होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
नागरिक रैबार । बाजुरा ८ कार्तिक । बाजुरा जिल्लाको सदरमुकाम मार्तडी स्थीत कारागारमा रहेका ४७ बढी कैदी बन्दीहरुलाई दसैँ मनाउँन बडीमालिका नगरपालिकाकी उप–प्रमुख कविता विष्टले दुईवटा खसी उपहार दिएकी छिन् । विभिन्न परिघटनामा परि कैदीबन्दी हुन पुगेर जेल जिवन विताई रहेकाहरु दाजुभाइहरुले पनि बडादसैँमा उमङ्गित हुन् पाउँनु पर्छ । हिन्दुहरुको महान चाँडाबाडका बेला गाउँघरमा खुशीयाली […]
गए सालको दशैंमा ।कोटेश्वरको माइक्रो बस काउन्टरहरुमा दुई चक्कर लगाइसक्दा हातगोडा फतक्कै गलिसकेको थियो । चर्को घाम, पेट्रोलको धुँवा र धुलो, मान्छेको भिड । पान दोकान जस्तो काउन्टरमा मुस्किलले टाउको छिराएर सोधें, ‘बिर्तामोडसम्मको भए पनि हुन्छ, टिकट छ ?’ काउन्टरका मान्छे मालपोतका कर्मचारी भन्दा पनि बढी भाउ खाएका । वाक्य फुटे त के ? हेर्दा […]
काठमाडौँ: आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाष्टमी पर्व आज नेपालीले बडादशैँका रुपमा दुर्गा भवानीको विशेष पूजाराधना गरी भव्यरुपमा मनाइँदै छ । बडादशैँको आठौं दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन भएकाले यसको विशेष महत्व छ । आजको दिन शास्त्रसम्मतरुपमा दशैँघर, कोतलगायत राज्यका विभिन्न शक्तिपीठमा पशु बलि दिई […]
डोटीः जिल्लाको जोरायल गाउँपालिका–२ को बिकट बस्ती पनालीगैरामा वर्षौपछि शुद्ध खानेपानी पुगेको छ । उक्त गाउँका दलित समुदायमा निर्माण सुरु गरेको लामो समयपछि शुद्ध खानेपानी पुगेको हो । गाउँमा खानेपानी पुगेपछि स्थानीयवासी खुशी भएका छन् । सो गाउँपालिकाको ३५ प्रतिशत बजेट, ग्रामीण जलश्रोत व्यवस्थापन परियोजनाको ३९ प्रतिशत र उपभोक्ताको २६ प्रतिशत श्रमदान गरी कुल २९ लाख […]
नागरिक रैबार कार्तिक ७ बाजुरा नेपाल कम्युनिष्ट पार्टी ( नेकपा ) बाजुराका कार्यालय सदस्य नेता गगन रावलले जिल्लाको सदरमुकाम मार्तडीमा आर्कषक खेल स्टेडियम बनाउँन आफ्नो पार्टी प्रतिवद्ध रहेको बताएका छन् । शुक्रबार रानीबन स्पोर्टस क्लबद्धारा बडा दसैँको उपलक्ष्यमा आयोजित सेवेन ए साईड खुला फुटबल प्रतियोगिताको समापन कार्यक्रममा खेलाडीहरुलाई उत्साहित पार्दै सो कुरा बताएका हुन् । […]
७ कात्तिक, जनकपुरधाम । प्रहरी भन्दै सर्वसाधारणसँग बलजफ्ती मोबाइल तथा नगद लिने दुई जनालाई महोत्तरीबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका २ बस्ने ३६ वर्षीय प्रकाश कुमार सिंह र धनुषाको जनकपुरधाम उप महानगरपालिका ४ बस्ने ३७ वर्षीय सन्दीप कुमार राउत छन् । प्रदेश २ को प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको बताउँदै मटिहानी […]
काठमाडौं : सरकारले विश्व बैंक समूहको अन्तरराष्ट्रिय विकास संस्थाबाट बजेटरी सहायताका रूपमा प्राप्त हुने २०० मिलियन अमेरिकी डलर (करीब रु २४ अर्ब) बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ। सरकारले अन्तरराष्ट्रिय श्रम संगठनको विधान अनुमोदनका लागि संघीय संसद्समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि गरेको छ। विद्युत् नियमन आयोगको संगठन संरचना र दरबन्दी तेरिज […]
एजेन्सी । इम्पेरियल कलेज लन्डनले बुधबार कोभिड–१९ को पहिलो ‘ह्युमन च्यालेन्ज स्टडी’ सम्बन्धी योजना घोषणा गरेको छ जसमा खोपको प्रभावकारीता परीक्षण गर्न स्वस्थ स्वयमसेवकहरुलाई कोरोना भाइरसले संक्रमित गराइने बताइएको छ । यो खबरसँगै अहिले यस प्रक्रियालाई विवादास्पद ठहर गरिएको छ । यसबाट कोभिड विरुद्धको अध्ययन र खोप विकासमा अनुसन्धानकर्ताहरुलाई फाइदा पुग्ने भएपनि यसले स्वस्थ व्यक्तिहरुको […]
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कूटनीतिक मर्यादाविपरित भेट गरेका छन् । प्रधानमन्त्री ओलीले बुधबार राति बालुवाटारमा परराष्ट्र मन्त्रालयका अधिकारी र राष्ट्रिय अनुसन्धान विभागको प्रमुखलाई नराखीकन गोयलसँग भेटघाट गरी कूटनीतिक मर्यादा उल्लङ्घन गरेका हुन् । गुप्तचर प्रमुख अन्य सुरक्षा निकायभन्दा फरक प्रकृतिको अंग भएकाले त्यसका […]
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी प्रमुख डीआईजी विश्वराज पोखरेलले दसैंमा घर वा कोठा छाडेर गाउँ जानेहरूलाई घरको सुरक्षामा शंका लागे प्रहरीलाई जनकारी गराएर जान आग्रह गरेका हुन् । ‘घर वा डेरामा बहुमूल्य सामान नराख्नुस्, घर वा डेराको सुरक्षामा शंका लागे नजिकको प्रहरी कार्यालयलाई जानकारी गराएर जानुस्,’ महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी पोखरेलले भने । प्रहरीले […]
७ कात्तिक, काठमाडौं । आज बडा दशैंको सातौं दिन अर्थात् फूलपाती । आज घरघरमा शुभसाइतको प्रतीक फूलपाती भित्र्याइँदैछ । घटस्थापनाका दिनदेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजाआजा गरिएको दशैंघर अथवा पूजाकोठामा आज उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र मानवृक्ष भित्र्याइन्छ । ‘नवपत्रिका’ पनि भनिने फूलपाती नौंवटी देवीको प्रतीकका […]
६ कात्तिक, काठमाडौं । अमेरिकामा अबको दुई महिनामा कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप आउन सक्ने नेशनल हेल्थ इन्स्टिच्युटका निर्देशक डाक्टर फ्रान्सिस कोलिन्सले बताएका छन् । बुधबार उनले कोरोनाको खोप रोग पत्ता लागेको एक वर्षभित्रै खोप पत्ता लाग्न लागेको भन्दै यो महत्वपूर्ण हुने बताए । एक समारोहमा बोल्दै कोलिन्सले भने, ‘हामी खोप पाउने दिशामा अघि बढिरहेका […]
६ कात्तिक, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले विपत्तिमा जनताको जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत हुन नसकेको बताएका छन् । दसैंको अवसरमा शुभकामना सन्देश दिँदै उनले जिम्मेवार पक्षबाट जीवन सहज र सुरक्षित बनाउन व्यवस्थापकीय कौशल प्रस्तुत नहुँदा जनताको दैनिकी कष्टकर बन्दै गएको बताएका छन् । संकटको घडीमा अभिभावकको क्षमता र हैसियत प्रष्ट हुन्छ […]
६ कात्तिक, काठमाडौं । सरकारले आर्थिक व्ययभार धान्न नसकेको भन्दै नोवेल कोरोना भाइरस (कोभिड–१९) लागेका निश्चित समूह बाहेकको निःशुल्क उपचार नगर्ने घोषणा गरेको छ । सरकार यो विषयमा संविधान, जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेशकै विरुद्ध जान तयार भएको देखिन्छ । कोभिडको महामारीका बेला संसारका विभिन्न पुँजीवादी देशहरुमा राज्यले नागरिकहरुका लागि खर्च गरेका छन् […]
राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ । यो […]
६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँगको भेटलाई आपत्तिजनक र कुटनीतिक मर्यादा विपरीत भएको बताएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकारले ओली र गोयलबीच भेट भएको पुष्टि गरेलगत्तै नेता रावलले ट्विटमार्फत यसको […]
६ कात्तिक, डोटी । कोभिड–१९ को महामारीको संक्रमण पत्ता लगाउन गरिने आरटी–पीसीआर परीक्षणको संख्या सुदूरपश्चिम प्रदेशमा एक लाख नाघेको छ । सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म एक लाख एक हजार दुई सय ६ जनाको स्वाब परीक्षण भएको छ । बुधवारसम्म एक लाख तीन हजार पाँच सय ४९ जनाको स्वाब संकलन गरिएकोमा दुई हजार […]
६ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ । बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो । तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने […]
६ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलबीच भेटवार्ता भएको पुष्टि भएको छ । प्रधानमन्त्रीको प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार बक्तव्य नै जारी गरेर रअ प्रमुखसँग भेट भएको स्वीकार गरेका हुन् । ‘उहाँ (रअ प्रमुख) भेटका लागि बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास […]