होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • निर्माताको पीडा बुझेको छु : सलोन बस्नेत
समाचार

निर्माताको पीडा बुझेको छु : सलोन बस्नेत

  • नागरिक रैबार
निर्माताको पीडा बुझेको छु : सलोन बस्नेत
बाल्यकालदेखि अभिनयमा सक्रिय सलोन बस्नेत सहायक भूमिकामा सर्वाधिक खोजिने कलाकार हुन् । फिल्ममा उनी भएपछि दर्शकलाई हलमा बाँध्न काफी हुने विश्वास निर्माता/निर्देशकमा छ । उनी भएको फिल्ममा लिड हिरो समेत छायाँमा पर्ने गरेका छन् । उनले सोलो हिरोको रुपमा पनि फिल्म नगरेका होइनन् । तर, उनलाई दर्शकले हिरोको रुपमा भने स्वीकार गर्न सकेका छैनन् ।
लिड हिरो भएर अभिनय गरेका कुनै फिल्म बक्सअफिसमा सफल नभएपछि अहिले उनले सहायक भूमिकामा नै जोड दिइरहेका छन् । कमेडी टाइमिङमा उम्दा मानिने सलोन दशैंदेखि फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन् । ‘ए मेरो हजुर’ सिरिज उनी विना अपुरो मान्ने गरिन्छ । यसैले निर्देशक तथा अभिनेत्री झरना थापाले यो फिल्मको सिरिजमा उनलाई छुटाएकी छैनन् ।
लकडाउनदेखि घरभित्रै सीमित भएका उनी माघबाट फिल्म ‘डिसेम्बर फल्स’ को छायांकनमा व्यस्त हुने तयारीमा छन् । यसपछि उनले फिल्म ‘हुतुतु’ लाई समय दिने बताइएको छ । स्थिति सामान्य भएपछि उनी आफैं पनि फिल्म निर्माण गर्दैछन् । उनी र आमेश भण्डारीको मुख्य भूमिका रहने फिल्मको नाम ‘रुम नम्बर १०८’ राखिएको छ । यसमा उनको एकल लगानी रहने छ ।
निर्माताको पीडा महशुस गर्न भए पनि एकपटक अभिनयमा सक्रिय कलाकार निर्माता बन्नुपर्छ भन्ने गरिन्छ । सलोन भने आफूले यसअघि नै निर्माताको पीडा झेलिसकेको बताउँछन् । २०५७ सालदेखि सलोन सलिना फिल्मस्बाट फिल्म निर्माण भइरहेका कारण निर्माताको पीडा बुझेको उनको भनाई छ । अर्को वर्षबाट फिल्म ‘रुम नम्बर १०८’ को छायांकन सुरु हुनसक्ने उनले बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार