होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, बैशाख २५, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने
समाचार

सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने

  • नागरिक रैबार
सत्ता गठबन्धनको बैठक बस्दै, सिट बाँडफाँटबारे छलफल हुने
फाइल तस्बिर

काठमाडौँ — चुनावको मिति तोकिएसँगै सत्ता गठबन्धनमा सिट बाँडफाँटको विषयमा छलफल सुरु भएको छ । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार विहान सिट बाँडफाँडका विषयमा छलफल गर्न गठबन्धनको बैठक बोलाएका छन् । अहिले बिहान साढे ९ बजे प्रधानमन्त्रीको निवास बालुवाटारमा गठबन्धनको बैठक बस्न लागेको हो ।

नेताहरुका अनुसार गठबन्धनमा रहेका दलहरुबीच सिट बाँडफाँडका मापदण्डबारे छलफल चलिरहेको छ । गठबन्धनमा नेपाली का‌ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा छन् ।

यसअघि बुधबार बसेको गठबन्धनको बैठकमा नेताहरुले कार्यदल बनाएर सिट बाँडफाँडको विषय टुंगोमा पुर्‍याउने सहमति गरेका थिए । स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल नेतृत्वको उच्चस्तरीय राजनीतिक स‌ंयन्त्रले भागबन्डाको मोडेल तयार गरेको थियो ।

विज्ञापन

तर केन्द्रबाट सहमति भएबमोजिम गठबन्धन भएका महानगरपालिका र उपमहानगरपालिकाहरुमा राम्रो परिणाम आउन सकेको थिएन । स्थानीय तहमा जस्तो नहोस् भनेर नेताहरुले अहिले तल्ला तहको रुचि र सिफारिसअनुसार गठबन्धन गर्नुपर्ने भन्दै सतर्क देखिएका छन् ।

सरकारले बिहीबार मात्रै आगामी ४ मंसिरका लागि प्रदेश र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति तोकेको छ ।

प्रतिनिधिसभामा १६५ र प्रदेश सभामा ३३० सिट छन् । गठबन्धनमा ती सबै सिटमा गठबन्धन दलबीच भागबण्डा गर्ने वा केही क्षेत्रमा मात्रै गठबन्धन गर्ने भन्नेबारे सहमति भइसकेको छैन ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार