होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, बैशाख २२, २०८१
जोडिनुहोस
  • होमपेज
  • प्रदेश ७
  • हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले २ लाख दिने
प्रदेश ७

हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले २ लाख दिने

  • नागरिक रैबार
हत्या गरिएका असई र प्रहरी जवानको परिवारलाई प्रदेश सरकारले २ लाख दिने

६ कात्तिक, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले तस्करी नियन्त्रण गर्ने क्रममा मारिएका प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको परिवारलाई २/२ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको परिवारलाई जनही २ लाख दिने निर्णय गरेको हो ।

तत्काल परिवारका सदस्यहरुलाई १/१ लाख रुपैयाँ उपलब्ध गराउने र बाँकी १ लाख उनीहरुको सन्तानको लागि मुद्धति खातामा राखिदिने निर्णय गरिएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले जानकारी दिए ।

विज्ञापन

तस्करी नियन्त्रण गर्ने क्रममा तस्करद्वारा अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रमुख समेत रहेका (असई) गोविन्द बिक र प्रहरी जवान रामबहादुर साउदको हत्या गरिएको थियो ।

शनिबार साँझ ड्युटिमा गएका बेला दुबै जना बेपत्ता भएका थिए । असईको शव आइतबार र प्रहरी जवानको शव मंगलबार मोहना नदीमा फेला परेको थियो । प्रहरीले हत्या अभियोगमा ८ जनालाई पक्राउ गरेको छ । ८ जनाले नै हत्या गरेको स्वीकार गरेको प्रहरीको भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार