होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
मदन विक/बाजुरा ११ चैत्र। नेपाल सरकारले कोरोना भाईरस (कोभिड–१९) को संक्रमण हुन नदिन मंगलबारबाट देश भरका जिल्लाहरुमा लकडाउन गरेको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका ७७ वटै जिल्लाहरुमा लकडाउन गरेको थियो । तर बाजुरामा भने लकडाउनको अवज्ञा भएको पाईएको छ । सरकारले लकडाउन गरेको […]
काठमाडौं । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि, अर्थमन्त्री युवराज खतिवडाले चिकित्सा सामग्री ल्याउन चीन र भारत दुवै देशसँग पत्राचार भइरहेको बताएका छन् । मंगलबार बसेको कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको १२ औं बैठकले गरेको निर्णय सार्वजनिक गर्दै सरकारले ल्याउने प्रक्रिया अलि लामो हुनाले निजी क्षेत्रलाई पनि त्यस्ता सामग्री ल्याउन प्रस्ताव आह्वान […]
विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ। चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले आफूसँग कोरोना भाइरससंँ लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउने तयारी गरेको […]
सुदूरपश्चिम प्रदेश सरकारले विश्व व्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको रोकथाम तथा व्यवस्थापनका लागि स्थानीय तहलाई झण्डै तीन करोड उपलब्ध गराउने भएको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले धनगढी उपमहानगरपालिका सहितका ८८ स्थानीय तहलाई कोरोना व्यवस्थापनका लागि दुई करोड ९९ लाख बजेट उपलब्ध गराउने निर्णय गरेको हो। सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले उपमहानगरपालिकालाई पाँच लाख, ३३ […]
बिराटनगर । भनिन्छ, कोरोनाको जोखिम बालबालिका र युवालाई भन्दा वृद्धवृद्धालाई बढी हुन्छ । यस्तो बेलामा ज्येष्ठ नागरिकहरुले सबैभन्द बढी सतर्क हुनुपर्छ र घरभित्रै रहनुपर्छ । तर, मंगलबार बिहान मोरङको तेतरियामा अलि अनौठो दृश्य देखियो । कोरोनाको संक्रमण हुन नदिन सरकारले देशभर लकडाउन गरेकै दिन मंगलबार मोरङको ग्रामथान गाउँपालिकास्थित तेतरियामा रहेकोे सेन्चुरी कमर्सियल बैंकमा ज्येष्ठ नागरिकहरुको […]
नागरिक रैबार चैत ११ धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा थप ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी कवर्ड हल भित्र ४० शैयाको आईसोलेसन कक्ष स्थापना गरेको हो। कोरोनाका शंकास्पद विरामीलाई राख्न आईसोलेसन कक्ष स्थापना गरिएको मन्त्रालयले जनाएको छ। यसअघि धनगढी रंगशालाकै मैदानमा मन्त्रालयले ५० शैयाको आईसोलेसन र २० शैयाको […]
नागरिक रैबार/चैत ११ बाजुरा। बाजुरा जिल्लामा पनि कोरोना भाईरस (कोडिभ–१९) को संक्रमण भित्रिन नदिनका लागि सतर्कता अपनाउन प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेको अध्यक्षताका जिल्ला सुरक्षा समिति १० निर्णय गरेको छ । मंगलबार विहान बसेको सुरक्षा समितिको बैठकले आजबाट १८ गते विहान ६ बजेसम्मका लागि कोरोना भाइरस (कोडिभ–१९) को सम्भावित संक्रमण रोकथाम तथा नियन्त्रणका लागि संक्रात्मक […]
नागरिक रैबार/बाजुरा ११ चैत्र। नेपाल सरकारले मंगलबारबाट देशभरका जिल्लाहरु लकडाउन गर्ने निर्णय गरेपछि अहिले बाजुरा जिल्ला पनि सुनसान बनेको छ । सरकारले मंगलबार बिहान ६ बजेदेखि लागू हुने गरी चैत १८ गते बिहान ६ बजेसम्म देशभरीका जिल्लाहरु लकडाउन गर्ने निर्णय गरेपछि बाजुरा जिल्ला पनि सुनसान बनेको हो । साेमबार बसेको प्रमुख जिल्ला अधिकारी सहितकाे सर्वपक्षीय […]
हिजोको मात्र कुरा हो, वीरगञ्जका एकजना व्यवसायीमा कोभिड-१९ पोजिटिभ भेटिएको गलत समाचार दिने टेलिभिजन र अनलाइन समाचार पोर्टलले तत्काल ‘गल्ती भो’ भन्नु पर्यो। ‘रुसी जनता तर्साउन राष्ट्रपति पुटिनले ५०० सिंह छाडेको’ भन्ने हुँदै नभएको समाचार सेयर गर्नेहरूले तत्काल आफ्नो पोष्ट डिलिट गर्नुपर्यो। यसले देखाउँछ- विशेष परिस्थितिमा कुनै सूचनामा गल्ती हुँदा तपाईंले अरू बेला जस्तो किन […]
धनगढी : लकडाउन उल्लंघन गरेमा ६ महिनासम्म कैद र ६ सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायँ हुने व्यवस्था रहेको छ। उल्लंघनको पुष्टि भए उक्त सजाय हुन सक्ने व्यवस्था रहेको हो। नेपाल सरकारले कोरोना भाइरस संक्रमणको महामारी रोक्ने प्रयासमा एक साताका लागि देशलाई ‘लकडाउन’ गरिसकेको छ। साथै देशभरका नेपालीहरुलाई चैत ११ गतेदेखि चैत १८ गतेसम्म बिहान […]
विश्वमा रहेका लगभग हरेक देशमा फैलिसकेको कोरोनाभाइरस (कोभिड–१९) को महामारीले गति पक्रन थालेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । सोमबार कोरोनाभाइरसबाट संक्रमित हुने सङ्ख्या ३ लाख ५० हजार पुगेको छ भने मृत्यु हुनेको सङ्ख्या १५ हजार नाघेको छ । महामारीको गति बढ्दैछ,’ डब्लूएचओका प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले जेनेभास्थित हेडक्वार्टरमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘पहिलो १ […]
नागरिक रैबार/बाजुरा १० चैत्र। नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुराका कार्यालय सदस्य नेता नयाँराम विकको मृत्युको घटनामा संलग्न भएका जगन्नाथ गाउँपालिकाका पाँच जना विरुद्ध जिल्ला प्रहरी कार्यालय बाजुरामा कर्तव्य ज्यान सम्वन्धि कसुरमा किटानी जाहेरी दर्ता गरिएकाे छ । नेता बिक गत शुक्रबार बिहान गाउँपालिका वडा नं. ५ बामनजीउला घोडेढुङ्गा स्थित मिमा बुढाको घरको आँगन खलामा फेरुवाको […]
बार्सिलोना। गैर आवासीय नेपाली संघ (एनआरएन) ले कोरोना भाइरसको महामारीविरुद्ध लड्न नेपाल सरकारलाई एक करोड रुपैयाँ सहयोग गर्ने भएको छ । नेपाल सरकारद्वारा गठित केन्द्रीय राहत कोषमा १ करोड रुपैयाँ जम्मा गर्ने निर्णय संघको आइतबार बसेको अन्तर्राष्ट्रिय परिषद (आईसीसी) को बैठकले गरेको हो । संघका प्रवक्ता डीबी क्षेत्रीका अनुसार संघले कोरोना संक्रमणको महामारीविरुद्ध लड्न र […]
१० चैत, काठमाडौं । कोरोनाका महामारीविरुद्ध लड्न सरकारले गरेका निर्णय र भइरहेका काम नै आजका पत्रिकाका प्रमुख समाचारहरु हुन् । सरकारले आजबाट नेपालका सबै सीमा नाकाहरु एक साताका लागि बन्द गर्ने निर्णय गरेको छ । सीमा नाका बन्द हुँदा मानिसहरुको आउ–जाउ बन्द भए पनि अत्यावश्यक सामानको ढुवानी भने रोकिने छैन । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण […]
काठमाडौं – नेपालमा पश्चिमी वायु स्थानीय वायुको प्रभाव कायम रहेकाले आज अपरान्ह पहाडी भेगमा बर्षाको पूर्वानुमान गरिएको छ । विशेष गरी देशका पहाडी भू-भागमा सामान्य बदली भई मेघ गर्जन/चट्याङ्गसहित क्षणिक वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अन्य स्थानको समेत मौसममा बदलीको सम्भावना भने कायमै रहेको महाशाखाले जनाएको छ । राति पनि […]
नागरिक रैबार/बाजुर ९ चैत्र। बाजुराको सदरमुकाम मार्तडीस्थित कारागार नजिकै स्थापना गरिएको हेल्थ डेक्समा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण भए नभएको बारे जानकारी लिन चेकजाँच सूरु गरिएको छ । जिल्ला बाहिरबाट सदरमुकाम मार्तडी भित्रिने र बाहिरीने नागरिकहरुलाई विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रणका लागि उक्त स्थानबाट सेवा सूचारु गरिएको स्वास्थ्य कार्यालय […]
नागरिक रैबार/बाजुरा ९ चैत्र। जिल्ला समन्वय समितिको बाजुराको समिक्षालयलाई तत्कालका लागि आइसोलेसन कक्षका रुपमा प्रयोग गरिने भएको छ । विश्वभर महामारिका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड–१९) को रोकथाम र नियन्त्रण गर्नका लागि जिल्ला अस्पतालमामा आईसोलेसन कक्ष निर्माणका लागि प्रयाप्त कोठा नभएपछि समन्वय समितिको समिक्षालयलाई प्रयोग गर्न लागिएको हो । जिससको समिक्षालयमा १५ देखि २० वटा […]
नागकि रैबार/बाजुरा ९ चैत्र। जिल्लाको हिमाली गाउँपालिकाले स्वास्थ्य क्षेत्रका लागि २७ जना कर्मचारीलाई नियुक्ति गरेको छ ।गाउँपालिकाले नोबेल कोरोना भाईरस गाउँपालिकामा फैलिन नदिन र प्रत्येक गाउँवस्तीका नागरिकलाई स्वास्थ्य सेवा दिनका लागि २७ जना स्वास्थ्यकर्मीहरु भर्ना गरेको हो । जिल्लाकै विकट ठाउँमा रहेको हिमाली गाउँपालिका हुम्ला, मुगु र कालिकोट जिल्लासँग सिमाना जोडिएको गाउँपालिका हो । अन्य […]
रामबहादुर विक/बाजुरा ९ चैत्र। विश्वमा महामारिको रुपमा फैलिएको नोभेल कोरोना सम्भावित जोखिमलाई लक्षित गरीे बडिमालिका नगरपालिका वडा नं ८ ले माक्स वितरण गरेको छ । वडा नं ८ मा रहेका प्रत्यक घरधुरीलाई आज एक औपचारिक कार्यक्रमका विच मास्क बितरण गरिएको हो । वडा नं ८ वडा कार्यालयको सहयोगमा माहामारीको रुपमा फैलीरहेको कोरोना भाईरसको संक्रमण बाट […]
नागरिक रैबार/बाजुरा ९ चैत्र। बडीमालिका नगरपालिका वडा नं. ८ ले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस कोभिड–१९ को संक्रमणबाट बचाउन वडाबासीका लागि निःशुल्क माक्स वितरण गरेको छ । आइतबार बडीमालिका नगरपालिका वडा नं. ८ ले वडा भित्रका सवै स्थानीयहरुका लागि निःशुल्क रुपमा माक्स वितरण गरेको हो । उक्त माक्सहरु एक कार्यक्रमका विच जिल्ला समन्वय समिति […]