होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
सरकारी कार्यालयमा खाजा समय आधा घण्टा कायम गरिएको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत सरकारी कार्यालयमा खाजा समय एक घण्टाबाट घटाएर हरेक दिन १ः३० देखि २ बजेसम्म कायम गरिएको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘सरकारी कार्यालयमा कर्मचारीहरूको खाजा समय लामो हुँदा सेवाग्राहीलाई असर परेको गुनासो सुनिँदै आएको छ। खाजा पनि खानु […]
बाजुरा। नेकपा एमाले निकट जनसंगठनहरुलाई आफ्ना जिल्ला अधिवेशन गरिसक्न निर्देशन गरिएको छ । नेकपा एमाले बाजुराको दोस्रो पूर्ण बैठकको निर्णयपछि आइतबार पार्टी कार्यालयमा राखिएको पार्टी निकट जनसंगठनका प्रमुखहरुसंगको छलफलमा एमाले बाजुराले आगामी मंसिर भित्र सबै जनसंगठनका जिल्ला अधिवेशन सक्न निर्देशन दिएको हाे । अधिवेशन गर्नु पूर्व सबै जनसंगठनले सदस्यता नविकरण गर्नु पर्ने, नयाँ सदस्यता पनि […]
सुदूरपश्चिममा स्वास्थ्य बीमा गराउनेको सङ्ख्या क्रमशः बढ्दै गएको पाइएको छ । सरकारी स्वास्थ्य संस्थामा उपचार गराउँदा बीमा बोर्डले उपचारमा लागेको खर्च व्यहोर्ने भएपछि बीमा गराउने सङ्ख्या बढ्दै गएको हो । पछिल्लो समयमा सुदूरपश्चिममा स्वास्थ्य बीमा कार्यक्रममा समावेश हुनेको सङ्ख्या क्रमशः बढिरहेको स्वास्थ्य बीमा बोर्ड सुदूरपश्चिमका प्रमुख जनकबहादुर साउदले बताए। उनले सूचना व्यवस्थापन प्रणालीको तथ्यांकअनुसार सुदूरपश्चिममा […]
काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले सुदूरपश्चिम पर्यटकीय आकर्षणको केन्द्र भएपनि राज्यबाट पछि परेको बताए । उनले भने, ‘सुदूरपश्चिम पर्यटकीय रूपमा भर्जिन छ । तर पनि राज्यबाट पछि परेको छ । मानव […]
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले शिक्षा विधेयकमा प्रस्तावित जिल्ला शिक्षा कार्यालय रहने व्यवस्था हटाउन माग गरेका छन् । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक २०८० मा परेको संशोधनबारे छलफल गरिरहेको छ ।संशोधनकर्तामध्ये एक कांग्रेस सांसद थापाले प्रस्तावित जिल्ला शिक्षा कार्यालयलाई संविधानले नै नचिन्ने बताए । उनले भने, ‘जिल्ला शिक्षा कार्यालय […]
काठमाडौं– हरेक वर्ष दसैँका लागि नयाँ नोट साट्दै आएको नेपाल राष्ट्र बैङ्कले यस पटक सुकिला नोट मात्र दिने भएको छ । दसैँ–तिहार लक्षित नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैङ्कले खर्चको व्यवस्थापन गर्न नयाँ नोटलाई बन्द गरेको जनाएको छ । खर्चको व्यवस्थापन गर्न राष्ट्र बैङ्कले केही वर्षअघिदेखि नयाँ नोटको सट्टा सुकिला नोट दिने […]
काठमाडौं । आगामी चुनावपछि एकल बहुमतको सरकार बनाउने लक्ष्य लिएर दुई चरणको अभियान सकेको नेकपा एमालेले तेस्रो चरणको कार्यक्रममाथि छलफल थालेको छ । केन्द्रीय कार्यालय र सचिवालयबाट पारित भएर तेस्रो चरणको प्रस्तावित कार्यक्रम पोलिटब्यूरोमा पुगेको छ । महासचिव शंकर पोखरेलले मंगलबार केन्द्रीय मूख्यालय च्यासलमा सुरु भएको पोलिटब्यूरो बैठकमा ३३ पृष्ठ लामो वार्षिक कार्ययोजना प्रस्तुत गरेका […]
काठमाडौं– आधा दर्जनभन्दा बढी धेरै सहकारी संस्थाको बचत रकम दुरुपयोग आरोप लागेका गितेन्द्रबाबु राई (जीबी) करिब एक वर्षदेखि फरार छन् । दुई वर्षअघिसम्म रवि लामछिानेका साझेदार उनी अहिले मलेसियामा लुकेर बसेको सूचना सरकारसँग पनि छ । तर उनी पक्राउ पर्न सकेका छैनन् । वर्तमान सरकारका गृहमन्त्री रमेश लेखकले केही समयअगाडि जीबीलाई समात्न नेपाल प्रहरीले आफ्नो […]
काठमाडाैँ- पत्रकारको छाता संगठन नेपाल पत्रकार महासंघको निर्वाचन असाेज ५ गते हुने भएकाे छ। गएकाे असार २६ गते चुनाव हुने भनिए पनि महासंघमा सदस्यता शुद्धीकरणलगायत विवादले चुनाव राेकिएकाे थियाे। करिब २ महिनाकाे छलफलपछि चुनाकाे मिति तय भएकाे हाे। महासंघका अध्यक्ष विपुल पोखेलले आइतबार विज्ञप्ति जारी गर्दै महासंघको सबै तहको निर्वाचन एकैसाथ सम्पन्न गर्न निर्वाचन समितिलाई पत्राचार गरिएको […]
नागरिक रैबार। नेकपा एमाले जिल्ला कमिटी बाजुराको दोस्रो पूर्ण बैठकले जिल्लाका ६९ वटै वडामा वडा इन्चार्ज तोकेको छ । पार्टीको भदाै १३ गते मार्तडीमा बसेको दोस्रो पूर्ण बैठकले गरेका निर्णयहरु आज पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको छ । ६९ वटा वडामा जिल्ला कमिटी सदस्यहरुलाइ नै वडाको इन्चार्ज तोक्ने गरी जिम्मेवारी तोकिएको पत्रकार सम्मेलनमा बताइएको छ […]
काठमाडौँ । नेकपा एकीकृत समाजवादीले चुनावमार्फत १७ जना पदाधिकारी छानेको छ । उपाध्यक्ष, उपमहासचिव र सचिव टुंगो लगाउन समाजवादीले मंगलबार निर्वाचन गरेकोमा बुधबार बिहान अन्तिम नतिजा आएको हो । जसअनुसार महिला उपाध्यक्ष पदमा जयन्ती देवी राई निर्वाचित भएकी छन् । उनले नेतृ रामकुमारी झाँक्रीलाई पराजित गरेकी हुन् । यस्तै उपाध्यक्ष (मधेसी समुदाय) पदमा धर्मनाथ प्रसाद साह […]
वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन्। ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ। यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ। […]
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि ‘आत्मनिर्भर नेपाल अभियान’ सुरु गर्दैछ । अभियानको आज दिउँसो १ बजे बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा एक कार्यक्रमबीच आरम्भ हुनेछ । पार्टीको केन्द्रीय स्टार्टअप तथा नवप्रवर्तन विभाग, उद्योग तथा बाणिज्य विभाग, उत्पादन प्रवद्र्धन विभाग, कृषि विभाग र अनुसन्धान तथा अभिलेखीकरण विभागको संयोजनमा रास्वपाले ‘अबको राजनीति आर्थिक समृद्धिका लागि’ भन्दै […]
कञ्चनपुर: सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरु भएको छ।भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने गौरा पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ। आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ। आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ। तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले […]
काठमाडौं । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ । महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका […]
काठमाडौँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज पूर्व गृहमन्त्री तथा रास्वपाका सभापति रवि लामिछानेलाई बयान लिने भएको छ । लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले बताए । बैठक आज बिहान ११ बजेका लागि बोलाइएको भएपनि समितिले लामिछानेलाई दिउँसो २ बजेको […]
काठमाडौं- सरकारले चिनियाँ मल्टिमिडिया सामाजिक सञ्जाल टिकटकमाथि लगाएको प्रतिबन्ध १० महिनापछि हटाउन लागेको छ । बिहीबार सिंहदरबारमा बस्ने मन्त्रिपरिषद बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले टिकटकमाथिको प्रतिबन्ध हटाउनेबारेको प्रस्ताव पेश गर्ने तयारी गरेका छन् । उनले टिकटकले सिंगापुरबाट पठाएको आठौं पटकको पत्रपछि टिकटमाथिको प्रतिबन्ध हटाउने निर्णय बुधबार लिइसकेका छन् । टिकटकमाथिको प्रतिबन्ध हटाउने मन्त्रिस्तरीय निर्णयपछि […]
काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा सभामुखले प्रतिनिधिसभा अन्तर्गतको विषयगत समितिहरूमा सदस्यहरूको नाम हेरफेर गर्ने छन् । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा नियमावली, २०७९ को परिच्छेद–९ बमोजिम सांसदहरुले सोधेका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ । संसद डा. तोसिमा कार्कीले […]
काठमाडौं– भारतको पाँच दिनको भ्रमणमा गएकी परराष्ट्रमन्त्री डा. आरजु राणा आज स्वदेश फर्किँदै छिन् । भारतीय समकक्षी एस. जयशंकरको निमन्त्रणमा आइतबार भारतको नयाँदिल्ली गएकी मन्त्री राणा आज अपराह्न ४ बजे स्वदेश आइपुग्ने उनको सचिवालयले जनाएको छ । परराष्ट्रमन्त्री राणाले भारत भ्रमणका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री जयशंकर र भाजपा विदेश विभाग प्रमुख डा विजय चौथाइवालेलगायतसँग भेटवार्ता […]
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको […]