होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडौं । मंसिर ४ गते हुने चुनावका लागि सरकारले म्यादी प्रहरीको भर्ना फेरि खुलाउने भएको छ । प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सुरक्षाका लागि चार सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउने भएको हो । केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राई भन्छन्, ‘अब प्रदेश तथा प्रतिनिसभा निर्वाचनका लागि विशेष योजना योजना बन्छ, […]
आगामी असोजमा रारा राष्ट्रिय म्युजिक अवार्ड २०७९ हुने भएको छ । विभिन्न विधामा हुने अवार्डका लागि सहभागीले यही साउन मसान्तसम्म आवेदन दिन सक्ने आयोजक संस्था कर्णाली कलाकार समाज तथा कनका सुन्दरी फिल्मस्ले जनाएको छ । काठमाडौंमा आयोजना हुने अवार्डका लागि भदौ दोस्रो साता नोमिनेस सुरु हुने र अवार्डका लागि भाषा, भाषी, लोकदोहोरी, आधुनिक, राष्ट्रिय गीत […]
प्रधानमन्त्री शेरबहादुर देउवा लगातार दुई पटक प्रदेश र प्रतिनिधिसभा निर्वाचन गराउने पहिलो प्रधानमन्त्री बन्ने भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्ने निर्णय गरेको छ । यसअघि २०७४ मंसिर १० र २१ गते दुई चरणमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन भएको थियो । उक्त निर्वाचन पनि प्रधानमन्त्री शेरबहादुर […]
काठमाडौं । सरकारले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन ४ मंसिरमा गर्ने घोषणा गरेपछि मतदाता नामावली संकलन स्थगित हुने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले शुक्रबारदेखि मतदाता नामावली संकलन स्थगित हुने बताए । आयोगले हाल देशभरका जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय आदि ठाउँबाट फोटोसहितको मतदाता नामावली संकलन गरिरहेको छ । चुनाव […]
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदी नियुक्त भएका छन् । नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ भन्ने विचार राख्दै आएका सुवेदीलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए ।
काठमाडौं । सरकारले सचिवहरुको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरु सरुवा गरेको हो । एक मन्त्रीका अनुसार अर्थ मन्त्रालयका सचिव मधु मरासिनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा, उद्योग, वाणिज्य तथा आपूर्ति मनलयका सचिव अर्जुन पोखरेल पनि प्रधानमन्त्री कार्यालयमा सरुवा भएका छन् । त्यस्तै बिहीबार नै सचिवमा बढुवा भएका दीपक काफ्ले लुम्बिनी प्रदेशको प्रमुख […]
नागरिक रैबार/ १९ साउन बाजुरा । बाजुराका स्याउ उत्पादक केही कृषकहरुले काँचै स्याउ टिपेर बजारमा बेच्न थालेका छन् । हिजो आज जिल्लाका माथिल्ला क्षेत्रका स–साना बजार र फाटफूट सदरमुकाम मार्तडीमा समेत कृषकहरुले स्याउ टिप्ने बेला नहुँदै स्याउ टिपेर बेच्न थालेका छन् । काँचै स्याउ टिपेर बजारमा ल्याएर बेचेको देखेपछि कृषि ज्ञान केन्द्र बाजुराले स्याउँ टिप्न […]
सरकारले मंसिर ४ गते एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले पनि यसअघि मंसिर पहिलो साता चुनाव गर्न सकिने सुझाव दिएको […]
काठमाडौं । हरेकको हात-हातमा मोबाइल छ । र, हरेकको मोबाइलमा टिकटक एप्लिकेसन पनि । अर्थात् जमाना टिकटकको छ । तन्नेरी पुस्ताको के कुरा ? कवि-कलाकारदेखि डाक्टर-पाइलटसम्म यसमा झुम्मिएका छन् । यद्यपि टिकटक दुरुस्तै त्यस्तै भएको छ, जस्तो कि एउटा नेपालमा प्रचलित उखान छ, ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड ।’ कतिले टिकटकबाटै ‘नेम र फेम’ कमाएका […]
मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठकले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति तोक्ने गृहमन्त्री बालकृष्ण खाँणले जानकारी दिए । यसअघि सत्ता गठबन्धन दलले मंसिर ४ गते निर्वाचनको मिति तोक्ने सहमति गरेको थियो । गृह मन्त्रालयले सोहीअनुसार प्रस्ताव लगेको हो ।
पहाडी इलाकामा वर्षा रोकिएसँगै सप्तकोशीमा पानीको सतह घटेको छ । तर, अझै कटान भने जारी रहेकाले सप्तकोशीको कहर यथावतै छ । उदयपुरको बेलका नगरपालिका–१ डुम्रीबोटेबाट सप्तकोशी पुरानै धारमा बग्न सुरु गरेको छ । जसले बेलका नगरपालिकाको १, २, ३, ८ र ९ नम्बर वडाका विभिन्न स्थानको मानव वस्ती जोखिममा परेको छ । २०४५ सालको भूकम्पपछि […]
काठमाडौं । ताइवान नजिक सैन्य अभ्यास थालेको चीनले दुई वटा मिसाइल प्रक्षेपण गरेको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार दुई चिनियाँ मिसाइल चीनले घोषणा गरेको ड्रिल जोनबाट प्रक्षेपण गरेको हो । ड्रिल जोन ताइवानको उत्तरपूर्वी तटबाट केही टाढा पर्दछ । यसबारे विस्तृत विवरण आउन बाँकी छ । यसैबीच चिनियाँ गतिविधिको नजिकबाट नियालिरहेको ताइवानले जनाएको छ […]
काठमाडौं । आगामी सङ्घीय तथा प्रदेश निर्वाचनका लागि बझाङमा दुई मतदानस्थल थप गर्न सिफारिस गरिएको छ । जिल्ला मतदानस्थल केन्द्र पुनरावलोकन सिफारिस समितिको बैठकले मतदानस्थल थप गर्न सिफारिस गरेको हो । प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको अध्यक्षतामा बसेको बैठकले छविसपाथिभेरा गाउँपालिका–५ को चन्द्रोदय माध्यमिक विद्यालय खतेडा र केदारस्युँ गाउँपालिका–४ को शिक्षोदय माध्यमिक विद्यालय बागथलामा केन्द्र […]
लौ बर्बाद भयो, विद्यार्थी फेल भए । यसो भन्नु हाम्रो शैक्षिक प्रणालीको सबैभन्दा ठूलो भूल हो । सबैभन्दा ठूलो भ्रम हो । सबैभन्दा ठूलो लाचारी हो । खासमा कुनै विद्यार्थी ‘फेल’ हुँदैनन् । विद्यार्थी ‘फेल’ हुनु भनेको शिक्षक फेल हुनु हो, पठन विधि वा सिकाइ पद्धति फेल हुनु हो । कुनै विद्यार्थीले परीक्षामा किन प्रश्नको […]
डाक्टर आयुष्नोभा ढुंगाना ‘मिस युनिभर्स नेपाल २०२२’ को टप २० भित्र पर्न सफल भएकी छन् । ३९ प्रतिस्पर्धी रहेको प्रतियोगितामा उनी भने एक्लो डाक्टर हुन् । प्रतियोगिताको उपाधि दावेदारको रुपमा समेत उनलाई हेरिएको छ । गतवर्ष बंगलादेशबाट छाला रोग विषयमा एमबीबीएस गरेकी उनले मोडलिङ र डाक्टर पेसा एकसाथ अगाडि बढाइरहेकी छन् । हाल काठमाडौंमा रहेर […]
काठमाडौं । अष्ट्रेलियाकी एक आदिवासी सांसदले शपथ ग्रहण गर्ने बेला बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेपछि दोहोर्याएर शपथ लिनु परेको छ । सिनेटर लिडिया थोर्पले शपथ ग्रहणको व्यहोरामा आफूखुसी केही शब्द थप्दै महारानी एलिजाबेथ द्वितीयलाई ‘उपनिवेशवादी’ भनेकी हुन् । शपथ लिने स्थानसम्म पुग्दा उनले दायाँ हात माथि उठाउँदै मुठ्ठी कसेकी थिइन् । शपथ लिने क्रममा […]
काठमाडौं । नेपालगञ्जदेखि काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको ९ एन-एएनएफ जहाज नेपालगञ्ज विमानस्थलमा आपतकालीन अवतरण गरेको छ । जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि १० माइल उडेको जहाज सोही विमानस्थलमा फर्काएर आपतकालीन अवतरण गराइएको हो । नेपालगञ्ज विमानस्थल कार्यालयका अनुसार जहाज अवतरणका क्रममा ‘फुल इमर्जेन्सी’ व्यवस्था गरिएको थियो । जहाज सुरक्षित अवतरण भएको छ । जहाजमा […]
म्याग्दी । म्याग्दीका प्रमुख नदीमा बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु परिचालन गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार स्थानीय तहहरूले कालीगण्डकी, म्याग्दी र राहुघाट नदीमा बर्खामा आउने बाढीको बारेमा सूचना प्रवाह गर्ने हेरालु व्यवस्थापन गरेका हुन् । प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बर्खायामको अवधिभरका लागि तटीय क्षेत्रमा बाढीको अवस्थाको बारेमा नियमित जानकारी गराउने […]
बाजुरा । स्त्री रोग बिशेषज्ञ नहुदा महिला तथा त्यसैमा पनि गर्भवती महिलालाई उपचारमा समस्या भईरहेको बाजुरामा अब स्त्री रोग बिशेषज्ञ डाक्टर जाने भएका छन । स्वास्थ्य सेवाका हिसाबले एकदमै पछि रहेको बाजुरा जिल्लामा बिशेषज्ञ डाक्टर नहुदा उपचारमा निकै समस्या हुने गरेको छ । जिल्ला अस्पताल बाजुरामा उपचारका लागि आउने महिलाहरुलाई स्त्री रोग बिशेषज्ञ नहुदा धेरै […]
कर्णाली । प्रदेश लोकसेवा आयोग कर्णालीले यही साउन ४ गते लिएको स्वास्थ्य सेवा, हेल्थ इन्स्पेक्सन समूहका परीक्षार्थीलाई दुई वर्ष उम्मेदवार हुन नपाउने गरी रोक लगाउने निर्णय गरेको छ । आयोगबाट साउन ७ गते सञ्चालन भएको विज्ञापन नं ५८४-५८८/०७८–०७९ को सहायकस्तर चौथो तह, अहेव पदको प्रथम चरणको लिखित परीक्षामा सहभागी सिद्धकुमाख गाउँपालिका–३ सल्यान स्थायी निवासी आइडी […]