होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, जेष्ठ ७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अभिनेत्री मिरुना मगरविरुद्ध काठमाडौं जिल्ला अदालतमा उजुरी
समाचार

अभिनेत्री मिरुना मगरविरुद्ध काठमाडौं जिल्ला अदालतमा उजुरी

  • नागरिक रैबार
अभिनेत्री मिरुना मगरविरुद्ध काठमाडौं जिल्ला अदालतमा उजुरी

अभिनेत्री मिरुना मगरविरुद्ध गाली बेइज्जती र कुटपिटसम्बन्धी मुद्दा दर्ता भएको छ । बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेका हुन् ।

तामाङले मिरुनाको अलवा फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध समेत मुद्दा हालेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले अभिनेत्री मगर र प्राविधिक ठकुरी विरुद्ध मुद्दा दर्ता भएको जानकारी दिए ।

तामाङले आफूमाथि भएको गाली बेइज्जती र कुटपिट सम्बन्धमा माफी माग्ने सवालमा पटक–पटक पहल गर्दा पनि अभिनेत्री मगरले बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न बाध्य भएको उजुरीमा उल्लेख गरेको सूचना अधिकारी दाहालको भनाइ छ ।

विज्ञापन

गत जेठ काठमाडौंको सिभिल मलस्थित एक कफी सपमा ‘कबड्डी ४’ फिल्मको प्रचारका लागि पुगेकी मिरुनाले आफूलाई फुर्वाले दुर्व्यवहार गरेको भन्दै थप्पड हानेर प्रहरीमा बुझाएकी थिइन् । यो विषयले बौद्ध समुदाय फिल्म विरुद्ध प्रदर्शनमा उत्रिएको थियो । त्यतिबेला यो विवाद दुबै पक्षको सहमतिमा मिलाएको भनिएपनि फेरि बल्झिएको हो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार