होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
धनगढी : सुदूरपश्चिममा थप एक सय १६ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा ६७ जना र धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा भएको परीक्षणमा बाजुराका ११ महिला र नौँ पुरुष गरी २० जना, बझाङका तीन महिला र १६ पुरुष गरी १९ जना, […]
९ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससागै संक्रमितको कुल संख्या १० हजार नाघेको छ ।
धनगढी : सुदूरपश्चिममा थप ४९ जनामा कोरोना पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा थप ४९ जनामा कोरोना पुष्टि भएको हो। सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी परीक्षणमा कैलालीको गोदावरी नगरपालिकाका १५ महिला र २९ पुरुष सहित ४४ जना, भजनीकी १९ बर्षीय युवती र कैलालीकै ४२ बर्षीय महिलामा कोरोना पुष्टि भएको हो। […]
बाजुरा ९ असार– बाजुराको त्रिवेणी नगरपालिका–६ पन्धाराबाट दुई ओटा बाघको छाला सहित तीन जनालाई पक्राउ परेका छन् । त्रिबेणी नगरपालिका वडा नम्बर ५, ६ र ७ का तीन जना बन्यजन्तु तस्कर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दानबहादुर रोकायाले जानकारी दिए । तीन जनालाई गोप्य सूचनाका आधारमा जंगली जनावरको चोरी सिकारी र पैठारी गर्ने गरेको […]
कुवेतबाट १६० जना नेपाली काठमाण्डौ आइपुगेका छन्। कुवेतमा आममाफीमा सहभागी नेपालीलाई कुवेत सरकारले नै जजिरा एअरमार्फत निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो। आममाफीमा सहभागी भएका झण्डै तीन हजार जनालाई कुवेत सरकारले दिनहुँ एक उडानमार्फत काठमाण्डौसम्म निःशुल्क ल्याइदिइरहेको छ। आममाफीमा सहभागीलाई कुवेत सरकारले नै खान र बस्नको व्यवस्था गरिरहेको छ। यस्तै कतारको दोहाबाट पनि १४५ जना नेपाली आज […]
सुदूरपश्चिमका विभिन्न ठाउँमा भारी वर्षा जारी छ। प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि बिहानैदेखि बर्षा भईरहेको छ। यस्तै मनसुन सक्रिय भएकाले छिनछिनमै मौसम बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् राजु प्रधानाङ्गका अनुसार आज प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश नम्बर ५ का एक दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ। भारी वर्षा […]
आज अन्तर्राष्ट्रिय एकल महिला दिवस। संयुक्त राष्ट्रसंघको महासभाले सन् २०१० को डिसेम्बरमा जुन महिनाको २३ तारिखलाई अन्तर्राष्ट्रिय एकल महिला दिवसका रुपमा घोषणा गरेपछि सन् २०११ देखि यो दिवस मनाउन थालिएको हो। लाखौं एकल महिला र उनीहरुमा आश्रितले भोगिरहेको गरिबी र अन्यायलाई सम्बोधन गर्न राष्ट्रसंघले दिवस मनाउने निर्णय गरेको हो। राष्ट्रसंघले श्रीमान गुमाएका, श्रीमान हराएका, सम्बन्ध […]
धनगढी : सुदूरपश्चिमका विभिन्न अस्पतालमा आईसोलेसन शैया खाली भएपनि कोरोना संक्रमतिलाई भने घर पठाउने गरीएको छ। प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, महाकाली अस्पताल, जिल्ला अस्पतालहरु, जिल्ला स्तरीय अस्पतालहरु र विभिन्न स्वास्थ्य चौकीमा स्थापना गरीएका आईसोलेसन वार्डमा शैया खाली भएपनि संक्रमितलाई घर पठाउने गरीएको हो। प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले सोमवार साँझ सार्वजनिक गरेको तथ्याङक अनुसार सुदूरपश्चिमका १८ अस्पतालमा […]
तनहुँमा सोमबार १७ कोरोना सङ्क्रमित थपिएका छन् । थपिएकामध्ये स्वास्थ्यकर्मी र सुरक्षाकर्मीसमेत छन् । बन्दीपुर गाउँपालिकामा थपिएका ११ मध्ये चिकित्सकसहित दुई स्वास्थ्यकर्मी, एक सुरक्षाकर्मी र आठ क्वारेन्टिनमा बसेका सर्वसाधारण छन् । गाउँपालिकाबाट ३४ जनाको स्वाब सङ्कलन गरी जेठ २८ गते परीक्षणका लागि पठाइएकामा सोमबार उनीहरुमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले जानकारी […]
८ असार, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५३५ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको ९५६१ संख्या पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवा बाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।
८ असार, काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को नेपाल कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ । नेपाल सरकारले लडकडाउन खुकुलो बनाए पनि कोभिड–१९ को महामारी टरिनसकेकाले सतर्कता अपनाउनुपर्ने संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले बताए । उनले भने, ‘हामीले याद गर्नुपर्ने के हो भने महामारी अझै पनि छ […]
८ असार, डोटी । सुदूरपश्चिम प्रदेशमा पुष्टि भएका कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरुमध्ये धेरै युवाहरु रहेको पाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सुदूरपश्चिममा आइतबारसम्म पुष्टि भएको १००७ जना संक्रमितमध्ये करिब ७० प्रतिशत २० देखि ३९ वर्ष उमेर समूहका रहेका छन् । संक्रमित हुनेहरुमा नौ वर्षसम्मका बालबालिकाहरुको संख्या ४.४६ प्रतिशत र ६० वर्षभन्दा […]
धनगढी : स्थानीय तहका पदाधिकारीको सुविधा सम्बन्धी विधेयक पारित सुदूरपश्चिम प्रदेश सभाबाट आज पारित भएको छ। सर्वोच्च अदालतले यसअघि प्रदेश सरकारले बनाएको कानून अनुसार स्थानीय तहका जनप्रतिनिधिलाई सेवासुविधा दिनु संविधान विपरीत हुने फैसला सुनाएपछि सुदूरपश्चिम सरकारले फेरी संशोधन विद्येयक दर्ता गराएकोमा आज पारित भएको हो। स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुको सेवा सुविधा सम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयक […]
बाजुरा– बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा एक चर्च बनाउने काममा बालबालिकाको प्रयोग भएको पाइको छ । सदरमुकाम मार्तडीको खेलकुद मैदानको नजिकै नया निर्माण हुन लागेको चर्चमा बिहान देखी मध्यान्ह सम्म बालकालिकाहरु निकै दुखका साथ बालुवा र गिट्टी बोकीरहेको पाइएकाे हाे । सरकारले बालबालिकाको श्रम हुने गरी कुनै पनि बालबालिकाहरुलाइ श्रममा काम नगर्न भनेको भए पनी सदरमुकामै […]
काठमाडौँ — घरमा साढे तीन वर्षका छोरा छन् तर उनीसँग भेट्न नपाएको डेढ महिना हुन थाल्यो । बाजुराको बूढीगंगा नगरपालिका–१, धुराल्सैनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अनमी दिया सिंह एक्लैको काँधमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेका १७ जना, आरडीटी पोजिटिभ देखिएका २३ जना र चारवटा क्वारेन्टाइनमा रहेका अन्य ५३ जनाको उपचार गर्ने जिम्मेवारी छ । ‘बच्चाको […]
धनगढीः सुदूरपश्चिम प्रदेशमा सरकारी निकायकै लापरवाहीले कोरोनाको जोखिम बढ्दै गएको छ। प्रदेश सरकार लगायतका निकायले कोरोनाको संक्रमण बढ्दै गएका बेला रोकथाम तथा नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेपछि जोखिम बढेको हो। प्रदेश सरकार मातहतका निकायले कोरोनाको रोकथाम तथा न्यूनीकरणमा काम गरिरहेको दावी गरेपनि जोखिम झनै बढेको छ। कोरोनालाई नियन्त्रण गर्न थप रणनीति अख्तियार गर्न सकेका छैनन्। अहिले […]
धनगढीका युवाहरूको एक समूहले कोरोना भाइरसको सन्त्रासका कारण भारतका विभिन्न शहरबाट कैलालीको त्रिनगर भन्सार सीमानाका हुँदै भित्रिएका नेपालीलाई एक महिनासम्म निःशुल्क खाना तथा पानी वितरण गरी सहयोग गरेको छ। रोयल कोलाबोरेटिभ्स प्रालिका पाँच जनाको युवा समूहले गत जेठ ९ देखि यही असार ६ गतेसम्म लगातार भारतबाट आएका नेपाली नागरिकलाई सीमानाका नजिकै डोकेबजार क्षेत्रमा निःशुल्क खाना […]
७ असार, सुर्खेत । सुर्खेत वीरेन्द्रनगरको अमरज्योति माध्यमिक विद्यालयले पठनपाठन सुरु गरेको छ । लकडाउन खुकुलो बनाए पनि सरकारले विद्यालयलाई तत्काल खुला नगर्ने क्षेत्रमा राखेको छ । तर आफूहरूले सामाजिक दुरी कायम गरेर पठन पाठन सुरु गरेको प्रधानाध्यापक खगेन्द्र थापाले जानकारी दिए । विद्यार्थीको सिकाइलाई निरन्तरता दिन स्वास्थ्य सुरक्षामा पनि ध्यान दिएर पढाइ सुरु गरिएको […]
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाईरसको संक्रमण रोकथाम तथा नियन्त्रणमा झण्डै ५६ करोड बजेट खर्च गरेको छ। सरकारले खडा गरेको कोरोनाको जोखिम नियन्त्रण, उपचार तथा व्यवस्थापन कोषबाट ४२ करोड सहित करिब ५६ करोड खर्च गरेको हो। सुदूरपश्चिम प्रदेशको गत चैत ११ गतेको मन्त्रीपरिषदको बैठकले प्रदेशमा कोरोना भाईरसको रोकथाम, जोखिम न्यूनिकरण, क्वारेन्टिन तथा आपतकालिन व्यवस्थापननका लागि […]
नागरिक रैबार/बाजुरा ७ असार । बाजुरामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आइतबार कोरोना संक्रमित थप भएका २ जना त्रिवेणी नगरपालिकाका ५० वर्षकी महिला र २२ वर्षका पुरुष रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएकाे छ । उनीहरु २ जनाको धनगढी प्रयोगशालामा भएको परीक्षणमा कोरोना पुष्टि भएको हो। याे संगै बाजुरामा कोरोना संक्रमीतकाे संख्या ७२ […]