होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, बैशाख १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • गीतमा अश्लील शब्द र पेटिकोटे दृश्यले हंगामा (भिडियोसहि)
समाचार

गीतमा अश्लील शब्द र पेटिकोटे दृश्यले हंगामा (भिडियोसहि)

  • नागरिक रैबार
गीतमा अश्लील शब्द र पेटिकोटे दृश्यले हंगामा (भिडियोसहि)

नेपालमा अश्लील शब्द र उत्ताउला दृष्यमा गीत बन्नु नौलो होइन ।तर चलेका सर्जकहरुबाट नै यस्तो हर्कत भयो भने, विरोधको स्वर बुलन्द हुने रहेछ । शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको एउटा गीत निक्कै विवादमा परेको छ । मंगलबार युट्युबमा रिलिज भएको उक्त गीतका शब्द निक्कै अश्लील छन् ।

दृष्यहरु निक्कै उत्ताउला छन् । गीतमा मोडल करिश्मा ढकालले पेटिकोट लगाएर नृत्य गरेको उत्तेजक भिडियोले गीतलाई झनै विवादमा तानेको छ । ‘के हुन्छ होला है बिहेको राति, अध्यारो कोठामा अञ्जान साथी ! सम्झेर गइसक्यो सातो बरि लै’ !! जस्ता शब्द रत्यौलीका भन्दा कम छैनन् ।

‘पापाकी परी’ बोलको यो गीतका केही शब्द र पेटिकोटका दृश्य अपाच्य रहेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।हमाल राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी र विकृति विसंगति न्यूनीकरण संयोजक समेत हुन् । गत महिना विज्ञप्ति जारी गर्दै उनी आफैंले अपाच्य र अभद्र गीत रिलिज गरे कारवाही गर्ने चेतावनी समेत दिएका थिए ।

विज्ञापन

तर उनकै शब्द रचना रहेको तीज गीतको म्युजिक भिडियो यतिबेला विवादित बनेको छ । गीत हटाउन चौतर्फी दबाब परेपछि हमालले यस्तो गीत बनाएकोमा आफू लज्जित रहेको भन्दै आत्मालोचना गरेका छन् । ‘यस्तो गीत लेखेकोप्रति म लज्जित छु । हामी आत्मालोचनासहित हटाउँछौं,’ उनले भने ।

तर मोडल करिश्मा ढकाल र गायिका पाठकले चाहिं गीत उपयुक्त रहेको भन्दै हटाउन जरुरी नरहेको बताएका छन् । गीतलाई लिएर टिमभित्रै पनि विवाद सुरु भएको छ । आफैं अश्लील गीत ल्याए कारवाहीको धम्की दिने र आफैं त्यस्तो गीत रिलिज गर्ने पदाधिकारीलाई प्रतिष्ठानले के गर्ला ? त्यो भने हेर्न बाँकी छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार