होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
पर्वत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काममा आलटाल गर्ने कर्मचारीलाई पाता कस्ने कानुन निर्माण हुन लागेको बताएका छन् । प्रेस संगठन नेपालले पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पण्डितले तोकिएको जिम्मेवारी पूरा नगर्ने र कामचोर कर्मचारीका लागि पाता कस्नेगरी कानुन निर्माण हुन लागेको बताएका हुन् । मन्त्री पण्डितले स्थायी […]
काठमाडौं । चितवनमा शनिबार पनि पत्रकार रवि लामिछाने समर्थक र प्रहरीबीच झडप हुँदा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।पत्रकार लामिछाने समर्थक भीडले निषेधित क्षेत्र तोड्न खोजेपछि दुई पक्षबीच झडप भएको हो । लामिछानेका समर्थकले प्रहरी कार्यालयमा समेत ढुंगामुढा गरेपछि प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेर भीडलाई तितरबितर बनाएको छ । यसअघि शुक्रबार साँझ पनि प्रहरी […]
काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनुपर्ने बाध्यता रहेको बताएका छन् । राष्ट्रिय चिकित्सक संघ र नेपाल प्रगतिशील चिकित्सक संघले आज काठमाडौँमा गरेको अन्तरक्रियामा उनले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठीक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताए । नेकपाको सचिवालय […]
परासी, ३१ साउन । ६५ हजार रुपैयाँ घुस रकमसहित अख्तियार दुरुपयोग अनुन्धान आयोगले पश्चिम नवलपरासीबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–३ स्थित सिद्धार्थ माविका अध्यक्ष केदार गिरी र सोही विद्यालयका प्रधानाध्यापक लेखनाथ उपाध्याय रहेका छन् । अख्तियार आयोग कार्यालयका सूचना अधिकारी सुरेश भुसालका अनुसार शिक्षकको सरुवा सहमति […]
काठमाडौं: प्रहरी प्रधान कार्यालयले ७९ नायब उपरिक्षक(डीएसपी)को सरुवा गरेको छ। बिहीबार साँझ सूचना जारी गर्दै कार्यालयले उक्त जानकारी दिएको हो। को कहाँ पुगे, हेर्नुस् सूची
३१ साउन, काठमाडौं । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवंगत आफन्तका सम्झनामा आज गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना इलाकामा परिक्रमा गराउनाका साथै उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ । यसरी नगर […]
ललितपुर– ललितपुरको जाउलाखेलस्थित राष्ट्रिय दलित आयोग विगत करीब साढे तीन वर्षदेखि पदाधिकारीविहीन छ । लामो समयदेखि आयोग पदाधिकारीविहीन हुँदा दलित समुदाय सेवाबाट बञ्चित भएको छ । आयोगमा कर्मचारी भए पनि जातीय भेदभाव तथा छुवाछूतका घटना दर्ता गर्ने काम मात्र भएको छ । पदाधिकारी नहुँदा अहिले ती मुद्दाको बारेमा सरकारलाई निर्देशन दिनुको सट्टा व्यवस्थापन मात्र गरिएको […]
काठमाडौं, साउन ३०-कार्यालयमा काम गरिरहेका म्यादीको बेनी नगरपालिका २ का वडाध्यक्ष हिराबहादुर थापालाई मोसो र चप्पलको माला लगाएर दुर्व्यवहार गरिएको छ। बिहीबार बिहान ११ बजे वडा कार्यालयमा काम गरिरहेका थापालाई मोसो र माला लगाइएको हो। मोसो लगाउने समूहको पहिचान भइनसकेको तर नेत्र विक्रम चन्द विप्लव समूहले लगाएको हुन सक्ने आशंका गरिएको प्रमुख जिल्ला अधिकारी लिलाधर […]
काठमाण्डौ । कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न आई पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित बम विष्फोट भएको छ । बम विष्फोट विप्लप समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । […]
धनगढी, २९ साउन – सुदूरपश्चिम प्रदेश सरकारले हिन्दुधर्मा लम्बीहरूको पर्व रक्षाबन्धन को अवसरमा सार्वजनिक िबदा दिने निर्णय गरेको छ । साउन २२ गते बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषद बैठकले रक्षाबन्धन को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।
धनगढी, साउन २९ । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको डेढ वर्ष पूरा भएको छ। यो अवधिमा पनि अझै कर्मचारी पर्याप्त पुगेका छैनन्। प्रदेशभरी दुई हजार ३११ जना कर्मचारीको दरबन्दी रहे पनि अझै सबै कार्यालयमा कर्मचारीको पदपूर्ति हुन नसकेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। कर्मचारी अभावले समस्या भइरहेको बेला प्रदेश सरकारले भने आफै कर्मचारी भर्ना […]
