होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो दुई बजे बस्दै
राजनीति

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो दुई बजे बस्दै

  • नागरिक रैबार
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज दिउँसो दुई बजे बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ । बैठकले स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने भएको छ ।

केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा हिजो साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारीसहित नेताहरूको बैठकले तल्लो तहको संरचना सहमतिबाट टुंगो लगाउने गरी निर्देशिका तयार पारेको थियो ।

समायोजन भएका निर्वाचन क्षेत्रका साथै नगर र गाउँपालिकामा गाभिएका वडा र गाविसका नेतृत्व सहमतिबाट टुंगो लगाउने नेताहरुले समझदारी गरेका छन् ।

विज्ञापन

नेतृत्व चयन भूगोल, जनसंख्या, वरिष्ठतासहितका विकल्पलाई आधार बनाएर नेतृत्व चयन गर्ने बताइएको छ आज दिउँसो बस्ने बैठकले अन्तरिम संरचना गठन निर्देशिका टुंगो लगाउने तयारीमा रहेको काँग्रेसले जनाएको छ । अन्तरिम संरचना गठनको विषयमा विवाद भएपछि केन्द्री समितिको बैठक एक महिनादेखि प्रभावित हुँदै आएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार