होमपेज केही सेकेण्डमा लोड हुनेछ।
Advertisement area
१७ असोज, काठमाडौं । नेपाल भ्रमणमा रहेको बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ । आरोहणको व्यवस्थापन गरेको सेभेन समिट ट्रेकले दिएको जानकारी अनुसार बहराइनका राजकुमारसहितको टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो । यो सिजनको पहिलो आरोहण हो । […]
सुदूरपश्चिम प्रदेशका तीनवटा विमानस्थलको शनिबार एकैदिन उद्घाटन हुने भएको छ । डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा जहाज उडाएर उद्घाटन गर्न लागिएको हो । यात्रु अभावका कारण लामो समयदेखि बन्द अवस्थामा रहेका तीन जिल्लाका तीनवटा विमानस्थलमा आज उडान हुने सांसद प्रेमबहादुर आलेमगरले जानकारी दिनुभयाे कालोपत्रेको काम सम्पन्न गरी उडानको तयारीमा रहेका विमानस्थलको पर्यटन […]
धनगढीः संस्कृती, पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराई सहितका १६ जना यात्रु लिएर धनगढीबाट डोटीका लागि जहाज उडेको छ। धनगढी–डोटी हवाई उडान सेवाको परीक्षण उडानका लागि मन्त्री भट्टराई सहितको टोली डोटीका लागि समिट एयरको जहाज उडेको धनगढी विमानस्थल कार्यालयले जनाएको छ। डोटीपछि आजै बैतडी र बझाङमा समेत परीक्षण उडानको उद्घाटन गर्न कार्यक्रम तय भएको छ। […]
काठमाडौं, १७ असोज । सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ । शनिबार दिउँसो ४ बजेका लागि बोलाइएको बैठक भोलि अपराह्न ४ बजे बस्ने गरि स्थगित भएको हो । पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भैरहँदा सचिवालय बैठक बोलाइएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष ओलीले पार्टीमा छलफल […]
काठमाडौं, १६ असोज । नेपालमा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च देखिएको छ । बिहीबार थप २ हजार ७ सय २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार थप २ हजार ७ सय २२ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८२ हजार ७ सय ५० पुगेको छ । […]
नागरिक रैबार/बाजुरा १६ भदाै। जिल्लाको हिमाली गाउँपालिका वडा न ५ को कवाडी खोलामा नुहाउने क्रममा एकै परिवारका ५ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा हिमाली गाउँपालिका वडा न ५ कवाडीका धर्म नेपालीकी श्रीमती सत्ता नेपाली लगायत उनकी ३ छोरी र १ छोरा रहेका छन । शक्रबार दिउसो खोलामा नुहाउन क्रममा छोराछोरी सहित आमा समेत […]
१६ असोज, काठमाडौं । अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विष्णु पौडेल र सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापालाई कोरोना संक्रमण पुष्टि भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालका अनुसार प्रजिअ पौडेल, सहायक प्रजिअ थापासहित प्रजिअका चालक र सुरक्षा गार्डमा कोरोना संक्रमण पुष्टि भएको हो । ‘प्रजिअ पौडेललाई ज्वरो, रूघाखोकी लागेपछि बुधबार पीसीआर परीक्षण […]
बुटवल : पाँच नम्बर प्रदेशको राजधानी दाङको भालुवाङ क्षेत्रमा बनाउने प्रस्ताव प्रदेशसभामा पेश भएको छ । राप्ती नदी किनारमा रहेको खुला चौर देउखुरी उपत्यकालाई राजधानी बनाउने र लुम्बिनी नाम राख्ने प्रस्ताव सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले पेश गरेका हुन् । यसअघि प्रदेश मन्त्रीपरिषद् बैठकले दाङको राप्ती, गडवा गाउँपालिका र अर्घाखाँचीको शीतगंगा नगरपालिकालाई […]
१६ असोज, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ पाइलट विजय लामा १८ दिन लामो अस्पताल घर फर्किएका छन् । उनी बिहीबार स्टार अस्पिटलबाट डिस्चार्ज भएका हुन् । धेरै मानिसले कोरोनालाई सामान्य रोग र कमजोर भाइरसको संज्ञा दिइरहँदा क्याप्टेन लामाले भने यसलाई गम्भीर रोगको संख्या दिएका छन् । उनले यसबीचमा पटकपटक भनेको छन्,’कोरोनालाई सामान्य सम्झने गल्ती […]
१६ असोज, बुटवल । प्रदेश ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको भालुवाङ बनाउने निर्णय गरेको छ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को शीर्ष तहमा सहमति भएलगत्तै प्रदेश सरकारको मन्त्रिपरिषदले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको हो । त्यसअनुसार प्रदेशसभामा प्रस्ताव दर्ता हुने […]
