेखा परीक्षकको […]
काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भन्ने विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिलाई प्रहरीले दिएको फरेन्सिक रिपोर्टमा अर्थमन्त्रालयको सीसीटीभी फुटेजको भिडियो समेत छ । सो भिडियो अहिले समितिका सदस्यहरुले हेरिरहेका छन् । तर, कहिलेदेखि कहिलेसम्मको, कति भिडियो छ भन्ने प्रष्ट भइसकेको छैन । १४ गतेकै छ छैन भन्ने पनि खुलेको छैन । […]
काठमाडौँ — अभिनेता भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई बोर्ड अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । अध्यक्ष पदका लागि १० जनाको सूचीबाट सरकारले केसीलाई नियुक्त गरेको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले केसीसहित अरुणकुमार प्रधान, दीपक श्रेष्ठ, नरेशकुमार पौडेल, निर्मलराज ढकाल, मनिष पण्डित, […]