होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
उपसभामुख पुष्पा भुसाल गौतमलाई मातृ शोक परेको छ। उपसभामुख गौतमकी आमा ९१ वर्षीय शारदा गौतमको आज बूढानीलकण्ठस्थित निवासमा निधन भएको हो। दिवंगत गौतम नेपाली राष्ट्रिय काँग्रेसका संस्थापक नेता वीपी कोइराला नेतृत्वको पहिलो जननिर्वाचित सरकारका स्वास्थ्यमन्त्री काशीनाथ गौतमकी जीवनसंगिनी हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने बताइएको छ।
पछिल्लो समयकी चर्चित गायिका रचना रिमालले झापामा आफ्नो घर निर्माण गरेकी छन् । उनले झापाको चन्द्रगढीमा चार कोठे पक्की घर निर्माण गरेकी हुन् । शनिबार सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले आफ्नो घर निर्माण सम्पन्न भएको जानकारी दिएकी हुन् । बुवा आमालाई एउटा घर बनाएर राख्ने सपना पूरा भएको समेत उनले बताएकी छन् । ‘सानैदेखि […]
निर्देशक झरना थापाले फिल्म ‘भागवत् गीता’ निर्माण घोषणा गरेकी छन्।उनले शुक्रबार एक भिडिओ सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेकी हुन्। सार्वजनिक भिडिओमा सुहाना थापालाई प्रस्तुत गरिएको छ। उनी फरक लुक्समा देखिएकी छन्। सुहानालाई मधेसी पहिरनमा देख्न सकिन्छ। यो भिडिओ केही समय अगाडि जनकपुरमा खिचिएको हो।झरना थापाले निर्देशन गर्ने फिल्मको मुख्य भूमिकामा सुहाना थापा रहने […]
काठमाडौँ — निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा कडाइ गर्न भन्दै प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा आचारसंहिता अनुगमन समिति बनाउने तयारी गरेको छ । यसअघि जिल्ला न्यायाधीश (मुख्य निर्वाचन अधिकृत) लाई यो जिम्मेवारी दिने प्रावधान आचारसंहितामा राखिन्थ्यो । गृह मन्त्रालयमातहत रहने प्रजिअलाई अनुगमनको अधिकार सुम्पिँदा सत्तारूढ दलले फाइदा उठाउन सक्ने भन्दै आशंका उब्जिएको छ । मुख्य निर्वाचन अधिकृतलाई यो अधिकार दिँदा […]
बाजुरा । प्रक्रियामा रहेको,भुमिहिन ,दलित भुमिहिन, सुकुम्वासी,र अव्यवस्थीत बसोबासिको लागत संकल सम्बन्धी ३५ राष्ट्रिय भुमि आयोगमा पठाइसक्नु पर्ने जनाएकाे छ । राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै पत्रकारहरुलाई जानकारी गराएको हो । राष्ट्रिय भुमि आयोग जिल्ला समितिमा नयाँ पदाधिकारीहरुको नियुक्ति भएदेखि हाल सम्म आफुले गरेका गतिविधिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक […]
नेपालगञ्जमा करेन्ट लागेर आज बाबु र छोराको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१७ निवासी करिब ४० वर्षीय परशुराम कलवार र २५ वर्षीय बब्लु कलवारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । अटो रिक्सा चार्ज गर्ने क्रममा छोरा बब्लुलाई करेन्ट लागेको र उनलाई बचाउन खोज्दा बाबु परशुरामलाई पनि करेन्ट […]
काठमाडौं । प्रदीप खड्का स्टारर ‘प्रेमगीत ३’को दोस्रो नेपाली र हिन्दी टिजर शुक्रबार रिलिज भएको छ । जी म्युजिक कम्पनीबाट हिन्दी र ओएसआर युट्युब च्यानलबाट नेपाली टिजर रिलिज भएका हुन् । दोस्रो टिजरमा डेब्यु अभिनेता मनिष राउतलाई खलपात्र (एन्टागोनिस्ट) चरित्रमा प्रस्तुत गरिएको छ, तर उनको दृश्यलाई स्पेस दिइएको छैन । दोस्रो टिजरमा पनि प्रदीपको चरित्रले […]
धनगढी: सुदूरपश्चिम प्रदेशमा भूकम्पको धक्का महसुस गरिएको छ। गए राति १ बजेर २८ मिनेटमा गएको भूकम्पले प्रदेशको कैलालीमा र कञ्चनपुरमा धक्का महसुस गरिएको हो । भूकम्प मापन केन्द्रका अनुसार ४ दशमलव ८ रेक्टर स्केलको उक्त भूकम्पको केन्द्रबिन्दु लुम्बिनी प्रदेशको बाँके रहेको छ। भूकम्पको क्षतिबारे कुनै जानकारी आएको छैन।
बाजुरा । बाजुरामा महिला बलात्कारको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्। ३० वर्षीय महिलालाई बलात्कार गरेको आरोपमा स्वामीकार्तिक खापर गाउँपालिका–३ का ४२ वर्षीय कर रावल पक्राउ परेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार रावलले ती महिलालाई घर नजिकैको खेतमा घाँस काटिरहेको बेला बलात्कार गरेका थिए। प्रहरीले उक्त विषयमा थप अनुसन्धान गरिरहेको छ। […]
काठमाडौं । एमसीसीको कार्यान्वयन थालनी (इन्ट्री इन्टु फोर्स) आगामी वर्षदेखि हुने भएको छ । एमसीसी कम्प्याक्ट कार्यान्वयनका ६ वटा शर्तमध्ये एउटा पूरा गर्न करिब एक वर्ष लाग्ने भएकाले आगामी सन् २०२३ को अगष्टदेखि थालनी हुने भएको हो । मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) का कार्यकारी निर्देशक खड्गबहादुर बिष्टले छ वटा शर्तमध्ये जग्गा प्राप्ति, […]
काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले राष्ट्रपतिबाट सन्देशसहित नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ पारित गर्दा प्रतिनिधिसभामा मतदान गर्न माग गरेको छ । बिहीबार दिनभर छलफल भएको सो विधेयक बिहीबार नै पारित गर्ने कार्यसूची छ । अहिले गृहमन्त्री बालकृष्ण खाणले जवाफ दिइरहेका छन् । सो विधेयक पारित गर्ने बेलामा ध्वनि मत नमान्ने एमाले प्रमुख […]
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टी संघीयता खारेजीको पक्षमा नरहेको स्पष्ट पारेका छन् । बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीले आयोजना गरेको ‘उम्मेदवार आह्वान’ कार्यक्रममा उनले प्रदेशका संरचनाबारे धेरै अस्पष्टता भएकाले सुधारको माग गरेको बताए । ‘हामीले प्रदेशसभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो […]
नागरिक रैबार/बाजुरा २ भाद्र। बाजुराको खप्तड छेडेदह गाउँपालिकाका जनप्रतिनिधिहरूले कैलालीको धनगढीमा रहेको दृष्टि फाउण्डेशसनलाई आर्थिक सहयोग गरेका छन् । फाउण्डेनशनमै पुगेर गाउँपालिका वडा नम्बर १ का अध्यक्ष वीरबहादुर रावल, वडा नम्बर २ का वडा अध्यक्ष भक्तबहादुर बुढा र वडा नम्बर ३ का वडा अध्यक्ष विर्कबहादुर रावतले संयुक्त रूपमा आर्थिक सहयोग गरेका हुन् । उनीहरूले ८ […]
नागरिक रैबार/बाजुरा २ भाद्र। बडिमालिका नगरपालिकाले नगरपालिका भित्रका ३ हजार ३० बालबालिकालाई खोप लगाउने भएको छ । भदौ ८ गते देखी १० गते सम्म नौ ओटै वडामा गएर ५ बर्ष देखी ११ बर्षका बालबालिकाहरुलाई खोप लगाउने बडिमालिका नगरपालिका स्वास्थ्य संयोजक टेक बहादुर खड्काले बताए । कोरोना महामारी रोकथामका लागि नगरपालिकामा फाईजर खोपको पहिलो मात्रा खोप […]
धनगढीः बुधबार दार्चुलाको शैल्यशिखर नगरपालिका-६ उल्लानीस्थितमा भएको जीप दुर्घनामा परेका एक घाइते यात्रु डिस्चार्ज भएका छन्। गोकुलेश्वर अस्पतालमा उपचारपछि उनी डिस्चार्ज भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार जीपमा सवार ८ जनालाई उपचारको लागि गोकुलेश्वर अस्पताल दार्चुला पठाएकोमा उपचाररतमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। यस्तै अवस्था भने मध्यम रहेको बताइएको छ। सो दुर्घटनामा परेर बझाङका […]
काठमाडौैं । पछिल्लो २४ घण्टामा ५४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार दुई हजार ८२ पीसीआर परीक्षणमा २२४ र दुई हजार ८४८ एन्टिजेन परीक्षणमा ३१८ जना गरी ४२१ जनामा संक्रमण पुष्टि भएको हो हो । पछिल्लो २४ घण्टामा ४२१ जना कोरोना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणबाट पछिल्लो […]
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी कच्चा पदार्थ र नेपाली मौलिक प्रविधि तथा सीपबाट उत्पादित बस्तुको प्रचारप्रसार र बजारीकरणमा आवश्यक सहयोग गर्न सरकार तयार रहेको बताएका छन् । महिला उद्यमी महासङ्घ नेपालले आजदेखि ललितपुरमा आयोजना गरेको ‘छैठौं अन्तर्राष्ट्रिय व्यापार मेला’को उद्घाटन गर्दै उनले स्वदेशी सीप र प्रविधिमा आधारित उद्योगबाट उत्पादित वस्तुको प्रचारप्रसार तथा बजार विस्तार गर्न आवश्यक […]
धनगढीः जिल्ला कारागार बैतडीभित्र कोभिड-१९ को संक्रमण सल्किएको छ। कारागारका १६ जनालाई कोभिड-१९ पुष्टि भएपछि थप संक्रमणको जोखिम बढेको हो। बैतडी कारागारका जेलर धारा भण्डारीका बुधबार केही कैदीबन्दीमा अत्यधिक ज्वरो देखिएपछि पीसीआर परीक्षण गर्दा ४ जनामा संक्रमण पुष्टि भएको थियो। बिहीबार उनीहरुको सम्पर्कमा रहेका सबैको एन्टिजेन परीक्षण गर्दा थप १२ जनामा संक्रमण पुष्टि भएको उनले […]
काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको खाद्य/दाना बजार तथा उद्योग अनुगमन, नमूना सङ्कलन मुद्दाको अनुसन्धानको जिम्मेवारी छ । व्यास नगरपालिका–३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ । पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी सङ्ख्या भने जम्मा चार जना मात्रै […]
काठमाडौँ — अबको ९३ दिनपछि अर्थात् मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मतदान हुनेछ । सरकारले निर्वाचनको मिति घोषणा लगत्तैदेखि राजनीतिक दलहरूबीच चुनाव लक्षित गतिविधि बढ्नुका साथै प्रतिनिधिसभाका १६५ र प्रदेश सभाका ३३० निर्वाचन क्षेत्रमा उम्मेदवार र जितहारका बारेमा चर्चा सुरू भएको छ । आकांक्षीहरू आफ्नो पक्षमा माहोल बनाउन र पार्टीमा […]