होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, साउन १२, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कर्मचारीको पाता कस्ने कानुन बन्दै छ :मन्त्री पण्डित
देश/प्रदेश

कर्मचारीको पाता कस्ने कानुन बन्दै छ :मन्त्री पण्डित

  • नागरिक रैबार
कर्मचारीको पाता कस्ने कानुन बन्दै छ :मन्त्री पण्डित

पर्वत । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले काममा आलटाल गर्ने कर्मचारीलाई पाता कस्ने कानुन निर्माण हुन लागेको बताएका छन् । प्रेस संगठन नेपालले पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री पण्डितले तोकिएको जिम्मेवारी पूरा नगर्ने र कामचोर कर्मचारीका लागि पाता कस्नेगरी कानुन निर्माण हुन लागेको बताएका हुन् ।

मन्त्री पण्डितले स्थायी कर्मचारी हुँ भनेर स्थानीय तहमा दादागिरी देखाउने कर्मचारीलाई पाता कस्नेगरी कानुन निर्माण गरिने बताए । मन्त्री पण्डितले राज्यले दिएको जिम्मेवारी पूरा नगर्ने कर्मचारीले दिएको राजीनामासमेत स्वीकृत गर्ने चेतावनीसमेत दिए ।

उनले सामूहिक राजीनामा आएमा राजीनामाउपर एकपटक विचार गर्ने अवसर कर्मचारीलाई दिनेसमेत बताए । पुनर्विचारमा समेत कर्मचारीले राजीनामा फिर्ता नलिएमा सामूहिक राजीनामा स्वीकृत गर्ने बताए । मन्त्री पण्डितले समायोजनको सबै काम सकिन लागेको तर पदस्थापना भने बाँकी रहेको समेत बताए ।

विज्ञापन

समायोजनसँगै पदस्थापना गर्दा कतिपय स्थानीय तह रित्तै हुने भएका कारण पनि समायोजनपछि मात्रै पदस्थापन गर्न लागिएको मन्त्रीको भनाइ छ । उनले कर्मचारीले रोजेको ठाउँमा र खोजेको ठाउँमा नै समायोजन गरिएको जानकारी दिँदै कर्मचारीले तोकिएको जिम्मेवारी भने बहन गर्नुपर्ने बताए ।

अर्को एक प्रसंगमा मन्त्री पण्डितले भ्रष्टाचार गर्ने कर्मचारीलाई देशभरिबाटै अख्तियारले कारबाही गर्ने प्रक्रिया अघि बढाएको बताए । उनले भ्रष्ट कर्मचारीका कारण अख्तियारको थुनुवा कोठा भरिएको भन्दै अब हल नै निर्माण गरी कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिए । मन्त्री पण्डितले कर्मचारीसँगै जनप्रतिनिधिसमेत भ्रष्टचारी बन्दै गएको समेत बताए ।

उनले पाँच वर्षको अवधिमा कम्तीमा २५ प्रतिशत कर्मचारी र जनप्रतिनिधिलाई अख्तियारले कारबाही गर्ने दाबी गरे । सरकारले अख्तियारलाई सक्रिय बनाउँदै कर्मचारीसँगै जनप्रतिनिधिको समेत निगरानी गरिरहेको खुलासा गरे ।

मन्त्री पण्डितले स्थानीय तहमा स्थायी रूपमा रहेका कर्मचारीको समेत सरुवा हुने व्यवस्था छिट्टै सुरु हुन लागेको समेत बताए । उनले अयन्त्र सरुवा नहुने भन्दै स्थानीय तहका कर्मचारीले स्थानीय तहमा दादागिरी देखाएको समेत आरोप लगाए ।

राजधानीदैनिकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती
देश/प्रदेश
साँफे-मार्तडी राजमार्ग अवरुद्ध, यात्रुलाई सास्ती

बाजुरा ४ साउन। निरन्तरकाे वर्षापछि आएको पहिराले साँफे–मार्तडी राजमार्ग अवरुद्ध भएको छ ।  राजमार्गको ताप्रीसेरा, रिला र मार्तडीको कारागार नजिकै पहिरो गएपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रसिं कार्कीले जानकारी दिएका छन् । उनका अनुसार राजमार्गको बुढीगंगा नगरपालिका–३ ताप्रीसेरा, बडीमालिका नगरपालिका ४ रिला र बडिमालिका-९ कारागार नजिकै पहिरो गएको बताए। विज्ञापन राजमार्गमा पहिरो गएपछि लामो तथा छोटो दूरीका सवारिसाधनकाे आवतजावत ठप्प भएकाे छ  । सवारिसाधन नचल्दा […]

  • १ हप्ता अगाडि