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लैङ्गिक समानता जीवन र जगतको निरन्तरताका लागि अपरिहार्य र महत्वपूर्ण तथा न्याय, शान्ति एवं प्रगतिको एक मात्र मार्ग भएको बताएकी छिन् । संयुक्त राष्ट्रसङ्घको ७५ औँ महासभाका सिलसिलामा महासचिव एन्टोनियो गुटरेसले बिहीबार राष्ट्रसङ्घको प्रधान कार्यालय न्युयोर्कमा आयोजना गरेको महिलासम्बन्धी चौथो विश्व सम्मेलनको २५औँ वार्षिकोत्सव बेइजिङ प्लस २५० का अवसरमा आयोजित […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन गर्ने सरकारको निर्णयलाई चुनौती दिँदै दायर मुद्दामा सुनुवाई सुरु भएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ सुरु भएको हो । आजको सुनुवाईमा गौतमका तर्फबाट कानुन व्यवसायीले बहस गर्ने र उनीहरुको बहस सकिएपछि सरकारी वकिलले बहस गर्नेछन् । अन्त्यमा निवेदकले जवाफ दिने समय पाउनेछन् […]
१६ असोज, महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–७ शान्तिपुरमा शुक्रबार धान झार्ने क्रममा बेरिएर एक महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार धान थ्रेसर गर्ने क्रममा कृष्णपुर नगरपालिका–७ का ४५ वर्षीया लक्ष्मी साउदको घटनास्थलमै मृत्यु भएको हो । ‘खेतमा धान थ्रेसर गर्ने क्रममा परेर साउदको मृत्यु भएको हो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी […]
१६ असोज, काठमाडौं । राष्ट्रिय जनमोर्चाको चौथो राष्ट्रिय सम्मेलन आउँदो चैतमा हुने भएको छ । असोज १५ गते बसेको जनमोर्चाको केन्द्रीय समितिको अनलाइन बैठकले हरेक ५ वर्षमा सम्मेलन गर्नुपर्ने व्यवस्था अनुसार पार्टीको संगठनात्मक संरचना बनाउन सम्मेलन गर्ने निर्णय गरेको महासचिव जनकराज शर्माले जानकारी दिए । बैठकले सम्मेलनमा पारित हुने दस्तावेजहरुको मस्यौदा तयार गर्न अध्यक्ष […]
काठमाडौँ । भारतले नेपालका विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थालाई बस तथा एम्बुलेन्स उपहार दिएको छ । महात्मा गान्धीको १५१औँ जन्म जयन्तीको अवसरमा नेपालका लागि भारतीय राजदूतावासले सो बस तथा एम्बुलेन्स प्रदान गरेको दूतावासद्धरा जारी विज्ञप्तिमा उल्लेख छ । स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी, गैरसरकारी एवम् गैरनाफामूलक संघ संस्थाहरुलाई ४१ वटा एम्बुलेन्स […]
१६ असोज, काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले अमरण अनशनरत डा. गोविन्द केसीलाई भेटेका छन् । विश्व अहिंसा दिवसको अवसर पारी त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेका यादवले चाँडोभन्दा चाँडो माग सम्बोधन गर्न सरकारलाई आग्रह गरे । उनले भने, ‘जति अहिले समाधान गर्न सकिन्छ, समाधान गर्दै जानुपर्छ ।’ साथै उनले आफ्नो स्वास्थ्य हेरेर […]
धनगढी– धनगढीलाई बेस बनाएर सुदूरपश्चिमका पहाडी जिल्लामा हवाई सेवा सञ्चालन गर्नका लागि भोली परीक्षण उडान हुने भएको छ। समिट एयरले भोली धनगढीबाट डोटी, बझाङ र बैतडीमा परीक्षण उडान गर्ने भएको हो। धनगढी विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले समिट एयरको विमान सुरुमा नेपालगञ्जबाट धनगढी आउने र त्यसपछि धनगढीबाट तीन जिल्लामा परीक्षण उडान हुने जानकारी दिए। अहिले धनगढी–बाजुरा […]
१६ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि शनिबार बस्ने भएको छ । अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार भएको भेटमा सचिवालय बैठक बोलाउने सहमति भएको हो । शनिबार अपराहृन ४ बजे बैठक बस्ने भने पनि औपचारिक जानकारी आइनसकेको एक नेताले बताए । सचिवालय […]
धनगढी– चार महिनाको अवधिमा कैलालीका १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। जेठ २४ गते कोरोना भाईरसले सुदूरपश्चिममा दोस्रो र कैलालीमा पहिलो मृत्यु भएको थियो। धनगढी उप–महानगरपालिका वडा नम्वर ४ की ५५ वर्षीया महिलाको मृत्यु भएको थियो। उनमा मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो। मिर्गौलाकी बिरामी उनको सेती प्रादेशिक अस्पतालमा डायलासिस वार्डमा मृत्यु भएको थियो […]
१६ असोज, काठमाडौं । बिहीबार सरकारले केही महत्वपूर्ण राजनीतिक नियुक्ति ग¥यो । सरकारले प्रशासन क्षेत्रको उच्च पद मुख्य सचिवमा परराष्ट्र सचिव शंकरदास बैरागीलाई नियुक्त ग¥यो । साथै पूर्वअर्थमन्त्री र दुई सातायता प्रधामन्त्रीको आर्थिक सल्लाहकारको भूमिकामा रहेका डा. युवराज खतिवडालाई अमेरिकाका लागि नेपाली राजदूतमा सिफारिस गरिएको छ भने मुख्य सचिव लोकदर्शन रेग्मीलाई बेलायतको राजदूतमा । नियुक्तिबारे […]