होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, चैत्र १६, २०८०
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमणबाट एकको मृत्यु
देश/प्रदेश

प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमणबाट एकको मृत्यु

  • नागरिक रैबार
प्रदेश १ मा पहिलो पटक कोरोना संक्रमणबाट एकको मृत्यु

काठमाडौं, ०२ साउन । प्रदेश १ मा पहिलोपटक एक कोरोना संक्रमितको मृत्यु भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक कोरोना संक्रमित वृद्धको मृत्यु भएको हो ।

बुधबार अस्पताल भर्ना भएका उनको बिहीबार कोरोना पोजेटिभ रिपोर्ट आएकाे थियो । त्यसपछि उनलाई आइसोलेशनमा राखेर उपचार गर्नेक्रममा बिहीबार नै मृत्यु भएको हो । मृतक सप्तरी राजविराज नगरपालिका–१ रहेका ७३ वर्पीय वृद्ध रहेकाे बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपाले जनाएको छ ।

मृतक वृद्ध उच्च रक्तचापसँगै र मुटु रोगको उपचारका लागि भर्ना भएका थिए । तर उनको कोरोनाको आशंकामा स्वाब पनि संकलन गरिएको थियो । प्रदेश १ मा यसअघि कोरोना भाइरसका कारण कसैको ज्यान गएको थिएन । यो सँगै नेपालमा भने कोरोनाका भाइरस संक्रमणबाट ज्यान जानेको संख्या ४० पुगेको छ ।

विज्ञापन

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार