होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
काठमाडाैँ । दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ ले कडा आन्दोलनको घोषणा गरको छ । अभियानले १६ बुँदे मागसहित चरणबद्ध आन्दोलनको घोषणा गरेको हो । जसअनुसार हरेक शनिबार माइतीघरदेखि बानेश्वरसम्म र्याली गरेर कोषसभा गर्ने, २४ गतेदेखि नेपाल बन्द गर्ने, देशका विभिन्न स्थानमा आमसभा र कोषणासभा गर्ने तय भएको प्रसाईँले बताए […]
काठमाडौँ । राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले मतदान गरेका छन् । नयाँ बानेश्वरस्थित मतदान स्थलमा पुगेर नेम्वाङले मतदान गरेका हुन् । बिहान ९ बजेदेखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म चल्नेछ । अर्का उम्मेदवार रामचन्द्र पौडेल पनि मतदानस्थलमै छन् । यसैबीच मतदान अघि राष्ट्रपतिका उम्मेदवार नेम्बाङले देश र जनताका अगाडि चुनौती रहेको बताएका छन् । उनले […]
काठमाडौं । नेपालको तेस्रो राष्ट्रपति चयनका लागि मतदान सुरु भएको छ । संसद भवन नयाँबानेश्वरमा मतदान सुरु भएको हो । राष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङ उम्मेदवार छन् । मतदान सुरु हुनुपूर्व नै मतदानस्थल पुगेका उम्मेदवार रामचन्द्र पौडेलले मतदान गरिसकेका छन् ।निर्वाचन सकिएलगत्तै संसद भवन […]
काठमाडौँ — अहिले काठमाडौं उपत्यकासहित देशभरका पहाडी भूभागमा वर्षा भइरहेको छ । बुधबार बिहानैदेखि काठमाडौंसहित देशभरका पहाडी भूभागमा वर्षा हुँदा जनजीवन सामान्य प्रभावित बनेको हो । पश्चिमी वायुको सामान्य प्रभावका कारण वर्षा भएको हो । हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा […]
हरेक वर्ष मार्च ८ को दिन विश्वभर अन्तर्राष्ट्रिय नारी दिवस मनाइन्छ । महिलाको हक, अधिकार, पहिचान र सम्मानका लागि भएको संघर्षको सम्मानस्वरुप यस दिन अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको रूपमा मनाइने गरिंदै आएको छ । यस वर्ष ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइँदैछ । हुन त यस दिवसलाई नारी दिवस भन्ने कि महिला श्रमिक दिवस ? भन्ने […]
काठमाडौं । निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रूपमा हर्षोल्लासका साथ हिमाल–पहाड र तराईमा फरक फरक दिनमा मनाइने होली पर्व (फागुन पूर्णिमा)का अवसरमा सबैमा शुभकामना व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले आज जारी गरेको शुभकामना सन्देशमा होली पर्व २०७९ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका समस्त दिदीबहिनी […]
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले आज जारी गरेको शुभकामना सन्देशमा पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिहरूलाई निर्मूल गर्दै मौलिक संस्कृतिहरूको संरक्षण र […]
काठमाडौं: परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो। २६ वैशाख २०८० देखि सुरु हुने परीक्षा ५ जेठमा सकिनेछ । […]
रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने गरिन्छ । […]
काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नेपाल सरकारको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक कार्यक्रममा उनले आर्थिक वर्ष २०७८-७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका हुन् सरकारले सो आर्थिक वर्षमा सम्पादन गरेका काम कारबाही समेटिएको प्रतिवेदन राष्ट्रपति भण्डारी समक्ष प्रस्तुत गरिएको हो । संवैधानिक व्यवस्थाअनुसार सरकारले […]
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाइ बहुमतका साथ विश्वासको मत प्राप्त गरेका छन् ।प्रदेश सभाको आज आह्वान गरेको बैठकमा मुख्यमन्त्री शाहले दुई तिहाइ प्रदेश सभा सदस्यहरुको विश्वासको मत प्राप्त गरेका हुन् । प्रदेश सभामा मुख्यमन्त्री शाहले आफ्नो दल कांग्रेसका १९ (आफूसहित), नेकपा माओवादी केन्द्रका १० (सभामुख बाहेक), नागरिक उन्मुक्ति पार्टीका ७, […]
काठमाडौँ- सुदूरपश्चिमका मुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले दलको बैठक बोलाएका छन् । आजको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री शाहले अहिले १० बजे प्रदेश संसदीय दलको कार्यालयमा दलको बैठक बोलाएका हुन् । नेकपा एमालेले विश्वासको मत नदिने निर्णय नै गरिसकेको छ। माओवादी र नागरिक उन्मुक्ति पार्टीले पनि मत नदिने बताइरहेको […]
नागरिक रैबार/बाजुरा २० फागुन। सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री नरेश कुमार शाहीले सुदूरपश्चिम प्रदेश सरकार मिडिया मैत्री हुने बताएका छन् । नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिकाे तेस्राे उद्घाटन समाराेहमा शुभकामना मन्तब्य दिनै मन्त्री शाहीले प्रदेश सरकारले गर्ने सवै कार्यहरू जनताकालागि गर्नुपर्ने भएकाले मन्त्रालयले सुचना लुकाउनु पर्ने कुनै कारण हुदैन, सवै कुरा पत्रकार मार्फत […]
नागरिक रैबार/बाजुरा २० फागुन।बाजुराको बडीमालिका नगरपालिका-९ उखाडीका ५६ वर्षका लालमनी उपाध्यायको कृतिम खुट्टा फेरिएको छ । घरको आर्थिक अवस्था कमजोर भएका कारण कृतिम खुट्टा फेर्न नसकी घरमै थलिएर बसेका लालमनीको समाचार विभिन्न संचार माद्यममा प्रकाशन भएपछि उनको कृतिम खुट्टा फेरिएको हो । लालमनीलाई पत्रकार तथा सामाजिक अभियान्ता प्रकाश सिंहले बाजुराबाट उद्धार गरेर उपचारका लागि काठमाण्डौं […]
धनगढी । नेकपा एमालेले सञ्चालन गरेको ग्रास रुट कार्यक्रममा नेता कार्यकर्ताबीच तीव्र मतभेद देखिएको छ ।एमालेको ग्रास रुट कार्यक्रम जनजागरण भन्दा पनि नेताहरूका गुटगत भेलाको रूपमा परिणत भएको देखिएको हो । जहाँ नेता कार्यकर्तामा फुट देखिएको हो । शुक्रबार मात्रै अछामको साँफेबगरमा केपी ओली समूह र भीम रावल निकट समूहले छुट्टाछुट्टै ग्रास रुट कार्यक्रम गरेको […]
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभामा आइतबार विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गर्ने भएका छन् । सो प्रयोजनका लागि आइतबार दिउँसो १ बजे बस्नेगरी प्रदेशसभा बैठक आह्वान गरिएको छ । प्रदेशसभा सचिव देवबहादुर बोगटीका अनुसार सभामुखको आदेशले आइतबारका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । मुख्यमन्त्री शाहले विश्वासको मत लिने व्यवस्था मिलाइदिन सभामुखलाई […]
काठमाडौं, १९ फागुन । पशुपति क्षेत्रमा अतिक्रमित गरी निर्माण गरिएका संरचना हटाउन काठमाडौँ महानगरपालिकाले २४ घण्टाको अल्टिमेटम दिएको छ । महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा गरिएका अतिक्रमित संरचनाको निरीक्षण गरेपछि ती संरचना हटाउन निर्देशन सहितको अल्टिमेटम दिएको जानकारी पाएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताए । ‘हामीलाई औपचारिकरुपमा महानगरले जानकारी दिएको छैन, तर अतिक्रमण […]
जनकपुरधाम । दलितको भोज खाएको भन्दै महोत्तरीको एक परिवार सामाजिक बहिष्कारमा परेको छ । महोत्तरीको सोनमा गाउँपालिका ४ खेसराहका भिखारी महतोको परिवारलाई ‘अछूत’ भन्दै समाजले बहिष्कार गरेको हो । महतोले गत पुस १९ गते गाउँकै शुभनारायण राम (चमार)को घरमा भोज खाएका थिए । तेस्रो सन्तानको रुपमा छोरा पाएको खुसीमा (६ दिनमा हुने छठिहार)मा शुभनारायणले साधुसन्तको […]
काठमाडौं – हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली हुनेछ । बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा […]