होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, बैशाख १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै
समाचार

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

  • नागरिक रैबार
परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री डा.नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् । परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा.खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् । भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ । भ्रमणका बेला डा खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्रिभोजको आयोजना गर्नेछन् ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार