होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, चैत्र १५, २०८०
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • जुम्लाका सामुदायिक विद्यालय : शिक्षक छन् विद्यार्थी छैनन्
समाचार

जुम्लाका सामुदायिक विद्यालय : शिक्षक छन् विद्यार्थी छैनन्

  • नागरिक रैबार
जुम्लाका सामुदायिक विद्यालय : शिक्षक छन् विद्यार्थी छैनन्

सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न सरकारले हरेक वर्ष वैशाख महिनाभर भर्ना अभियान सञ्चालन गर्छ । तर, औपचारिकतामा मात्रै सीमित यस्ता अभियानले कुनै सार्थकता नपाएको जुम्लाको पातारासीको एक विद्यालयमा देखिएको भर्ना अवस्थाले देखाएको छ ।

पातारासी गाउँपालिका वडा नम्बर ५ लासीमा रहेको ज्योति आधारभूत विद्यालयमा यस वर्ष कुनै पनि विद्यार्थीले भर्ना नगरेपछि ग्रामीण भेगका सामुदायिक विद्यालयप्रति विद्यार्थीको विकर्षण बढ्दै गएको प्रष्ट हुन्छ । विद्यालयको भवन छ । पढाउने एउटा स्थायी दरवन्दी छ, एउटा राहत शिक्षक, एउटा गाउँपालिका अन्तर्गतको अनुदान शिक्षक, एक निजी र एक सहयोगीसहित पाँच जना छन् । कक्षा चारसम्म पढाइ हुन्छ । अनुमति पाँच सम्मको छ। पातारासी गाउँपालिकाले तीन कोठे पक्की भवन बनाइ दियो, डेस्क बेन्च पनि सहयोग गरेको छ। ३२ जना विद्यार्थी रहेकोमा कहिलेकाही त एक जना विद्यार्थी पनि विद्यालयमा हुँदैनन् । सबै कक्षाका टेबुलहरू खाली हुन्छन् ।

शिक्षकहरु विद्यालय आउँछन्, हाजिर गर्छन् र चौरमा एकैछिन गफिएर आफ्नो घरमा फर्कन्छन् । विद्यालयकी प्रधानाध्यापक सरस्वती कुमारी ऐडीका अनुसार समुदायका विद्यार्थीहरु सबै बोर्डिङ जान थालेपछि सामुदायिक विद्यालय खाली भएका छन्। विद्यालय प्रति अभिभावकको चासो नभएको उनले गुनासो पोखिन्।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार