होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचारविरुद्धको दिवसका अवसरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा ‘म भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा शतप्रतिशत कार्यान्वयन भएको दाबी गरेका थिए। उनले अझ एक कदम अघि बढेर ‘अब म गर्न दिन्नँ’ भन्ने नारा कार्यान्वयन गर्न कोसिस गर्ने घोषणा गरेका थिए। तर ट्रान्सपरेन्सी इन्टरनेसनलको रिपोर्टले भ्रष्टाचारको अनुसन्धान र अभियोजन गर्ने उद्देश्यले स्थापित […]
नागरिक रैबार बाजुरा १२ मंसिर । खप्तड मालिका युवा संजाल त्रिवेणी नगर कार्यसमितिका युवाहरूकाे सकृियतामा खेलमैदान निर्माण गरिएकाे छ । त्रिवेणी ५ का २० जना युवाहरूकाे सक्रियतामा खेलमैदान साेहि वडा नं. ५ मा निर्माण गरिएको हाे । २० जना युवाहरूले दुई दिन श्रमदान गरेर भलिबल खेल्नको लागि खेल मैदान निर्माण गरेका हुन् । नगरकार्य समितिका […]
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल आआफ्नो शक्ति सञ्चयका लागि आन्तरिक भेला र प्रशिक्षण तयारीमा जुटेका छन् । नेपाल समूहले पूर्वएमाले र केही पूर्वमाओवादीलाई समेटेर भेला आयोजना गर्ने तयारी गरेको छ । दाहाल पूर्वमाओवादीलाई मिलाउने प्रयासमा छन् । […]
११ मंसिर, काठमाडौं । भारतीय विदेशसचिव हर्षवर्द्धन श्रृंगला दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन् । उनी केहीबेरअघि चार्टर्ड विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । विदेश सचिव श्रृंगलाको यो पहिलो नेपाल भ्रमण हो । परराष्ट्र सचिव भरतराज पौडेलको निमन्त्रणमा औपचारिक भ्रमणमा आएका उनले आजै उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम छ उनले आजै राष्ट्रपति […]
यतिबेला आम नेपाली र नेकपाका कार्यकर्ताको ध्यान मंसिर १३मा केन्द्रित भएको छ।सत्तासिन दल नेकपाको अन्तर कलह चरम विन्दुसम्म पुगिरहेको बेला नेकपाले यहीँ मंसिर १३ गते सचिवालयको बैठक आवाह्रान गरेको छ।यसकारण मंसिर १३ आम नेपालीको प्रतिक्षाको दिन बनेको छ। यस दिनलाई प्रगति गर्दै गएको नेपाली राजनिती र नेकपाको अन्तिम देहावसान भएको दिनको रुपमा नगरि नेपाली राजनीतिको […]
काठमाडौँ । राष्ट्रिय जनमोर्चा निकट अखिल नेपाल युवक संघका केन्द्रीय उपाध्यक्ष मुकुन्द रोकासहितको परिवार चढेको गाडी त्रिशुली नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । प्युठानबाट बिरामी छोरी बोकेर काठमाडौँ आउँदै गरेको पिकअप भ्यान बिहीबार बिहान साढे ५ बजे त्रिशुली नदीमा खस्दा रोकाका श्रीमती र चालकको मृत्यु भएको हो […]
मदन वि.क. बाजुरा ९ मंसिर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) तथा वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच केन्द्रमा चर्किएको विवाद क्रमशः बाजुरामा पनि देखिन थालेको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाजुराको सचिवालय बैठक सोमबार बस्ने भनिएको भएपनि प्रचण्ड-नेपाल समूह र ओली समूहका सचिवालय सदस्यहरु वीच आपसि समजदारी हुन् नसकेपछि सोमबारको […]
नागरिक रैबार/बाजुरा ९ मंसिर। जिल्लाको सदरमुकाम मार्तडीमा आजबाट साढे ४ घण्टा बत्ति जाने भएको छ । त्रिवेणी बचत तथा रिण सहकारीद्धारा संचालनमा रहेको त्रिवेणी साना जलविद्युत केन्द्रले एक मगलबार सार्वजनिक सूचना जारी गर्दै आजबाट मार्तडीमा साढे ४ घण्टा बत्ति जाने बताएको छ । पछिल्लो समयमा विद्युतको अत्याधिक माग भएको र त्रिवेणी साना जलविद्युत केन्द्र संग […]
सरिता नेपाली/बाजुरा ९ मंसिर। जिल्लाको सदरमुकाम मार्तडीमा सार्वजनिक शौचालय नहूदाँ सर्वसाधरणलाई शौच गर्न निकै सास्ती भएको छ । सार्वजनिक शौचालय भएपनि व्यवस्थापन गर्न नसकेपछि शौच गर्न सर्वसाधारणलाई सास्ती भएको हो । सार्बजनिक शौचालय निमाणर् भएको वर्षौ दिन वितिसक्दा पनि व्यवस्थापन र उचित वातावरण नबन्दा पैदल यात्रु तथा सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ । सार्वजनिक शौचालय […]
बेनी । विगत वर्षहरूमा कात्तिकको सुरुवातसँगै जाडो छल्न न्यानो क्षेत्रतर्फ लाग्ने मुस्ताङीहरू यस वर्ष भने मङ्सिरको पहिलो साता बितिसक्दा पनि तल झरेका छैनन् । जाडो याममा हिमालपारिको जिल्ला मुस्ताङको उपल्लो भेक पूरै खाली हुने र तल्लो भेकमा पनि न्यून मात्रामा मानिस बस्ने गरेको विगतलाई यस वर्ष कोरोना भाइरस (कोभिड–१९)ले पूरै फेरिदिएको छ । विगतमा कात्तिकदेखि […]
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले कात्तिक २८ गते सचिवालय बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनलाई एकलौटी ढंगले पार्टीका तल्लो तहसम्म पठाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट बनेका छन्। बिनासल्लाह दाहालले सो प्रतिवेदन तल्लो तहसम्म पठाउँदा पार्टी विभाजनमा प्रश्रय मिल्ने भन्दै नेता नेपाल असन्तुष्ट बनेका हुन्। ‘हामीले पार्टीको बैठक बोलाउन माग गरेको […]
कोरोना संक्रमणको उच्च जोखिम रहेकै समयमा सरकारले विद्यार्थीको भौतिक उपस्थितिमै मंगलबारदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्दै छ। राष्ट्रिय परीक्षा बोर्डले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखी माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (कक्षा १२) विद्यार्थी मूल्यांकन, परीक्षा सञ्चालन, व्यवस्थापन, अभिलेखीकरण र प्रमाणीकरण कार्यविधि २०७७ पारित गरी परीक्षा सञ्चालन गर्न लागेको बोर्ड अध्यक्ष चन्द्रमणि पौडेलले बताए। उनले परीक्षा […]
बाल्यकालदेखि अभिनयमा सक्रिय सलोन बस्नेत सहायक भूमिकामा सर्वाधिक खोजिने कलाकार हुन् । फिल्ममा उनी भएपछि दर्शकलाई हलमा बाँध्न काफी हुने विश्वास निर्माता/निर्देशकमा छ । उनी भएको फिल्ममा लिड हिरो समेत छायाँमा पर्ने गरेका छन् । उनले सोलो हिरोको रुपमा पनि फिल्म नगरेका होइनन् । तर, उनलाई दर्शकले हिरोको रुपमा भने स्वीकार गर्न सकेका छैनन् । […]
रौतहट ,देवाही गोनाही नगरपालिकाको वडा नं. ७ को गोनाही दलित बस्तीमा गत आइतबार करिब ११.३० बजे बिहानको दलित बस्तिका ५ घरमा आगलागी भएको छ । आगलगीमा पूर्ण रुपमा कृत राम, सरफलाल राम, जागृत राम, राम प्रवेश राम, जगत राम,प्रमोद महतोको घर जलेर नष्ट भएको छ।स्थानीयबासी, प्रहरी लगायतको सहयोगमा आगोलाई नियन्त्रणमा लिए पनि पूर्ण रुपमा जलेर […]
बागलुङ– बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा आज बिहान पिक अप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।ग्वालिचौरतर्फ जाँदै गरेको लु १ द ४३७० नम्बरको पिक अप जीप बडिगाड–६ सुरखुरेमा दुर्घटना हुँदा अन्दाजी २२ वर्षीया टेकमाया रोका र उहाँको एक वर्षीय छोराको मृत्यु भएको छ । दुर्घटनामा अन्दाजी ६० वर्षीया मनकुमारी रोका घाइते भएको इलाका […]
नागरिक रैबार/बाजुरा ८ मंसिर। जिल्लाको बडीमालिका नगरपालिका अन्तरगतका सवै सामुदायिक विद्यालयमा आईतबार बाट पढाई संचालन भएको छ । कोभिड-१९ का कारण गत चैत्र ११ गतेबाट लकडाउन सूरु भएसंगै बन्द भएका विद्यालयहरु आठ महिनापछि हिजो आईतबारबाट पुनः संचालनमा आएका हुन् । नगरपालिकाको शिक्षा समिति र सम्वन्धित विद्यालय व्यवस्थापन समिति र नगर शिक्षा समितिको बैठकले कोभिड-१९ का […]
शनिबार दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको तीन घण्टा लामो संवादले राजनीतिक तरंग पैदा गरेको छ । भन्नलाई त्यो भेट संवैधानिक अंगमा पदाधिकारी नियुक्तिमा केन्द्रित भनिएको छ । तीन घण्टा लामो संवादको आधा घण्टा ओली र देउवाको छुट्टै छलफल भएको विषयले भने धेरैलाई आश्चर्यमा पारेको छ । […]
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली ताप्लेजुङ र इलामका कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जाँदैछन् ।बिहान ९ बजे हेलिकप्टरबाट ताप्लेजुङको फक्ताङ्लुङस्थित घुन्सा जाने कार्यक्रम तय भएको छ । सो क्रममा प्रधानमन्त्री ओलीले सीमा क्षेत्रको बोर्डर आउट पोष्ट ( बीओपी) निरीक्षण गर्ने जनाइएको छ । ताप्लेजुङपछि प्रधानमन्त्री ओली इलामको सन्दकपुरमा आयोजना गरिएको कार्यक्रममा पनि सहभागी हुने उनका […]
चितवन- चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण गरेको हो । चालीस वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्जको पूर्वी सेक्टरअन्तर्गत दोभान नजिक घाँस काट्न गएका उनलाई हात्तीले […]
काठमाडौँ- अमेरिकाले आउँदो महिनाबाट आफ्ना नागरिकलाई कोभिड-१९को खोप दिने तयारी गरेको छ ।अमेरिकाको कोरोना भाइरस खोप कार्यक्रम प्रमुख डा. मोन्सेफ स्लावीले डिसेम्बर महिनाको ११ तारिखसम्ममा खोप उपलब्ध हुन सक्ने गरी तयारी भइरहेको जनाएका छन् । सीएनएनसँग कुराकानीमा डा.स्लावीले खोप स्वीकृति पाएको ४८ घन्टाभित्र नागरिकलाई खोप उपलब्ध गराउने तयारीका साथ काम भएको जनाएका छन् । खोप […]