सरकारले आज सोमबार सार्वजनिक विदा दिएको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा प्रदेश नम्बर २ सरकारले आज सोमबार सार्वजनिक विदा दिने निर्णय गरेको मुख्यमन्त्री लालबाबु राउतले जानकारी दिए । मुख्यमन्त्री राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै इदका अवसरमा समस्त मुस्लिम समुदायलाई शुभकामना सन्देश पनि दिएका छन् । शुभकामना सन्देशमा उनले […]
प्रदेश ५ ब्युरो बुटवल : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको आधार इलाका मानिन्छ, प्रदेश ५ । सशस्त्र द्वन्द्वको केन्द्र रोल्पासहित कपिलवस्तु, दाङ र रूकुम पूर्वमा विप्लव कार्यकर्ताको बाहुल्य देखिएको छ । उनीहरूले विगतमा झैं ‘जनसरकार’ खडा गरेका छन् । उनीहरूका उर्दी र चन्दाको मुख्य निशाना भने जनप्रतिनिधि र स्थानीय सरकार बनेका छन् । प्रदेश […]
२७ साउन, काठमाडौं । अनियमितता र बेथितिसँग सम्बन्धित विषय नै आजका मुख्य दैनिक पत्रिकाहरूको हेडलाइन बनेको छ । यसबाहेक आर्थिक, सामाजिक, राजनीतिकलगायत विषयलाई पनि पत्रपत्रिकाहरूले आज समेटेका छन् । चुरे क्षेत्रको वन फँडानीको तस्वीर छापेको अन्नपूर्णले पूर्वसभासदले ५ महिनाअघि जन्माएको बच्चा हालसम्म लिन अस्वीकार गर्दै अस्पतालमै छाडेको लेखेको छ । पूर्वसभासद् गायत्री साह दम्पतीले मेडिसिटी […]
काठमाडौ – आरक्षण बचाऔं आन्दोलनका १९ जना नेताहरुलाई प्रहरीले पक्राउ गरेको छ । आइतबार भद्रकालीबाट सिंहदरबारतर्फ अघि बढ्ने क्रममा आन्दोलनमा सहभागी नेताहरुलाई प्रहरीले पक्राउ गरेको हो । गोविन्द छन्त्याल, भक्त विश्वकर्मा ,कुमार लिंदेन, दलमर्दन कामी खगेन्द्र माखिम सुखवीर थामी सहेक विश्वकर्मा, हेमन्त राई, काशिन्द्र यादव,राकेश राई ,सि एन थारू कल्पना सुनार, उस्पार सुनार,थाङ्साङ लावती ,वाङ्जु तामाङ […]
काठमाडौं । मुलुकको प्रचलित कानुनले दण्डनीय भनेका विषयमा पनि संसदीय समितिमा छलफल हुने गरेका छन् । संघीय संसद प्रतिनिधिसभा अन्तर्गतका राज्य व्यवस्था तथा शुसासन समितिको आईतबारको बैठकमा कानुनले दण्डनीय मानिसकेको बहुविवाहका बारेमा समाजमा विद्यमान रितिरिवाज, धर्म, संस्कृति र जातिय परम्पराका नाममा चलिआएका प्रथालाई कानुनतः दण्डनीय मान्न नमिल्ने तर्कका साथ व्यापक बहस भएको छ । समितिका […]
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठकले स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने भएको छ । केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा हिजो साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारीसहित नेताहरूको बैठकले तल्लो तहको संरचना सहमतिबाट टुंगो लगाउने गरी निर्देशिका तयार पारेको थियो । समायोजन भएका निर्वाचन क्षेत्रका साथै नगर र […]
पर्सा : भोली सोमबार अर्थात साउन २७ गते प्रदेश २ सरकारले बकर इदको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले साउन २७ गते सोमबार सार्वजनिक विदाको जानकारी दिँदै सबैमा शुभकामना सन्देश पनि दिएका छन् । शुभकामना सन्देशमा उनले इद पर्वले प्रदेश २ का साथै मुलुकमै भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भनी […]
दाङ — बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर ओली चढ्ने रा १ झ १५२ नम्बरको गाडीमा शनिबार राति आगजनी भएको छ । मुर्कटी बजारस्थित घरनजिकै रहेको वडानं. ५ को कार्यालयमा पार्किङ गरेको समयमा राति १ बजेतिर आगजनी भएको अध्यक्ष ओलीले बताए । प्रहरी चौकी कमिरेचौरबाट खटिएको प्रहरी र स्थानीयको सहयोगमा राती आगो निभाइएको उनले बताए । बंगलाचुली जिल्लाको […]
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अधिकांश स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुले सचिवालयमा रहेका नेताहरुलाई बिभागीय प्रमुखको जिम्मेवारी नदिन लिखित र मौखिक सुझाव दिएका छन् । जिम्मेवारी पाउन बाँकी रहेका स्थायी कमिटी तथा केन्द्रीय कमिटी सदस्यहरुको रुचि अनुसार भूगोल, विभाग र मोर्चा संगठनको जिम्मेवारी दिनका लागि महासचिव विष्णु पौडेलले व्यक्तिगत रुपमा भेटेर उनीहरुको […]