होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख १३, २०८१
जोडिनुहोस
  • होमपेज
  • पत्रपत्रिका
  • दुर्घटनाबाट नेकपालाई बचाउनुस् कामरेड
पत्रपत्रिका

दुर्घटनाबाट नेकपालाई बचाउनुस् कामरेड

  • नागरिक रैबार
दुर्घटनाबाट नेकपालाई बचाउनुस् कामरेड

यतिबेला आम नेपाली र नेकपाका कार्यकर्ताको ध्यान मंसिर १३मा केन्द्रित भएको छ।सत्तासिन दल नेकपाको अन्तर कलह चरम विन्दुसम्म पुगिरहेको बेला नेकपाले यहीँ मंसिर १३ गते सचिवालयको बैठक आवाह्रान गरेको छ।यसकारण मंसिर १३ आम नेपालीको प्रतिक्षाको दिन बनेको छ।
यस दिनलाई प्रगति गर्दै गएको नेपाली राजनिती र नेकपाको अन्तिम देहावसान भएको दिनको रुपमा नगरि नेपाली राजनीतिको उपलब्धिमूलक र सन्देश दिने दिनको रुपमा परिणत गर्न सफल होस् नेकपा सचिवालय बैठक सफलताको शुभकामना ।
नेकपाको आन्तरिक विवाद जिल्ला तहसम्मै पुगिसकेको यस विषम परिस्थितिबाट नेकपालाई जोगाउनुस् कामरेड बहुदलीय राजनीतिक व्यवस्था लागु भए देखि आजको यस समय सम्म अस्थिर राजनीतिक चपेटामा परि आजित आम नेपाली जनताले स्थिर राजनीतिक व्यवस्थाका लागि नेकपालाई पुर्ण विश्वास र भरपर्दो साथ दिएका हुन ।यतिबेला कुनै ब्यक्ति,कुनै समूह विषेश वा मेरो या अरुको कारण यो जनमत प्राप्त भएको हो।भनि यसको श्रेय लिन खोज्नुभन्दा पनि सिङ्गो नेकपालाई पाच बर्ष देशको बागडोर समाल्न र देशीविदेशी शक्तिबाट फितलो हुदै गएको नेपाली राजनीतिक व्यवस्था र अोरालो लाग्दै गएको आर्थिक अवस्था माथि उठाउन र त्यसै गरि दिनदिनै विदेशीन लागेका नेपाली युवाको सुन्दर भविष्यको नेपालमै परिकल्पना गरि जनताले यो मान्डेट तथा जनादेश नेकपालाई सुम्पेका हुन।त्यसकारण जनताका यी कयौं सपना माथि प्रहार गर्दै आफ्नो ब्यक्तिगत स्वार्थ र पदियलोभका पछि नलागि सम्पुर्ण नेतृत्व पंक्ति नेकपालाई पुर्ण दुर्घटना हुन बाट जोगाउन जरुरी छ कामरेड ।

यतिबेला दुर्घटनाग्रस्त नेकपालाई सम्पुर्ण नेतृत्व पंक्तिले सुरक्षित र सकुशल राख्न सक्नु भएन भने यति ठुलो नेपाली जनताको साथ,सहयोग र समर्थन परिकल्पना र आश नगरे पनि हुन्छ।त्यस कारण यहीँ समयमा सजक र सचेत भई नेकपालाई सहि बाटो तर्फ डोर्‍याउन पनि अति आवश्यक देखिन्छ ।

नेपाली राजनीतिक इतिहासमा यथास्थितिवादी र प्रतिक्रियावादी शक्तिले परिकल्पना पनि गर्न नसकेको र विश्व कम्युनिस्ट आन्दोलन कमजोर र निराशाजनक हुदै गएको परिवेशमा कम्युनिस्ट राजनीतिलाई एकीकृत गरि ऐतिहासिक उपलब्धि हासिल गर्नुभएको छ।र यस ऐतिहासिक उपलब्धिलाई नेपाली राजनीतिमा इतिहासको रुपमा स्थापित गर्न यस बेला नेकपालाई जोगाउन आम नेकपाका नेता तथा कार्यकर्ता सक्रिय रुपमा लाग्न जरुरी छ। कामरेड ।

विज्ञापन

कम्युनिष्ट राजनीतिमा कोही कुनैपनि ब्यक्ति विना संर्घष आएको छैन ।देशको आवश्यकता र परिस्थिति अनुरुप उत्तिकै त्याग,तपस्या र बलिदान पुर्ण योगदान छ।त्यसकारण सबै कमरेड हरुको क्षमता,दक्षता अनुसारको जिम्मेवारी र व्यवस्थापन गरि पार्टी पद्धतिलाई अवलम्बन गर्दै पार्टी भित्र समस्याको रुपमा रहेको अन्तर विरोधलाई अन्त्य गरि नेकपालाई आम नेपाली जनताको आशा र भरोसाको पार्टी र हरेक जाती,धर्म,वर्ग,लिङ्ग,क्षेत्रको प्रतिनिधित्व गर्ने पार्टी भएको अनुभव गराउन सबै नेता कार्यकर्ताले महत्त्वपूर्ण जिम्मेवारी यसबेला पुरा गर्नैपर्छ ।

अन्त: त जनस्तर सम्म फैलिँदै गएको पार्टी भित्रको अन्तर विरोधलाई कार्यकर्ता स्तर सम्मै पुग्नबाट जोगाएर यी सबै भरम चिर्दै बाकी रहेका पार्टी एकताको कामलाई पूरा गरी नेकपा दुर्घटनामा परिसक्यो भन्ने भरमलाई पर्दाफास गरि नेकपालाई पुर्ण दुर्घटना हुनबाट हामी सबै मिलेर बचाउन आ-आफ्नो क्षेत्रबाट दबाब सिर्जना गर्न जरुरी छ।यश बेला कुनै ब्यक्ति समूह नभनि अन्तिम साथ नेकपालाई दिन हामी सबै सक्रिय हुन आवश्यक छ ।

नरेश बडुवाल
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी सदस्य

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार